१० कार्तिक, काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । जुन मंगलबारको भन्दा ६ सय रुपैयाँले कम हो । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

