मेस्सी भन्छन्- म बार्सिलोनामै फर्किन चाहन्छु

मेस्सी भन्छन्- म बार्सिलोनामै फर्किन चाहन्छु

१५ कात्तिक, एजेन्सी।

पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लिओनल मेस्सीले आफू पुनः बार्सिलोनामै फर्किने इच्छा व्यक्त गरेका छन् । प्राविधिक सचिवको रुपमा बार्सिलोना फर्किन आफू तयार भएको मेस्सीले बताएका हुन् ।

बार्सिलोना छाडेर पीएसजी गएका अर्जेन्टाइन स्टार मेसीले पुनः बार्सिलोनामा फर्किएर क्लबको व्यवस्थापन टिममा रहने इच्छा व्यक्त गरेका हुन् ।

स्पोर्टसँग कुरा गर्दै उनले भनेका छन्,‘म क्लबमा फर्केर सक्दो योगदान गर्न चाहन्छु । किनभने म बार्सिलोनालाई माया गर्छु र उनीहरूलाई राम्रो गर्दै विश्वको उत्कृष्ट बनाउन चाहन्छु ।’

उनले बार्सिलोनालाई जसरी पनि मद्दत गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । ‘मैले सधैं भनेको थिएँ कि म क्लबलाई जसरी पनि मद्दत गर्न चाहन्छु । म प्राविधिक सचिव बन्न चाहन्छु ।’ तर उनले बार्सिलोनामै रहन्छु कि रहँदैन भन्ने कुरा आफैंलाई थाहा नभएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.