Nepal Times
Nepal Times
3
Shares

कांग्रेस त्याग गरि २ सय वढी कार्यकर्ता बाम गठबवन्धनमा प्रवेश

कांग्रेस त्याग गरि २ सय वढी कार्यकर्ता बाम गठबवन्धनमा प्रवेश

विराटनगर, मंशिर ५
मोरङ क्षेत्र नम्बर २ अन्तर्गत सुनवर्षि नगरपालिकाको डायनियाँमा कांग्रेस पार्टी पार्टी परित्याग गरि २ सय बढी कांग्रेस कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गरेका छन् ।

डायनियाँ चोकमा आयोजित चुनावीसभामा नेपाली कांग्रेस पार्टी परित्याग गरि २ १६ जना बाम गठबन्धनमा प्रवेश गरेका हुन् ।

न्व प्रवेशिलाई मोरङ–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषिकेस पोखरेल र प्रदेशसभा सदस्य क काउम्मेदवार गणेण उप्रतिले टिका र अविर लगाई स्वागत गरे ।

सो अबसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऋषिकेश पोखरेलले आफुहरु स्थानिय माटोको पसिना सँग परिचित र स्थानिय समस्या बुझ्ने भएकाले उक्त क्षेत्रको विकासलाइ तिब्र गतिमा अगाडि बढाउन आफुहरुलाइ मत दिन आग्रह गरे ।

उनले नेपाली काग्रेसलाई सो क्षेत्रमा मत दिएर प्रधानमन्त्री र मन्त्री बनाएपनि सो अवधिमा कांग्रसले केहि गर्न नसकेको बताउँदै आफु निर्वार्चीत भएको ३ वर्षमा धेरै कामहरु गरेको बताए ।

सो क्षेत्रका पुर्व सांसद समेत रहेका उम्मेदवार पोखरेलले २२ वर्ष सम्म कांग्रेसले शासन गरेको सो क्षेत्रका उक्त अवधिमा कुनैपनि विकास नभएपनि आफु निर्वाचित भएको ३ वर्षमै प्रयाप्त विकास निर्माण कार्यहरु भएको बताए ।

उनले आफ्नो कार्यकालमा अलपत्र अवस्थामा रहेको झुर्कियाको स्वास्थ्य चौकि अहिले सुविधा सम्पन्न बनाएको, नेपालमै पहिलो पल्ट ३ वटा राजमार्गहरु स्वीकृत भएर कार्यान्वयन भएको तथा बक्राह नदि नियन्त्रका लागि साढे चार अर्व बजेटको परियोजना समेत अगाडी बढेको बताए ।

पाखरेलले आफुले काम गरेको ३ वर्ष अवधिमा उक्त क्षेत्रका सम्पुर्ण मुख्य सडकहरु स्तरोन्नति भएको समेत बताए ।
उनले आफ्ना प्रतिष्पर्धी कांग्रेस उम्मेदवार मिनेन्द्र रिजाल तर्फ इंगित गर्दै सो क्षेत्र सँग कुनैपनि किसिमको साइनो नभएको व्यक्तिले विकासको बाढी ल्याइदिन्छु भनेर जनतालाइ भ्रममा पारिरहेको दावी गरे ।

उनले स्थानिय क्षेत्रको विकास, स्थायी सरकार निर्माण र मुलुकको समृद्धिका लागि पनि बाम गठबन्धनलाइ विजयी गराउन आग्रह गरे ।

कार्यक्रममा सोही क्षेत्र अन्तर्गत प्रदेशसभा क का उम्मेदवार गणेश उप्रेतिल आफु स्थानिय भएकाले स्थानिय समस्या बुझ्ने भएकाले बाम गठबन्धनलाई मत दिएर विजयी गराउन आग्रह गरे ।

उनले सो क्षेत्रको विकासका लागि आफु योग्य उम्मेदवार भएकाले आफ्नो जित सुनिश्चीत बन्दै गएको दावी गरे ।
कार्यक्रममा डा. ज्ञानेन्द्र गरिले निर्वाचन क्षेत्र २ मा विश्वविद्यालय बन्न लागेको भएपनि सो योजना कांग्रेसले असफल पारेको आरोप लगाए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.