Nepal Times
Nepal Times
3
Shares

कम्पनी रजिष्ट्रारको कार्यालयमा सीआईबीको छापा, २ उप-रजिस्ट्रार पक्राउ

कम्पनी रजिष्ट्रारको कार्यालयमा सीआईबीको छापा, २ उप-रजिस्ट्रार पक्राउ

काठमाडौं,भदौ २०
कम्पनी रजिष्ट्रार कार्यालयमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी)ले छापा मारेको छ । शंकर इलेक्ट्रोनिक प्रालीको सेयर ट्रान्सफर प्रकरणमा अनियमितता भएको आरोपमा सिआईबीले २ जना उपरजिष्ट्रारलाई पक्राउ गरेको हो ।

सिआईबीले आइतबार छापा मारेर उप–रजिष्ट्रारद्धय धर्मराज रोकाया र गंगाधर पौडेललाई पक्राउ गरेको प्रवक्ता सानुराम भट्टराईले छापा मारेको पुष्टि गरे । गर्दै थप केहि व्यक्ति समेत पक्राउ पर्ने बताए । उनले यो प्रकरणमा अन्य केहि कर्मचारी तथा व्यक्तिलाई समेत पक्राउ गर्ने तयारी भैरहेको जानकारी दिए ।

रजिष्ट्रार कार्यालय श्रोतका अनुसार शंकर इलेक्ट्रोनिक कम्पनीको २५ लाख रूपैयाँको सेयर ट्रान्सफर गर्ने कार्यमा कीर्ते भएको पाइएपछि सीआइबीले छापा मारेर पक्राउ गरेको हो । हङकङमा रहेका सेयर धनीलाई पत्तै नदिई नक्कली कागजपत्र निर्माण गरी सेयर ट्रान्सफर गरेपछि सिआईबीले छापा मारेको हो ।

२ जना उप(रजिष्ट्रार पक्राउ परेपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा खैलाबैला मच्चिएको छ । रजिष्ट्रार भुवन हरी अर्यालले २ जना उप रजिष्ट्रार कार्यालय नआएको स्वीकार गरे । तर सीआइबीले छापा मारेको बारेमा भने उनले केहि बताउन चाहेनन् । उनी मोबाइल स्वीच अफ गरेर बसेका छन् ।

उप रजिष्ट्रारद्धय रोकाय र पौडेलको कार्यकक्षमा ३ दिन देखि ताला लागेको छ । १० करोड मुल्याङकन सम्मकोे फाइल हेर्ने उपरजिष्ट्रार नहुँदा सेवाग्रही भने समस्यामा परेका छन् ।(विकास न्युजबाट)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.