×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

सीमा अतिक्रमण बारे बोले एसडी मुनी , कालापानी – लिपुलेकको मुद्दा अन्तर्राष्ट्रिय कानून अनुसार टुङ्गिने !

६ चैत्र २०८०

६ चैत , विराटनगर ।

जवहरलाल नेहरु विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारतीय कुटनीतिज्ञ एसडी मुनीले नेपाल र भारतको सीमा विवाद अन्तर्राष्ट्रिय कानुन अनुसार टुङ्गो लगाउनु पर्ने बताएका छन् । नेपाल मामिलाका जानकार समेत मानिने भारतीय थिन्क ट्याङ्क शुकदेव मुनीले एलिट क्लब बिराटनगरले आयोजना गरेको नेपाल – भारत सम्बन्धका नयाँ आयामहरु“ विषयक अन्तरक्रियात्मक बिचार गोष्ठीमा यस्तो धारणा राखेका हुन् ।

Advertisement
Advertisement

मुनीले  सीमा समस्या खासगरी कालापानी, लिम्पयाधुरा, लिपुलेकको मुद्दा दुई पक्षीय सम्झौता वा तेस्रो मध्यस्थकर्ता मार्फत समाधान गर्नुपर्ने अन्यथा अन्तर्राष्ट्रिय कानुन अनुसार वयष्लत कयखभचभष्नलतथ मा टुङ्गो लाग्ने बताएका हुन् । उनले यो विवाद पुरानो भएको भन्दै बि. सं. १८१६ को सुगौली सन्धिको कुरा किन पहिले उठेन त भन्ने प्रश्न समेत गरेका छन् । उनले लामो समयसम्म यो विषय नेपालका तर्फबाट नउठ्नु नै जटिलता भएको बताए ।

दुई देशबीच १ हजार ८ सय ८० किलोमिटर सीमा जोडिएकोमा त्यसमध्ये ६ सय ६ किलोमिटर विवादित छ। कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ। सर्भे अफ इन्डियाले २ नोभेम्बर २०१९ मा जारी गरेको भारतको आठौं राजनीतिक नक्शाले नेपाल र भारतबीचको २०० वर्ष पुरानो सुगौली सन्धिको जग हल्लायो।

भारतीय जनता पार्टीले सुविधाजनक बहुमत ल्याएर नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि लद्दाखलाई जम्मु–काश्मीरबाट छुट्याई छुट्टै प्रान्त घोषणा गरिएको नक्शामा महाकाली पूर्वका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूभागलाई भारततर्फ देखाइएको छ। जबकि, सुगौली सन्धिले काली (महाकाली)लाई स्पष्ट शब्दमा अन्तर्राष्ट्रिय सिमाना मानेको छ।

सर्भे अफ इन्डियाले जारी गरेको नक्शाप्रति चासो व्यक्त गरेर नेपाल सरकारले सन् २०१९ को अन्त्यमा पठाएका तीन वटा कूटनीतिक नोटलाई भारतले ‘नोटिस’ मै लिएन। त्यसको पाँच महिनापछि ८ मे २०२० मा नेपाली भूमि हुँदै कैलास मानसरोवर जाने सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरे। त्यसपछि परराष्ट्र मन्त्रीले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर सीमा समस्या समाधानको प्रयास गरे पनि भारतले फेरि सुनेको नसुन्यै ग¥यो।

त्यसपछि नेपाल सरकारले लिम्पियाधुरा सहितको भूमि समेटेर राजनीतिक तथा प्रशासनिक नक्शा (चुच्चे नक्शा) जारी ग¥यो। त्यसलाई १३ जून २०२० मा संसद्ले सर्वसम्मतिले अनुमोदन ग¥यो। अहिले संविधानत ती क्षेत्र नेपालका भएपनि त्याहा भारतले कब्जा गरेर राखेको छ। यस्तै मुनीले नेपालको बिकासमा भारतको सहयोग आवस्यक रहेको भन्दै नेपालको बिकास नेपालीबाट नै हुने बताएका छन् ।

मुनीले नेपालको आर्थिक बिकासको आधार हाइड्रो र पर्यटन क्षेत्र रहेकोमा जोड दिएका छन् । नेपालमा चिनियाँ भूमिकामा विषयमा भारत सर्तक रहेको समेत उनले बताएका छन् । उनले सामरिक प्रभाव रोक्न चीनले बनाएको एअरपोर्ट र हाइड्रोमा भारत सतर्क रहेको बताएका छन् ।

लामो समयदेखि नेपाल भारत सीमा समस्या समाधान र सुगौली सन्धि पुनरावलोकनका विषय बोल्दै मुनीले ईपीजीको गठन दुबै तर्फका सरकारले विगतका सन्धि सम्झौता कार्यान्वयनमा आलटाल गर्ने हतियार भएको बताएका छन् । उनले ईपीजीमा रहेका एक सदस्यको मृत्यु हुनु र दुबै तर्फका सरकारले चासो नदिनु यसको प्राविधिक समस्या रहेको बताए । ईपीजीको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लामो समयदेखि बुझ्न अस्वीकार गर्दैआएका छन् ।

मुनीले नेपालको शासकीय व्यवस्थाका विषयमा समेत आफ्नो धारणा राखेका छन् । उनले आफु जनतन्त्रमा विश्वास गर्ने हुँदा राजतन्त्रको पक्षमा नभएको भन्दै कुनै समयमा तत्कालीन राजा ज्ञानेन्द्रलाई संबैधानिक राजतन्त्रको हैसियतमा मात्र रहन सुझाव दिएको बताएका छन् । मुनीले धर्म , जात र भाषा सबैको आ–आफ्नो हुने भन्दै कुनै एकलाई लाद्ने प्रयास भएमा द्वन्द्व निम्तिने बताएका छन् ।

Advertisement

 

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top