२१ असाेज, काठमाडौं।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टोलीको रिक्त भएको मुख्य प्रशिक्षक पदको लागि खुल्ला आवेदन माग्ने भएको छ । क्यानको असोज २० र २१ मा बसेको बोडै बैठकले आगामी एक हप्ताभित्र १५ दिनको सीमा राखि आवेदन माग्ने निर्णय गरेको हाे ।
नेपाली टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले अघिल्लो महिना ओमान भ्रमणको क्रममा पदबाट राजीनामा दिएपछि रिक्त रहँदै आएको थियो ।
