×

NEPAL TIMES UPDATES

Playing
अन्तरिम सरकारको कार्यभार पूरा, सबैलाई धन्यवाद— प्रधानमन्त्री Sushila Karki को अन्तिम सम्बोधन|
Mar 26, 2026
Playing
बालेनको छातीले तान्यो सबैको ध्यान, के हो ‘सिलाम साक्मा’ ? || Nepal Times
Mar 26, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-12-2082 || Nepal Times
Mar 26, 2026
Playing
इरानमाथि ’अन्तिम आक्रमण’को तयारी, ४ विकल्प विचाराधीन|| Nepal Times
Mar 26, 2026
Playing
भारतले काठमाडौं ल्याउने रेलको नक्सा कोर्याे, चीनको पेन्डिङ|| Nepal Times
Mar 26, 2026
Playing
इजरेल–इरान द्वन्द्वले बंकरभित्र नेपाली श्रमिकको जीवन || Nepal Times
Mar 26, 2026
Playing
बालेन्द्र दलको नेतामा सर्वसम्मत, रविको प्रस्ताव, प्रधानमन्त्री बन्न सबै बाटो खुल्यो || Nepal Times
Mar 26, 2026
Playing
१० वर्ष जेलको सिफारिस भएपछि ओलीले भने भद्दा नाटक || Nepal Times
Mar 26, 2026
Playing
इरानी नौसेना प्रमुख अलिरेजा ताङसिरी मा*रि*ए || Nepal Times
Mar 26, 2026
Playing
World News: कुवेत, बहराइन र यूएईमा ह*म*ला,मादुरो अदालतमा, विश्वभर उर्जा संकट || Nepal Times
Mar 26, 2026

कोरोना कहरले सुस्तायो ढाकाको व्यापार

७ कार्तिक २०७८

७ कार्तिक, पाल्पा ।

रैनादेवी छहरा गाउँपालिका–४ छहराकी कमला रायमाझीले तानसेनको सिल्खानटोलमा पाँच वर्षअघि ढाका कपडा कारोबार गर्न पसल सञ्चालन गर्दा निकै उत्साहित थिइन् । पछिल्लो समय कोरोनाले जिल्ला बाहिरका पर्यटक आगमन नहुँदा व्यापार सुस्ताएपछि उनी निराश छन् ।

Advertisement

कोरोना कहरले ढाकाका व्यापारमा निकै नै कमी आएको उहाँको अनुभव छ । यस्ता उद्योग लामो समय बन्द हुँदा श्रमिक कामविहीन समेत बनेका छन् ।

तानसेनको सरस्वती ढाका कपडा उद्योगमा ढाका कपडा बुन्दै आएका कृष्णबहादुर क्षेत्रीले कोरोनाले लाम्रो समय कपडा उत्पादनमा समस्या भएको जानकारी दिइन् । उनले भनिन्, “ढाका कपडा उत्पादनमा मात्र होइन, व्यापारमा समेत कमी हुँदै गएको छ । ”

आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन नसक्दा जिल्लामा ढाका र करुवालगायतका स्थानीय वस्तुले बजार पाउन समस्या देखिएको हो । अघिल्ला वर्षका दसैँको घटस्थापना सुरु भएसँगै पाल्पाली ढाका कपडाको कारोबार निकै राम्रो हुँदै आएको थियो ।

पछिल्ला दुई वर्षका अवधिमा ढाका कपडाको व्यापार फस्टाउन सकेको छैन । ढाका कपडाको उत्पादन र पसलसमेत थपिन सकेको छैन ।

तानबाट उत्पादित ढाका कपडा लगाउन स्वास्थ्यलाई समेत राम्रो हुने र निकै आकर्षक देखिएको छ । हस्तकलाबाट उत्पादित ढाका कपडाको सीप जोगाउन, कारोबार टिकाइराख्न पाल्पाली ढाकालाई विविधिकरण गर्न थालिएको हो । जिल्लामा ढाका कपडाको व्यापार राम्रो हुर्ने मदनपोखरा ढाका पसलका सञ्चालक कमल भण्डारीले जानकारी दिए ।

तानबाट उत्पादित ढाकाका सामग्री उपहारका रूपमा लैजाने गर्छन् । पर्यटकले कोशेली तथा मायाको चिनोका रूपमा ढाकाबाट उत्पादित सामग्री झोला, हाते पर्स, पछ्यौरा, इस्टकोट, टोपी लैजाने चलन छ ।

यहाँको ढाका असली र गुणस्तरीय तथा छुट्टै पहिचान बोकेकाले ढाका कपडा खोजीखोजी लैजाने गर्छन् । यसपालिको दसैँमा ढाकाका व्यापारमा कुनै उत्साह नभएको पाल्पाली ढाका कपडा सङ्घका सचिव मनोज पौडेलले बताए ।

ढाका कपडा उत्पादन, बजारीकरणले सयौँ युवा रोजगारी पाउन सफल छन् । यसपालि ढाका कपडाको कारोबार नहुँदा उद्योगमा काम गर्ने श्रमिक, व्यापारीमा दसैँ आए पनि कुनै उत्साह छैन ।

पाल्पाली ढाका कपडा उत्पादनका क्षेत्रमा प्रख्यात जिल्ला हो । पाल्पाको तानसेनमा उत्पादित ढाका कपडा अहिले जिल्लाका अधिकांश स्थानीय तहमा उत्पादन हुन्छ ।

जिल्लामा उत्पादित ढाका कपडासँगै रोजगारीका सम्भावना बढेको हो । जिल्लाका स्थानीय तहले ढाका कपडाको प्रवद्र्धनका निम्ति तालिम सञ्चालन गरी महिलालाई आत्मनिर्भर बनाउन खोजेका छन् ।

तानसेनका गणेशमान महर्जनले विसं २०१५ मा घरेलु कार्यालयमा पहिलोपटक ढाका उद्योग दर्ता गरे । सोही उद्योगबाट पहिलोपटक यहाँ ढाका कपडा उत्पादन हुन सुरुआत भएको जनाइएको छ । ढाका कपडालाई तानसेनमा भित्र्याउनुहुने उनीकी धर्मपत्नी पूर्णमायाले अहिले पनि ढाकाको पेशालाई निरन्तरता दिइरहेकी छन् ।

उनका अनुसार तत्कालीन समयमा महर्जन कामका खोजीमा दिल्लीमा पुगे र कपडा बुनेका थिए भने पछि भारतबाट फर्केर जिल्लामा नै केही काम गर्नुपर्छ भनेर उद्योगका रूपमा नै ढाका कपडा उत्पादन गर्न थालेका हुन् ।

उनले भनिन् “श्रीमान्ले सुरुआत गरेको ढाका उद्योग अहिले पाल्पाभर फस्टाएको छ । जिल्ला बाहिर तथा भित्रका धेरै महिलाले ढाका कपडा बुनाई, तयारी पोशाक उत्पादन र बजारीकरणमार्फत राम्रो आम्दानी भएको देखेको छु । महिलाहरु ढाकाबाट आत्मनिर्भर बन्न खोजी गर्नुभएकामा मलाई नै खुशी लागेको छ ।”

Advertisement

पाल्पाली ढाका कपडासँग जोडिएर अहिले युवा, महिला, वृद्धसमेतले रोजगारी पाउन सकेकामा उनका परिवार निकै उत्साहित बनेका छन् ।

भर्खरको समाचार

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

सम्बन्धित खबरहरु

Scroll to Top