×

NEPAL TIMES UPDATES

Playing
बालेन प्रधानमन्त्रीमा नियुक्त, ९ मन्त्रीको नाम टुंगियो, डीपी सभामुख
Mar 27, 2026
Playing
इ*रानले ७ दिन माग्यो ट्र*म्पले १० दिन दिए,क*राची पुग्यो चिनियाँ यु*द्ध*पोत|| Nepal Times
Mar 27, 2026
Playing
प्रधानमन्त्रीमा आज बालेनको सपथ,बालेन युगको सुरुवात,मन्त्रीको सर्टलिस्ट तयार|| Nepal Times
Mar 27, 2026
Playing
अन्तरिम सरकारको कार्यभार पूरा, सबैलाई धन्यवाद— प्रधानमन्त्री Sushila Karki को अन्तिम सम्बोधन|
Mar 26, 2026
Playing
बालेनको छातीले तान्यो सबैको ध्यान, के हो ‘सिलाम साक्मा’ ? || Nepal Times
Mar 26, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-12-2082 || Nepal Times
Mar 26, 2026
Playing
इरानमाथि ’अन्तिम आक्रमण’को तयारी, ४ विकल्प विचाराधीन|| Nepal Times
Mar 26, 2026
Playing
भारतले काठमाडौं ल्याउने रेलको नक्सा कोर्याे, चीनको पेन्डिङ|| Nepal Times
Mar 26, 2026
Playing
इजरेल–इरान द्वन्द्वले बंकरभित्र नेपाली श्रमिकको जीवन || Nepal Times
Mar 26, 2026
Playing
बालेन्द्र दलको नेतामा सर्वसम्मत, रविको प्रस्ताव, प्रधानमन्त्री बन्न सबै बाटो खुल्यो || Nepal Times
Mar 26, 2026

११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

१ कार्तिक २०७८

१ कात्तिक, काठमाडाैँ ।

नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो ।

Advertisement

राष्ट्र बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु छ अर्ब गरी जम्मा रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । ९१ दिन अवधिको ट्रेजरी आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी आगामी वैशाख छ र ३६४ दिने ट्रेजरी २०७९ साल कात्तिक १ मा परिपक्व हुनेछ । यसअघि बैंकले गत असोज २५ गते रु १३ अर्ब २५ करोड बराबरको ट्रेजरी जारी गरेको थियो ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ । आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

के हो ट्रेजरी बिल ?

मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्नेगर्छ ।

Advertisement

अठ्ठाइस दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको टे«जरी बिल केन्द्रीय बैंकले जारी गर्दछ । नेपालमा हाल २८ दिने ट्रेजरी बिल प्रचलनमा आएको देखिँदैन ।रासस

भर्खरको समाचार

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

सम्बन्धित खबरहरु

Scroll to Top