NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

विराटनगरका मेयरले खोले पूर्व मेयरको बेथिती

शुक्रबार भदौ १० , २०७९
Reading Time: 1 min read
A A
विराटनगरका मेयरले खोले पूर्व मेयरको बेथिती
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० भदौ , विराटनगर ।
विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको ९० दिन पुगेपछि वितेको ५ वर्षको महानगर नेतृत्को कामको समीक्षा गर्दै श्वेतपत्र जारी गरेको छ। नेपाली कांग्रेसबाट निर्वाचित महानगर प्रमुख नागेश कोइरालाले बितेका पाँच वर्ष आफ्नै पार्टीका मेयर भीम पराजुली नेतृत्वको महानगरले विकासका लागि कुनै पनि महत्त्वपूर्ण कार्य गर्न नसकेको औँल्याएका छन्।

१०६ पृष्ठ लामो श्वेतपत्रमा प्रस्तुत विवरण तथा तथ्यांकको गम्भीर अध्ययन तथा विश्लेषण गरी यथार्थ अवस्था सार्वजनिक गरिएको उनले बताएका छन्। श्वेतपत्रमा ६०९ जनाको जम्बो कर्मचारी संयन्त्र रहेको उल्लेख छ । जसमा ३४५ जना अस्थायी–करारका कर्मचारी रहेका छन्।

LS Auto

उनले विगतमा ठूलो संख्यामा अस्थायी तथा करार कर्मचारी भर्ना गरेर ६०९ जनाको जम्बो कर्मचारी संरचना बनाएको, महानगरपालिकाभित्रका सार्वजनिक जग्गा विभिन्न संघसंस्थाहरूलाई बाँडिएको, स्रोतको अनुमान र यथार्थ आयबीच असन्तुलन कायम भई आर्थिक खाडल बनेको, उपभोक्ता समिति र ठेकेदारहरूबीच मिलेमतो भई योजना कार्यन्वयन हुने गरेको, महानगरको फोहोरमैला व्यवस्थापन कार्य अघि नबढेको लगायतका बिषयलाई स्वेतपत्रमा उल्लेख गरेका छन् ।

कार्याबोझ, राजश्व क्षमता र खर्चको आकारलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा नगरसभाबाट स्वीकृत दरबन्दीविपरीत ६०९ जनाको जम्बो कर्मचारी संयन्त्र बनेको उनले उल्लेख गरेका छन् । जसमध्ये ३४५ जना कर्मचारीहरू अस्थायी÷करारका रहेको र कुल कर्मचारीहरू मध्ये २७६ जना श्रेणीविहीन स्तरका रहेको स्वेतपत्रमा उल्लेख छ ।

महानगरको कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षणमा उल्लेखित आधार विपरित कर्मचारी भर्ना गरिएको बिषयमा महालेखा परीक्षकको कार्यालयले समेत बेरुजु जनाए पनि विगतमा त्यसको कुनैपनि समीक्षा नगरी मनपरी कर्मचारी भर्ना गरिएको उनले बताएका छन् ।

पूर्वमेयर पराजुलीको पालामा ठूलो संख्यामा कर्मचारी भर्ना गरे पनि महानगरलाई आवश्यक दक्ष र आवश्यक प्रकृतिको जनशक्तिको भने कमी रहेको स्वेतपत्रमा उल्लेख गरेका छन् । महानगरपालिकाका वडा कार्यालयहरूमा अहिले पनि अधिकृतस्तरका वडासचिव र प्रशासनिक कर्मचारीहरूको अभाव रहेको उनले उल्लेख गरेका छन् ।

पराजुलीको पालामा विभिन्न १६ वटा संघसंस्था र निकायलाई २ बिघा १७ कठ्ठा १८ धुर जग्गा मनोमानी तरिकाले वितरण गरिएको पाइएको छ । महानगरपालिकाको स्वामित्वमा रहेको ६३ बिघा ८ कठ्ठा १२ धुर जग्गा तथा साविक डंग्राहा र हात्तीमुढा गाविसमा खरीद गरेको २५ बिघा जग्गाको हालसम्म कुनै उपयोग नभएको बरु संघसंस्थाका नाममा मनमौजी वितरण गरिएको स्वेतपत्रमा उल्लेख छ ।

विगत ५ वर्षमा सार्वजनिक तथा पर्ति जग्गालाई मनोमानीपूर्ण ढंगले बाँडेका कारण भविष्यमा महानगरलाई आवश्यक पर्ने सार्वजनिक तथा खुल्ला स्थान, पार्क र उद्यानहरू निर्माणमै जग्गाको अभाव हुन सक्नेतर्फ मेयर कोइरालाले जारी गरेको स्वेतपत्रमा भनिएको छ । उनले अघिल्लो कार्यकालमा ६२ लाख १५ हजारमा खरिद भएको ‘ब्रुमर’ समेत महानगरपालिकाको सरसफाईमा प्रयोग हुन नसकेको र सुरुदेखि नै बिग्रेर थन्काइएकोमा चिन्ता व्यक्त गरे ।

त्यसैगरी महानगरपालिकालाई आवश्यक पर्ने विकास निर्माणसम्बन्धी अन्य उपकरणहरू थोरै मात्रामा रहेको बताएका छन् । मेयर कोइरालाले महानगर मातहतका वारुणयन्त्रमा कार्यरत कर्मचारी, मेसिन उपकरण र त्यसको मर्मतसम्भार र इन्धनलगायत ठूलो बजेट महानगरका करदाताहरूले तिरेको करबाट व्यहोरिएको र त्यसबाट समेत महानगरपालिकामा आर्थिक बोझ बढेको बताएका छन् ।

कर्मचारी भर्नाबारे महालेखा परीक्षकको कार्यालयले समेत बेरुजु लेखेको छ। तर जम्बो कर्मचारी भएको र महालेखाले बेरुजु देखाएको भन्दै श्वेत पत्र जारी गरेका मेयर कोइरालाले करारका कर्मचारीको म्याद भने आगामी पुस मसान्त सम्म थपिसकेका छन्।

Tags: #पूर्व मेयरको बेथिती#विराटनगर महानगरपालिका#विराटनगरका मेयर

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.