काठमाडौँ । पहिलो चरण अन्र्तगत उच्च हिमाली तथा पहाडी जिल्लामा सुरु भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख राजनीतिक दलका नेताहरुले पनि मतदान गरेका छन् ।
गोरखामा माओवादी केन्द्रका नेता तथा उम्मेदवार नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मतदान गरेका छन् । श्रेष्ठले गोरखा–२ सिरानचोक गाउँपालिक–८ को जौवारी मतदान केन्द्रबाट मतदान गरेका हुन् भने भटराईले गोरखा २ पालुङटार नगरपालिका अन्नपुर्णमावि खोप्लाङमतदान केन्द्रबाट मतदान गरेका छन् । श्रेष्ठ र भट्टराई दुवैले गोरखा २ बाट प्रतिश्पर्धा गर्दैछन् ।