१ कात्तिक, काठमाडौं।
साफ च्याम्पियनसिप २०२१ मा उपविजेता बन्न सफल नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले जनही ५ लाख रुपैयाँले सम्मान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साे निर्णय गरेकाे हाे ।
मन्त्रिपरिषद्को बैठकले नेपाली टाेलीका खेलाडीलाई जनही ५ लाख र प्रशिक्षकलाई ३ लाख दिने निर्णय गरेकाे युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिए ।