साफ च्याम्पियनसिप : उपविजेता बनेकाे नेपालले पायाे २५ हजार डलर

साफ च्याम्पियनसिप : उपविजेता बनेकाे नेपालले पायाे २५ हजार डलर

३१ असोज, काठमाडौं ।

साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै भएको छ। शनिबार राति माल्दिभ्सको मालेमा सम्पन्न फाइनलमा नेपालले चीर प्रतिद्वन्द्वी भारतसँग ३–० ले पराजित भएपछि पहिलोपटक साफको उपाधि जित्ने लक्ष्य अधुरै भएको हो ।

भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको आठौं पटक हो । पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको थियो । वर्षाबीच चलेको खेलको पहिलो गोल सुनिल क्षेत्रीले ४९ औं मिनेटमा गरे । नजिकको दूरीमा प्राप्त क्रसलाई उनले सजिलै हेडबाट पहिलो गोल गरेका थिए ।

पहिलो गोल खाएर सम्हालिन पनि नपाएको नेपालविरुद्ध सुरेश सिंहले ५० औं मिनेटमा दोस्रो गोल थपे । यस्तै खेलको ९० औं मिनेटमा सब्टिच्युट साह अल्दुलले तेस्रो गोल गरे ।

अहिलेसम्मका १३ संस्करणमध्ये भारतले एक अवसरमा छाडेर सबैमा फाइनल खेलेको छ । भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा साफको उपाधि जितेको थियो ।

पहिलाे पटक फाइनल पुगेकाे नेपाल उपविजेतामै सिमित बन्याे । उपविजेता बनेकाे नेपालले २५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.