×

NEPAL TIMES UPDATES

Playing
राजनीतिमा लाग्दा व्यापार छोड्नुपर्छ ,भवानी रानाले देखाइन् राजनीति–अर्थतन्त्रको कनेक्शन|| Nepal Times
Mar 26, 2026
Playing
अब्राहम लिंकनमा इ रानी क्षेप्यास्त्र, इ रानले अस्वीकार गरेका १५ बुँदे प्रस्तावमा के छन् ?||
Mar 26, 2026
Playing
२७४ माननीयको आज राष्ट्रिय पोशाकमा शपथ,४७ सांसदले रोजे मातृभाषा|| Nepal Times
Mar 26, 2026
Playing
आज तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना|| Nepal Times
Mar 26, 2026
Playing
बालेनको बयान‘२३ गते सरकारले ‘आतंकवादी शैली’ अपनाउँदा २४ को घटना’|| Nepal Times
Mar 25, 2026
Playing
बालेनको सपथमा केके हुनेछ?स्वस्ति वाचनदेखि मंगलपाठ र शंखनादसम्म|| Nepal Times
Mar 25, 2026
Playing
ओली–देउवा–लेखकले बयानमा के भने ?क कसलाई कस्तो कारबाही ? || Nepal Times
Mar 25, 2026
Playing
आफ्नै श्रीमतीलाई जब श्रीमान्ले मा*रे*र कल्भर्टमुनि लुकाए|| Nepal Times
Mar 25, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-11-2082 || Nepal Times
Mar 25, 2026
Playing
Americaसंग Iran के चाहान्छ ? Trumpका शर्तहरुले यु द्ध रोकिने कि लम्बिने ? || Nepal Times
Mar 25, 2026

छड र सिमेन्टको भाउ बढ्यो

१४ कार्तिक २०७८

१४ कार्तिक, काठमाडौं ।

पूर्वाधार निर्माणको सिजन शुरू हुनै लाग्दा फलामजन्य निर्माण सामग्री र सिमेन्टको भाउ बढेको छ ।

Advertisement

दशैं, तिहार तथा छठजस्ता पर्वपछि नेपालमा पूर्वाधार निर्माणको सिजन भनिँदै आएको छ । यही सिजन शुरू हुनै लाग्दा र अन्तरराष्ट्रिय बजारमा कोइलाको मूल्यमा वृद्धि हुँदा निर्माण सामग्री र सिमेन्टको मूल्यमा वृद्धि देखिएको हो ।

अहिले फलामे छडको मूल्य रू. ६ देखि रू. १० सम्म वृद्धि भएको छ भने सिमेन्टको मूल्यमा २० प्रतिशतले वृद्धि हुने देखिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको सिजन शुरू हुने बेलामा नै फलामजन्य निर्माण सामग्रीको मूल्य वृद्धिले मारमा पर्ने बताए ।

सरकारले ल्याएको स्पन्ज आइरन र बिलेट आयातका सम्बन्धमा ल्याएको नीतिले फलामजन्य सामग्रीको मूल्य घट्ने आकलन गरिए पनि यसको मूल्य बढेको उनले बताए ।

‘फलामे छडदेखि अन्य निर्माण सामग्रीको मूल्यमा प्रतिकेजी रू.४ देखि रू. ५ सम्म कमी आउने अपेक्षा थियो,’ सिंहले भने, ‘प्रतिस्थापन विधेयक आउनुअघि स्पन्ज आइरनबाट बनेको डन्डी खरीद गर्दा प्रतिकेजी रू. ७९ र प्राइम बिलेटबाट बनेको डन्डी प्रतिकेजी रू. ८३ मूल्य तिर्नुपर्थ्यो ।’

रोलिङ मिल्सहरूमा प्रतिस्पर्धा हुन नसकेको र उत्पादन नै रोक्न थाल्दा मूल्यमा कार्टेलिङ भएको उनको भनाइ छ । उनका अनुसार अहिले फलामे छड किन्दा प्रतिकेजी रू. १०२ देखि रू. १०६ सम्म तिर्नु परेको छ ।

उनले सिमेन्टको मूल्य पनि बढ्दा निर्माणको सिजन शुरू हुँदादेखि नै पूर्वाधार निर्माण महँगो पर्न जाने बताउँछन् । सिमेन्ट उत्पादनमा तीव्र प्रतिस्पर्धा हुँदा ठूला सिमेन्ट उद्योगले मूल्य घटाउन भने चासो दिएका छैनन् । यता नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले सिमेन्टको मूल्यमा पनि वृद्धि भएको बताए । सिमेन्टको मूल्य साविक मूल्यमा २० प्रतिशतले बढेको बताए ।

विश्वबजारमा कोइलाको मूल्यमा उच्च वृद्धि भएको र भारतमा पनि सिमेन्टको मूल्यमा वृद्धि देखिएकाले नेपालमा पनि मूल्य बढेको उनको भनाइ छ । अहिले छिटफुट रूपमा केही उद्योगहरूले मूल्य बढाए पनि अबको १ महीनाभित्रमा सबै सिमेन्ट उद्योगले मूल्य बढाउन सक्ने थापाको भनाइ छ ।

‘विश्व बजारमा देखिएको कोइलाको मूल्य वृद्धि र कोइला नै नपाउने अवस्था आउने हो कि भन्ने आशंका छ,’ उनले भने, ‘यसले मूल्य वृद्धिभन्दा नि उद्योग नै बन्द गर्नुपर्ने हो कि भन्ने अवस्था आउने हो कि भन्ने डर छ ।’

यसैगरी सौरभ ग्रूपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कोइलाको मूल्य बढ्दा अन्तरराष्ट्रिय बजारमै मूल्य बढेको बताए ।

नेपालमै बिलेट बनाई डन्डी बनाउने उद्योगले प्रतिकेजी रू. ६ का दरले मूल्य बढाएको र बिलेट आयात गरी उत्पादन गर्ने उद्योगले प्रतिकेजी रू. १० का दरले मूल्य बढाएको उनको भनाइ छ ।

अहिले कोइला खरीद गर्दा प्रतिकेजी रू. ३० सम्म तिर्नुपर्छ । यसअघि प्रतिकेजी रू. १५ परेको भन्दै उनले पछिल्लो समय फलामे छडको मूल्य बढेको बताए । यसअघि रू. ८४ मूल्यमा डन्डी विक्री गरेको र त्यसमा अहिले रू. ६ देखि रू. १० सम्म मूल्य बढेको उनको भनाइ छ ।

Advertisement

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top