Nepal Times
Nepal Times
3
Shares

ब्याटल ग्राउन्ड : चुनावले नछोएको बिर्तामोड बजार

ब्याटल ग्राउन्ड : चुनावले नछोएको बिर्तामोड बजार

 झापा –दोस्रो चरणको निर्वाचन अन्तर्गत यहि मंसिर २१ गते हुने केन्द्रीय र संघको निर्वाचनमा झापाको दुई नं क्षेत्र रहेको प्रमुख व्यापारी नाका मानिने विर्तामोडमा चुनावी चहलपहल देखिँदैन । शहरका चोकमा न व्यानर नै छन् नत उमेदवारका फोटा भएका फ्लेक्स नै झुण्डिएका छन् । छन् त चोकमा केहि राजनीतिक दलका झण्डा । बजार भने चुनावबाट धेरै टाढा छ ।

५ वटा निर्वाचन क्षेत्र रहेको झापाको कुल जनसंख्या ८ लाख ८३ हजार ३ सय २४ रहेको छ । यहाँको कुल मतदाता संख्या ५ लाख ८५ हजार १ सय ६६ रहेको छ ।

झापाका ५ वटै क्षेत्रमा वामगठबन्धनका उमेदारहरु र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा हुने देखिन्छ । झापाका  गाउँ गाउँमा चुनावी चहल पहल भएपनि शहरमा चुनाव नपसिसकेको बताउँछन् विर्तामोडमा ११ बर्ष देखि पुस्तक पसल गदै आएका  कृष्ण राजवंसी । राजवसीले भने ‘शहरमा चुनाव लागेको छैन । कुनै रोनक नै छैन । सबै गाउँ गाउँमा भोट माग्न व्यस्त छन् ।’

राजवंशीले भने जस्तै विर्तामोडका सडकमा प्रचारमा हिँडेका गाडी बाहेक शहरलाई चुनावको कुनै चासो नै नभए जस्तो देखिन्थ्यो । चर्को स्वरमा उमेदवार र पार्टीको प्रचार गदै गुड्ने एक दुई गाडीले एकछिन बजारका व्यापारीको ध्यान तानेपनि भोट माग्न भने कुनै पनि दलका उमेदवार बजार क्षेत्रमा नआएको राजवंसीले बताए ।

विर्तामोडमा कपडा पसल गदै आएका इश्वरीप्रसाद दाहलको बुझाइ भने फरक  छ । उनी पहिलाको चुनाव र अहिलेको चुनावमा धेरै फरक भएको बताउँछन् । अहिलेको निर्वाचन जनताको विकासभन्दा पनि भड्किलो तरिकाले जित्न चाहने उमेदवारको मानसिकता रहेको उनले बताए । उनले भने– चुनाव त इमानदारहरुको भन्दा पनि पैसावाला र वाहुवलीको भयो । यस्ता उमेदवारले के विकास गर्लान् र ?

दाहाल थप्छन्, ‘सडकमा गीत बजाउँदै र झण्डा फराउदै हिँडेका गाडी देख्यो भने चुनाव आए छ भन्ने लाग्छ होइन भने विर्तामोड अहिलेसम्म सुनसान नै छ ।’
उनको पसलमा भोट माग्न अहिलेसम्म विवेकशिल साझा पार्टीको उमेदवारमात्र आएको पनि बताए ।
दुई नं क्षेत्रकी वामगठबन्धनकी उमेदवार पवित्रा निरौला खरेलपनि यो कुरा स्वीकार्छिन् । उनले भनिन्, ‘अहिले गाउँगाउँमा गएकी छु । सबै किसानहरु खेतवारीमा भेटिने भएकाले घरदैलोमा लागेका छौं । बजार क्षेत्रमा गाँउ  सकेर पस्ने छु ।’

एमालेको जिल्ला पार्टी कार्यालयमा भेटिएकी खरेल गाउँमा घरदैलो गर्न हतारमा थिइन् ।

विर्तामोडमा २०४६ सालबाट चिया पसल गदै आएकी इन्द्रकला बस्नेतकोमा पनि कोहि भोट माग्न आएका छैनन् । उनले सुनाइन्, ‘अहिलेसम्म कोहि पनि भोट माग्न आएका छैनन् । तर यो पार्टीलाई भोट हाल्छु भन्ने योजना भने बनाइ सकेको उनले बताइन् ।
विर्तामोड बजारमा भेटिएका एमाले जिल्ला अध्यक्ष चिन्तन पाठक र झापा जिल्लाका चुनावी संयोजक तथा एमाले केन्द्रीय सदस्य देवराज घिमिरेले अहिले चुनावी प्रचार गाउँ केन्द्रीत गरेको बताए । गाउँमा मतदाताहरु वाम गठबन्धनबाट उत्साहित भएकाले आफूहरु जित्नेमा ढुक्क भएको  घिमिरेले दाबी गरे ।

नेपाली काँग्रेसका क्षेत्र नं २ का उमेदवार उद्धव थापाले पनि आफू पहिलो चरणमा गाउँघरमा घरदैलोमा व्यस्त रहेको बताए । केहि समयपछि शहरमा भोट माग्ने योजना बनाएको उनले सुनाए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.