Nepal Times
Nepal Times
3
Shares

मेसीले गरेको गोल रेफ्रीले नदेख्दा, बार्सिलोना बराबरीमा रोकियो

मेसीले गरेको गोल रेफ्रीले नदेख्दा, बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं : स्पेनिस ला लिगाको आइतबार रातिको खेलमा शीर्ष स्थानमा रहेको बार्सिलोना दोस्रो स्थानमा रहेको बराबरीमा भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ।

आबे मैदानमा भएको खेलमा लगातार जित निकालिरहेको बार्सिलोना भ्यालेन्सियासँग १-१ को बराबरीमा रोकियो। यसबाट बार्सिलोनाले दोस्रो स्थानमा रहेको भ्यालेन्सियालाई पराजित गगरी अंक दूरी बढाउने अवसर गुमायो । खेलको ३० औ मिनेटमा बार्सिलोनाका फर्वाड मेसीले गरेको गोललार्इ रेफ्रीले मान्यता नदिएपछि बार्सिलोनाले बराबरीमा चित्त बुझायो । मेसीले प्रहार गरेको बलले गोललाई पार गरिसकेपछि भ्यालेन्सियाका गोलकिपरले समातेको भएपनि त्यसलाई रेफ्रीले गोल मान्न अस्वीकार गरेका थिए।

goal_messi

६० औ मिनेटमा रोड्रिगो गोलबाट खेलमा अग्रता लिएको भ्यालेन्सियाले अ्रगता कायम राख्न भने सकेन । बार्सिलोनाका लागि ८२ औ मिनेटमा अल्बाले गोल गरेपछि खेल १-१ बराबरीमा टुंगियो।

यस बराबरीसँगै १३ खेलबाट शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३५ अंक पुगेको छ । १३ खेलमा अपराजित रहेको बार्सिलोनाले ११ जित र ३ बराबरी खेलेको छ । समान खेलबाट ३१ अंकसहित भ्यालेन्सिया दोस्रो स्थानमा रहेको छ । १३ खेल नै खेलेको यथ्लेटिको मड्रिड र रियल मड्रिड समान २७ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।

१३ खेलमा २ मात्र जित निकाल्न सकेको अलाभेज ६ अंकसहित तालिकाको पुच्छारमा रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.