Nepal Times
Nepal Times
3
Shares

पूरा गाउँद्वारा मतदान बहिष्कार

पूरा गाउँद्वारा मतदान बहिष्कार

पहिलो चरण अन्तर्गत आज भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सोलुखुम्बुका तिङलावासीले बहिष्कार गरेका छन् ।

राज्य पुनसंरचनाका क्रममा तिङ्लालाई नेचासल्यान गाउँपालिकामा राखेको विरोधमा तिङ्लाबासीले ‘नो भोट, नो क्यान्डिेट’ अभियान अन्तर्गत मतदान बहिष्कार गरेका हुन्।

२५ सय ७५ मतदाता रहेको गाउँका कसैले पनि मतदाता परिचयपत्र लिएका थिएनन् । तिङ्लाका कोही कसैले पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मतदाता परिचय पत्र लिन नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तिङ्लामा स्थानीय तहको चुनावमा एक मत पनि खसेको थिएन । उनीहरुले तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने माग राखेका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.