Nepal Times
Nepal Times
3
Shares

सिरहामा प्रहरीमाथि गोली प्रहार

सिरहामा प्रहरीमाथि गोली प्रहार

सिरहा : सिरहाको कल्यणपुर नगरपालिका ५ निर्दनामा दुई प्रहरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरलाई गोली लागेको हो।

प्रहरी जवान यादवको पेटमा र म्यादी प्रहरी कुँवरको कुममा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजन भेटवालले जानकारी दिए।

उनले गोली प्रहारबाट घाइते प्रहरीद्वयको उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लगेको बताए। उनका अनुसार प्रहरी जवान यादव अवस्था चिन्ताजनक छ।

रातो रंगको मोटरसाइकलमा चढेका दुई व्यक्तिले प्रहरी जवान यादव र कुँवरमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने व्यक्ति फरार भएका छन्। उनीहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक भेटवालले जानकारी दिए। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.