Nepal Times
Nepal Times
342
Shares

पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु : म्याग्दी

पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु : म्याग्दी

१७ साउन,काठमाण्डौ ।
मंगलबार बिहान साढे ६ बजे मालिका गाउँपालिका २ रुममा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तीलक भारतीले जानकारी दिए। उनका अनुसार पहिरोले तीन वटा घर बगाएको छ। एउटा घरका पाँच जनाको मृत्यु र अर्कोमा बस्ने दुई जना घाइते छन्। अर्को एउटा घर भने खाली नै थियो।

मृत्यु हुनेमा ३६ वर्षीय घामबहादुर विक, उनकी ३४ वर्षीया श्रीमती राममाया, १५ वर्षीय छोरा नवीन, १३ वर्षीय छोरा राजन र ७ वर्षीया छोरी अस्मी छन्। घाइतेहरू भने ६५ वर्षीय गोठे विक र उनकी श्रीमती गोरी विक छन्। उनीहरूको अवस्था सामान्य नै रहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए। पहिरोले घर पुरिएको भन्दै बिहान करिब ७ बजे प्रहरीलाई खबर गरिएको थियो। खबर पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको थियो।

‘एकदम विकट ठाउँ छ। त्यहाँ सम्म पुग्न चार घण्टा लागेको रहेछ। खबर पाएपछि हाम्रो प्रहरी निरीक्षकसहितको जानुभएको थियो। त्यहाँ पैदल हिँड्नुपर्नेरहेछ,’ उनले भने।पहिरोले गोठहरू पनि पुरिएका छन्। कतिपय चौपायहरू मृत र बेपत्ता समेत छन्। प्रहरीका अनुसार एउटा भैंसी मरेको छ। एउटा राँगो र खच्चड भने बेपत्ता भएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.