जलालाबाद, अफगानिस्तान, ९ मङसिर ः अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा शुक्रबार हसाक मिना जिल्लामा भएको हवाई कारबाहीमा परी १३ भन्दा बढी इस्लामिक स्टेट्सका आतङ्ककारी मारिएका छन् । एक आधिकारीक स्रोतले त्यो जानकारी दिएको छ ।
शुक्रबार साँझ हसाक मिना जिल्लाको गगारी क्षेत्रमा भएको एक हवाई कारबाहीमा १३ आइएस लडाकू मारिएका प्रान्तीय गर्भनर आताउल्लाह ओगयानीले बताउनुभएको छ ।
यस कारबाहीको क्रममा सर्वसाधारण नागरिकको भने कुनै हताहती नभएको एक सरकारी अधिकारीले जानकारी दिएको छ ।
यस कारबाहीको विषयलाई लिएर आइएस आतङ्ककारी समूहले हालसम्म भने कुनै टिप्पणी नगरेका बताएइएको छ ।
रासस