×

NEPAL TIMES UPDATES

Playing
बालेनको बयान‘२३ गते सरकारले ‘आतंकवादी शैली’ अपनाउँदा २४ को घटना’|| Nepal Times
Mar 25, 2026
Playing
बालेनको सपथमा केके हुनेछ?स्वस्ति वाचनदेखि मंगलपाठ र शंखनादसम्म|| Nepal Times
Mar 25, 2026
Playing
ओली–देउवा–लेखकले बयानमा के भने ?क कसलाई कस्तो कारबाही ? || Nepal Times
Mar 25, 2026
Playing
आफ्नै श्रीमतीलाई जब श्रीमान्ले मा*रे*र कल्भर्टमुनि लुकाए|| Nepal Times
Mar 25, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-11-2082 || Nepal Times
Mar 25, 2026
Playing
Americaसंग Iran के चाहान्छ ? Trumpका शर्तहरुले यु द्ध रोकिने कि लम्बिने ? || Nepal Times
Mar 25, 2026
Playing
दोस्रो विश्वयु*द्धपछि सबैभन्दा हिं*सात्मक चरणमा विश्व || Nepal Times
Mar 25, 2026
Playing
इरानलाई १५ बुँदे प्रस्ताव, भान्स र रुबियो वार्तामा खटिए, २ देशमा संकटकाल|| Nepal Times
Mar 25, 2026
Playing
खाडीको रोजगारी धरापमा, सबै आशा अब बालेनसँग || Nepal Times
Mar 25, 2026
Playing
प्रधानमन्त्री बन्दै बालेनका लागि बलिया बनेका दुई चुनौती#balen #nepal || Nepal Times
Mar 25, 2026

तिहारमा पोखराले तीन करोडको फूल किन्ने

१८ कार्तिक २०७८

१८ कार्तिक, पोखरा ।

कास्कीमा यो वर्ष बाहिरी मुलुकबाट फूल ल्याउनुपर्ने बाध्यता करिब हटेको छ । स्थानीय उत्पादनले नै माग धान्ने भएपछि आयातित फूललाई निरूत्साहित गरिएको हो ।

Advertisement

कास्की फूल खेतीमा करिब आत्मनिर्भर भइसकेको छ । अघिल्ला वर्षहरूमा करिब सबैजसो तिहारको माला भारत र अन्य जिल्लाबाट आउने गरेकोमा यो वर्ष १० प्रतिशत मात्र आयात हुने व्यवसायीहरूले बताएका छन् ।

अहिले कास्कीसहित स्याङजा, बागलुङ, धादिङ, गोरखालगायत आसपासका जिल्लाबाट आएको फूलले माग धान्ने फ्लोरिकल्चर एसोसियसन कास्कीका अध्यक्ष डिलबहादुर गुरुङले जानकारी दिए ।

‘५० प्रतिशतभन्दा बढी माग पोखराकै उत्पादनले चल्छ । अरु फूल पनि नजिकका जिल्लाबाट आउँछन्,’ उनले भने, ‘बाहिर देशबाट फूल ल्याउनुपर्ने बाध्यता छैन । हामी नै पु¥याउछौं ।’

कास्कीमा मात्र ४० हाराहारीमा व्यवसायिक किसान छन् । सबैले कम्तीमा एक रोपनी जग्गामा सयपत्री फूल लगाएका छन् । तिहारमा अरु किसानले पनि खेती गर्छन् ।

घर, झ्याल, ढोकामा पनि राख्न अझै हाम्रो उत्पादनले धान्दैन । ति फूल बाहिरैबाट ल्याउनुपर्छ,’ उनले अघि थपे, ‘गलामा लगाउने फूल भने पुग्छ ।’ केही वर्ष कोरोना र लकडाउनका कारण उत्पादिन फूलसमेत बिक्री भएन । अहिले तिहारको सुरुदेखि नै उत्साहजनक रुपमा विक्रि भइरहेको व्यवसायीले बताए ।

यसवर्ष कास्कीमा प्रतिथुँगा पाँच रुपैयाँ र माला १३० देखि १५० सम्म बिक्री मूल्य तोकिएको छ । नेपालमा बिउ नपाइने भएकोले खेती गर्न समस्या परेको किसानहरूको भनाइ छ ।

बिउहरू थाइल्यान्ड, होल्यान्ड, अमेरिकालगायत देशहरूबाट ल्याएका छन् । यो वर्षको तिहारमा मात्र तीन करोडभन्दा बढीको माला बिक्री हुने अनुमान छ ।

‘साढे २ देखि ३ करोडको फूल तिहारमा मात्रै विक्रि हुन्छ । तिहार पोखरामा मनाउने संस्कार बढेको छ,’ गुरुङले अघि थपे, ‘त्यसैले छिमेकी जिल्लाले पनि यहाँ फूल ल्याउँछन् । मुल्य पनि राम्रो छ, पोखरामा ।’

Advertisement

पोखरामा तिहारबाहेकका समयमा पनि फूलको माग अत्यधिक बढेको छ । एउटै नर्सरीले दैनिक ५० देखि एक लाखसम्म फूल विक्री गर्ने गरेको तथ्यांक छ । फूल विक्री राम्रो भएपछि किसानहरु यसतर्फ झनै आकर्षित छन् ।

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top