इटलीमा फुटबल खेल्ने विकास मेराग्लिया नेपाल आइपुगे

इटलीमा फुटबल खेल्ने विकास मेराग्लिया नेपाल आइपुगे

३ कात्तिक, काठमाडौं ।

युरोपियन राष्ट्र इटलीमा फुटबल खेल्दै आएका नेपाली मुलका युवा खेलाडी विकास मेराग्लिया नेपाल आइपुगेका छन् । सहिद स्मारक ए डिभिजन लिगको मिति नजिकिँदै गर्दा विकास लिग खेल्न नेपाल आएका हुन् ।

उनी मंगलबार बेलुका नेपाल आएका छन् । उनले १३ वर्षपछि नेपाल फर्किएको भन्दै आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिएका छन् । ए डिभिजन  लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।

इटलीको यू-१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास हाल इटलीको सिरी ए क्लब एट्लान्टाको युथ टिमबाट खेल्ने गर्छन् । उनको वार्षिक कमाइ १२ हजार पाउण्ड रहेको स्यालरी स्पोर्ट्स डट कमले जनाएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.