क्रिकेटर विनोद भण्डारीले गरे खेल पत्रकार सोनिका अर्यालसँग विवाह

क्रिकेटर विनोद भण्डारीले गरे खेल पत्रकार सोनिका अर्यालसँग विवाह

२९ असाेज, काठमाडौं ।

राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर विनोद भण्डारी विवाह बन्धनमा बाँधिएका छन् । विनोदले शुक्रबार बडा दशैंको दिन खेलकुद पत्रकार सोनिका अर्यालसँग तनहुँको आँबूखैरेनी लगनगाँठो कसेका हुन् ।

विनोद र सोनिकाको असोज ६ मा इंगेजमेन्ट गरेका थिए । विनोद र सोनिया लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए । उक्त प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

नेपाली विनोदले २००९ देखि नियमित नेपाली टोलीबाट खेल्दै आएका छन् । विनोदले त्रिभुवन आर्मी क्लबको क्रिकेट टोलीको कप्तानी गर्दै आएका छन् । यसै साता सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) विनोदको कप्तानीमा पोखरा राइनोजको फाइनलमा पुगेको थियो । फाइनलमा पोखरा चितवनसँग पराजित हुन पुगेको थियो ।

खेल पत्रकार सोनिका हाल ग्यालेक्सी टेलिभिजनमा आबद्ध छिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.