साफमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियाे

साफमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियाे

१ असाेज, काठमाडौं ।

साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली फुटबल टोली स्वदेश फर्किएको छ । कतार एयरको जहाजबाट केहीबेर अघि टोली नेपाल आइपुगेको हो ।

मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३–० पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको थियो । साफको इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो ।

नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन् । नेपालले साफ च्याम्पियनसिपकाे फाइनलमा स्थान बनाएलगत्तै अलमुताइरीले नेपाल छाड्ने घोषणा गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.