Nepal Times
Nepal Times
3
Shares

पहिलो चरण चुनाव : आज अन्तिम प्रचार

पहिलो चरण चुनाव : आज अन्तिम प्रचार

संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन्।

बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पहिलो चरणको चुनाव प्रचार बिहीबारसम्म मात्रै गर्न पाइन्छ। प्रचार प्रसारको अन्तिम दिनलाई उपलब्धिमूलक बनाउन दलका शीर्ष नेता तथा उम्मेदवारले ठाउँ-ठाउँमा खटिने योजना बनाएका छन्। निर्वाचन ऐनअनुसार मतदानको ४८ घन्टा अघिबाट मौन अवधि सुरु हुन्छ।अाजकाे अन्नपुर्णमा खबर छापिएकाे छ ।

आयोग प्रवक्ता नवराज ढकालले बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिँदै यस अवधिमा दल, उम्मेदवार, नागरिक समाज तथा सञ्चारमाध्यमले चुनाव प्रचार-प्रसार गर्न नपाइने बताए। मंसिर २१ मा ४५ जिल्लामा हुने दोस्रो चरण चुनावको प्रचार-प्रसार गर्न भने दलहरूलाई छुट छ। आयोग प्रवक्ता ढकालले पहिलो चरणको निर्वाचनमा सहभागी हुने मतदातालाई प्रभावित हुने गरी दोस्रो चरणको प्रचार नगर्न भने सचेत गराएको छ।
‘पहिलो चरणका लागि सुरु भएको मौन अवधिमा सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई प्रभाव पर्ने भएकाले यो अवधिमा आचारसंहिताविपरीतका सामग्री प्रकाशन/प्रसारण नगर्न आग्रह गरिएको छ’, प्रवक्ता ढकालले भने।

मौन अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा पनि मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न आयोगले भनेको छ। आयोगले मौन अवधिमा सञ्चारमाध्यममार्फत उम्मेदवार वा राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने जनाएको छ। पहिलो चरणको अन्तिम प्रचारका लागि दलका शीर्ष नेताहरू विभिन्न ठाउँ खटिँदै छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा बिहीबार ६ नम्बर प्रदेशका रुकुम, रोल्पा र कालिकोटका चुनावी सभामा सहभागी हुँदै छन्। प्रधानमन्त्री देउवा ती जिल्लाका चुनावी सभा सकेर साँझ काठमाडौं फर्कनेछन्।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.