Nepal Times
Nepal Times
3
Shares

मतपेटिका ल्याउँदै गरेको टोलीलाई लक्षित गरी बम विस्फोट

मतपेटिका ल्याउँदै गरेको टोलीलाई लक्षित गरी बम विस्फोट

त्रिशूली, नुवाकोट, १० मंसिर  ः मतदान सम्पन्नपछि मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरी आज साँझ बम विस्फोट भएको छ ।

विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर आउँदै गर्दा विदुर नपा वडा नंं ७ र ९ को सिमानामा रहेको अधेरीखोलामा बम विस्फोट गराइएको हो । मतपेटिका लिएर दलका प्रतिनिधि तथा सुरक्षाकर्मीहरु सदरमुकाम विदुरतर्फ आइरहेका बेला ठूलो आवाजमा वम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बम विस्फोट भए पनि कुनै मानवीय र भौतिक क्षति नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । कुन प्रकृतिको काम हो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।                                     रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.