विराटनगर, ५ मंसिर / विराटनगर–१० मा रहेको कान्तिपुर कलेजमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरेको छ ।
आज कलेजमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई पुरस्कृत तथा सम्मान गरेको हो ।कलेजमा आन्तरिक परिक्षामा कक्षा–११ व्यवस्थान संकायमा प्रथम रामकुमार पोद्धार र कक्षा–१२ मा प्रथम हुने दिपेशकुमार यादव तथा विज्ञान संकायमा कक्षा–११ का आमोद यादव प्रथम र कक्षा–१२ मा प्रथम हुने रामु ठाकुरलाई पुरस्कृत गरेका छन् ।
सोही अवसरमा अतिरिक्त क्रियाकलाप अन्तरगत उद्योग संगठन मोरङको आयोजनामा सम्पन्न भएको हाजीरीजवाफमा प्रथम, विराटनगर जेसीजको आयोजनामा भएको सामुहिक प्रस्तोतामा प्रथम, वक्तवकलामा द्धितीय र मेडिकल तथा इन्जीनियरिङ तयारी कक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई सम्मान गरेको हो ।
पुरस्कृत तथा सम्मानीत हुनेलाई कलेजका अध्यक्ष रन्जन कार्की, प्राचार्य सन्तोष भगत, सञ्चालक खुशीराज श्रेष्ठ, जनक अधिकारी, भुवन नेपाल, रोशन राजवंशी र कृष्ण भण्डारीलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।