नेपालसँग अब्बल क्रिकेट खेल्ने राष्ट्र हुन सक्ने क्षमता छ : अफ्रिदी

नेपालसँग अब्बल क्रिकेट खेल्ने राष्ट्र हुन सक्ने क्षमता छ : अफ्रिदी

११ असाेज, काठमाडौं ।

पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदीले क्रिकेट कूटनीति मार्फत नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने सकिने बताएका छन् ।

आइतबार खेल पत्रकारहरुसँग कुरा गर्दै अफ्रिदीले नेपाल र पाकिस्तान को बीच क्रिकेट कूटनीति स्थापित गर्न जोड दिँदै, दुई देशका जनतालाई जोड्ने क्रिकेट कूटनीति आवश्यक रहेको बताए।

अफ्रिदीले नेपालमा अब्बल क्रिकेट खेल्ने राष्ट्र हुन सक्ने क्षमता रहेको बताए । उनले नेपालमा क्रिकेटको विकासमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरे ।

आफूले सम्भव भएसम्म नेपाली क्रिकेट राष्ट्रिय टिमलाई समर्थन गर्ने बताउँदै, आफ्रिदीले आगामी दिनहरूमा क्रिकेट खेल्ने नेपाली क्रिकेट टिम लाई पाकिस्तान लैजाने प्रतिबद्धता समेत व्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.