युक्रेनलाई अमेरिकी सहयोग जारी,रुस पछि नहट्ने

३ फागुन , विराटनगर ।

छिमेकी युक्रेनमा रुसले पूर्ण आकारको युद्ध सुरु गरेको अर्को साता तेस्रो वर्षमा प्रवेश गर्दैछ । जतिजति वर्षहरु बित्दै जादैँछन् यो युद्ध थप जटिल र अनिश्चित बन्दै गएको छ । युक्रेनका नवनियुक्त सेना प्रमुखले त्यहाँको अवस्थालाई निकै जटिल र तनावपूर्ण भनेका छन् । अर्कातर्फ युक्रेनले पनि रुसलाई ठूलै क्षति पुग्ने गरि जवाफी आक्रमण गरिरहेको छ ।

पछिल्लो पटक युक्रेनी सेनाले ’सीजर कुनिकोफ’ नामक ठूलो रुसी पानीजहाजलाई रुस अधीनस्थ क्राइमियानजिकै समुद्रमा डुबाइदिएको दाबी गरेको छ । स्थानीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बुधवार सबेरै शक्तिशाली विस्फोटन भएको सुनिएको जनाएका छन् । त्यसबाट यल्टा सहरको दक्षिणतिर उक्त मालवाहक पानीजहाजमा आक्रमण भएको बुझिन्छ । युक्रेनी गुप्तचर निकायले एउटा भिडिओ सार्वजनिक गर्दै ’म्यागुरा भी ५’ समुद्री ड्रोनहरूले उक्त रुसी पानीजहाजमा हवाई आक्रमण गरेको जनाएको छ ।

Advertisement

ब्ल्याक सीमा सीजर कुनिकोफ डुबेको विषयमा रुसी जलसेनाले केही टिप्पणी गरेको छैन् । उसले छवटा युक्रेनी ड्रोन नष्ट पारिएको मात्र जनाएको छ । क्रेम्लिनले समेत यसबारे प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ । युक्रेनी गुप्तचर निकायले क्राइमियाको तटीय सहर अलुप्का नजिकै युक्रेनी जलक्षेत्रमा उक्त पानीजहाजलाई ग्रूप १३ भनिने आफ्नो सैन्य एकाइले ध्वस्त पारेको जनाएको छ ।

युक्रेनी गुप्तचर निकायले उक्त पानीजहाजमा रहेका ८७ जनालाई उद्धार गर्ने प्रयास विफल भएको र उपलब्ध जानकारीका अनुसार धेरैजसोको ज्यान गएको जनाएको छ । क्राइमियामा युक्रेनले बारम्बार रुसी सेनाको ’ब्ल्याक सी फ्लीट’का पानीजहाजमाथि आक्रमण गर्दै आएको छ । यसैबीच ब्रशल्समा नेटोको मन्त्रीस्तरीय बैठक हुनुअघि महासचिव येन्स स्टोल्टेन्बर्गले युक्रेनी सेनाले केही महिनायता “ठूलो जित“ हासिल गरेको जनाएका छन् ।

Advertisement

उनका अनुसार युक्रेनले ब्ल्याक सी फ्लीटमा “ठूलो क्षति“ पु¥याउँदै आफ्नो अन्न निर्यात गर्न जलमार्ग खोलेको छ ।यस्तै केही ताजा घटनामा रुसी पानीजहाजहरू कम उचाइमा उड्ने क्षेप्यास्त्रको आक्रमणमा पर्ने जोखिम देखिएको छ । त्यस्ता क्षेप्यास्त्रहरू राडारमा पनि नदेखिन सक्छन् । यस्ता ड्रोनलाई निस्तेज पार्न सक्ने अस्त्र र विद्युतीय युद्ध प्रणालीको अभाव रुसमा देखिएको छ ।

यता युद्धकैबीच युक्रेनमा सेना प्रमुख फेरिएका छन् । गत सातामात्रै जेलेन्स्कीले भालेरी जालुज्नीलाई हटाएर ओलेक्सान्डर सिर्स्कीलाई नयाँ सेनाप्रमुख नियुक्त गरेका थिए । सिसर््की बुधवार युद्धको अग्रमोर्चामा पुगेका थिए । त्यहाँ उनले अभ्दियिभ्का सहर कब्जा गर्ने रुसी प्रयास रोक्ने र आफ्ना सैन्य टुकडीलाई अझ बलियो बनाउने वाचा गरे । अभ्दियिभ्का सहर लगभग खाली छ । रुसी सेनाले त्यहाँ घेराबन्दी गरेको छ ।

त्यहाँ खटिएका एक सैनिकले यसअघि उक्त ठाउँको अवस्थालाई चिन्ताजनक बताएका थिए । उनले सामाजिक सञ्जालमा लेखेका थिए, “हामीले शत्रुलाई हाम्रो भूभागभित्र अघि बढ्न रोक्नका लागि सक्दो गरिरहेका छौँ।“ अभ्दियिभ्काको ४० किलोमिटर पश्चिममा पर्ने सेलिदोभ सहरमा बुधवार राति रुसी क्षेप्यास्त्र आक्रमणमा परेर एक बालकसहित तीन जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार चारवटा क्षेप्यास्त्र एउटा स्थानीय अस्पताल र प्रसूति वार्डका साथै आवासीय क्षेत्रमा खसेका थिए । त्यसमा परी एक शिशुसहित कैयौँ मानिस घाइते भएका छन् ।

यसैबीच अमेरिकी सिनेटले मंगलबार युक्रेनका लागि ६० अर्ब डलरको कोषसम्बन्धी विधेयकलाई अनुमोदन गरिसकेको छ । यद्यपि हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख माइक जोनसनले उनको रिपब्लिकन नेतृत्वको सदनले उक्त विधेयकलाई अस्वीकार गर्ने संकेत गरेका छन् । ६० अर्ब डलरले युक्रेनले युद्धको तेस्रो वर्षमा प्रवेश गर्दा समाप्त भएको गोला बारुदको आपूर्ति, हतियार तथा अन्य महत्त्वपूर्ण आवश्यकता पूरा गर्न सहयोग गर्नेछ । अमेरिकाको यो सहयोगप्रति रुस रुष्ट हुने नै भयो ।

यता केही अमेरिकन सिनेटनहरु र विश्वका धनि एलन मस्कले पनि आपत्ति जनाएका छन् । मस्कले युक्रेनमा रुस हार्दै नहार्ने पनि दाबी गरेका छन् । यदी पुटिन युक्रेन युद्धबाट पछाडि फर्किए उनको हत्या सम्म हुन सक्ने मस्कले बताएका छन् । रुसी राष्ट्रपतिले पनि पछिल्लो एक अन्तर्वार्तामा आफूले कुनै पनि हालतमा युक्रेनमा जित निकाल्ने दाबी गरेका छन् । युक्रेनमा आक्रमण सुरु गरेपछि रुसी राष्ट्रपतिले कुनै पनि पत्रकारलाई अन्तर्वार्ता दिएको यो नै पहिलो पटक थियो ।

त्यो पनि अमेरिकी एक चर्चित पत्रकारलाई । यो अन्तर्वार्ता २ घण्टाभन्दा लामो थियो, जसमा पुटिनले युक्रेनमा युद्ध चर्काउनुमा अमेरिका र उसका सहयोगीहरुको हात रहेको आरोप लगाएका छन् । शान्तीवार्ताका लागि अमेरिका नै बाधक रहेको पुटिनको तर्क छ ।यसैबीच पुटिनले युक्रेनमा भएको आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएकाहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानुनमा हस्ताक्षर गरेका छन् ।

मस्कोले सन् २०२२ फेब्रुअरी २२ मा युक्रेनमा सेना पठाएपछि कडा कानुन लागू गर्दै यसको आलोचनामाथि प्रतिबन्ध लगाएको छ । सार्वजनिक रूपमा यसको विरोध गर्नेहरूलाई कडा कारबाहीको व्यवस्था गरिएको छ । उक्त कानुनले अधिकारीहरूलाई आपत्तिजनक आलोचना गर्ने दोषीहरूको धन, सम्पत्ति र बहुमूल्य वस्तु जफत गर्न सक्षम बनाउँछ । कानुनले आफ्नो मुलुक छाडेर भागेका तर अहिले पनि घरमा सम्पत्ति भएका महत्त्वपूर्ण रुसी निर्वासितहरूलाई सम्भावितरूपमा निशाना बनाउँछ ।

रुसको संसद् ड्युमाले विधेयकलाई समर्थन गरेको दुई सातापछि पुटिनले उक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । ड्युमाका सभामुख भोलोदिनले गत महिना भनेका थिए, ’आफ्नो मातृभूमिसँग विश्वासघात गरेका र अहिले हाम्रा सैनिकहरूको पिठ्युँमा थुक्ने बदमाश र गद्दारहरूलाई यो कानूनले निशाना बनाउँछ।’ मस्कोले नियमितरूपमा सैन्य अभियानको विरोधमा आफ्नो मुलुक छाड्ने लाखौँ रुसीलाई देशद्रोहीको संज्ञा दिएको छ।

यसले पनि के देखाउँछ भने पुटिन कुनै पनि हालतमा युद्धलाई गल्ती भएको मान्ने वा पछाडि फर्किने मनस्थितिमा छैनन् । युद्ध तेस्रो वर्षमा प्रवेश गर्दैगर्दा पुटिन झनै दृढ देखिएका छन् । यो हेर्दा रुसले जित हासिल नगरुन्जेल यो युद्ध चलिनै रहने छ । अर्थात युद्ध अन्त्यको सम्भावना भनेकै रुसको जित हो ।दुई दिन अघि मात्रै अमेरिकी धनाढ्य एलोन मस्कले भनेका छन् युद्ध युक्रेनले जित्न सक्दैन् ।

रुसविरुद्ध युक्रेनमा गरिएको अमेरिकी लगानी खेर फाल्नु मात्रै हो । प्रष्ट छ अमेरिकाको बलबुतामा मात्रै युक्रेन रुसविरुद्ध गर्जिरहेको छ । अमेरिका र पश्चिमाले हतियार , गोलाबारुद र बजेट नदिने हो भने युक्रेनले सुरुवातमै रसविरुद्ध घुँडा टेकिसकेको हुनेथियो । तर अमेरिकाको सर्वशक्तिशाली हुँ भन्ने प्रतिष्ठा र पश्चिमाको मनमा उब्जिएको डरले मात्रै युक्रेनमा बालुवामा पानी हालेसरी कहिल्यै नफर्किनेगरी बजेट खन्याइएको छ।

यस्तो अवस्थाका बीच युक्रेनी राष्ट्रपतिको आफ्नो भूमि फिर्ता नभई शान्तिवार्ता असम्भव रहेको तर्क र उनलाई अमेरिकी राष्ट्रपतिले धाप मारुन्जेल यो युद्ध निरन्तर रुपमा चलिनै रहने देखिन्छ । यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top