प्रदीप पौडेलले दिएको चुनौती सुमनाले स्वीकारिन

१९ चैत ,काठमाण्डौ।

शिक्षा, विज्ञान तथा प्राविधिमन्त्रालयको जिम्मवारी रास्वपाकी नेतृ सुमना श्रेष्ठले सम्हालेसँगै आशा र अपेक्षा बढिरहेका अवस्थामा लामो समयदेखि वहस हुँदै आएको शिक्षामा राजनीतिको अन्त्य गर्ने अभियान उनले सुरु गर्ने घोषणा गरेकी छन् । आज मात्रै प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुमनाले मन्त्रालय सम्हालेपछि पनि कुनै परिवर्तत नदेखिएको विगतमा राजनीतिको र समेत शिक्षा क्षेत्रमा पर्न नदिने अभियक्ति सुमनाले विर्सएर झनै त्रिवि रङ्गहरुमा पोतिएको टिप्पणी गरेकै दिन मन्त्री सुमनाले शिक्षा क्षेत्रमा रहेको दलीय राजनीति अन्त्यका लागि अभियान सञ्चालन गरिने बताएकी छन् ।

संसद बैठकमा पौडेलले त्रिभुवन विश्वविद्यालयको पदाधिकारीको नियुक्ति प्रक्रिया सार्वजनिक गर्न माग गरेका छन् । उनले शिक्षामन्त्री सुमना श्रेष्ठलाई त्रिविमा राजनीतिक रंग कहिले अन्त्य हुन्छ ? भन्दै प्रश्न गरेका छन् । उनले भने– त्रिभुवन विश्वविद्यालयलाई आमूल परिवर्तन गर्छु राजनीतिको र पनि प्रवेश गर्न दिन्न भन्ने हाम्रो माननीयज्यूले नेतृत्व गरिरहेको त्रिविले अहिले कसरी गुज्रिरहेको छ ? नियुक्तिको प्रक्रिया हिजो र आजमा के फरक छ ? राजनीतिक रंग पनि पर्न नदिने भनिरहँदा नियुक्तिको प्रक्रियामा त अहिले राजनीतिकको रंगले नै पोतिएको देखियो।

Advertisement

उनले त्रिविबाट उत्तर पुस्तिका हराउनेहरूलाई कारबाही गर्न माग गरे। सांसद पौडेलले भने– त्रिविको उत्तर पुस्तिका आज मात्रै होइन यो भन्दा अगाडि पनि हराएको छ। कसले लगेको त्यहाँ रेकर्ड हुँदैन ? लगेको मान्छेलाई दण्डित गर्ने, लगेको प्रमाणित गर्नेलाई दण्डित गर्ने, अनि त्यस्तो प्रशासनको नेतृत्व गर्नेलाई दण्डित नगरेर अहिलेसम्म के हेरेर बसेको ? दुई वर्षअघि दिएको परीक्षाको कपी हरायो, कपी विद्यार्थीले हराएको हो ? अनि जसले कपी हरायो उसले जिम्मेवारी लिँदैन । दुई वर्षपछि एकै पटक पर्सिदेखि जाँच भनेर सूचना निस्कन्छ । कपी हरायो ? एकै पटक परीक्षा दिन आउन भनेर फेरि विद्यार्थीले पास गर्न सक्छ ? यता राष्ट्रियसभाको ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को आजको बैठकमा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको दलीय राजनीति अन्त्य गर्ने अभियानको सरुआत त्रिभुवन विश्वविद्यालय(टियु)बाट गरिने जवाफ दिएकी छन् ।

“शिक्षा क्षेत्रको लगानी परिणाममुखी हुन नसक्नुका कारण दलीय भागबन्डा हो”, उनले भनिन्, “मेरो पहिलो प्रयास टियुको सेवा आयोगमा भागबन्डा नगरी नियुक्त गर्न सुरु गरेको छु ।” उनका अनुसार सेवा आयोगको सदस्यका लागि आवेदन दिन खुल्ला आह्वान भइसकेको छ। शिक्षा क्षेत्रमा भएका प्रगति र अवस्थाबारे छलफल गर्न आयोजित बैठकमा मन्त्रालयका सचिव सुरेश अधिकारीले चालु आर्थिक वर्षमा हालसम्म भएका कार्यविवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

Advertisement

उनले शिक्षामा बजेट थप गर्नुपर्ने जनाउँदै जाजरकोट भूकम्पपीडित क्षेत्रका विद्यालय पुनःनिर्माण कार्ययोजना अगाडि सार्ने बताए। “भूकम्पपीडित क्षेत्रका विद्यालय मर्मतमा बजेट बढाउने तयारीमा छौँ”, उनले भने, “यसका लागि आर्थिक स्रोत जुटाउने कार्य भइरहेको छ ।” बैठकमा सांसदहरु जगप्रसाद शर्मा, इन्दिरादेवी गौतम, राजेन्द्रलक्ष्मी गैरे लगायतले शिक्षाको स्तरोन्नतिको विषयमा सुझाव राखेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top