Nepal Times
Nepal Times
3
Shares

खुल्लम खुला पाइने भियाग्राको प्रयोग कति खतरनाक ?

खुल्लम खुला पाइने भियाग्राको प्रयोग कति खतरनाक ?

१८ वैशाख, काठमाण्डौ ।
नेपाल, भारतजस्ता देशहरुमा यौनबारे खुलेर कुराकानी समेत हुँदैन तर भियाग्राजस्तै यौनवद्र्धक औषधिहरुको प्रयोग त एकदमै अव्यवस्थित, विना जाँच, डाक्टरसँग सरसल्लाह नै नगरी सामान्य औषधि पसलहरुबाट खरिद बिक्री हुने गरेको छ । खास गरी युवाहरुले आफ्नो पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन मात्र नभई आफ्नो यौनसाथीको सामु शरम नहोस् भनेर भियाग्राको प्रयोग डाक्टरको सल्लाहविनै गर्ने गरेका छन् ।

यसो गर्नु स्वास्थ्यका लागि खतरा हुने विज्ञहरुको भनाइ छ । भियाग्रा केवल नपुंसकत्वको समस्या भएका पुरुषले गर्न सक्छन् । त्यस्तै धम्कीको समस्या भएकाले यसको प्रयोग गर्नु खतराजनक हुन्छ । यसको प्रयोग गर्दा डाक्टरको सल्लाह अनिवार्य लिनुपर्छ । अन्यथा यसको अनियन्त्रित प्रयोगले दीर्घकालीन स्वास्थ्य समस्या समेत निम्त्याउँछ ।यसले डर लाग्दो समस्या ल्याउनसक्छ ।

यसको अत्यधिक प्रयोगले मानिसलाई जीवनभर अन्धोपना हुनसक्छ भने यसको प्रयोगबाट इरेक्सन लामो समयसम्म रहनसक्छ । त्यसबाहेक टाउको दुख्ने, चक्कर चल्ने, आँखाको दृष्टि कमजोर हुने, गर्मी लाग्ने, नाक बन्द हुने जस्ता समस्या हुनसक्छ । त्यस्तै यसको अनियन्त्रित प्रयोगले श्वासप्रश्वासमा समेत समस्या निम्त्याउँछ । अझ एचआईभीको औषधि रिटोनविर लिइरहेको व्यक्तिले त यसको प्रयोग गर्नै हुँदैन ।

त्यस्तै मुटुरोगीहरुको लागि भियाग्राको प्रयोग झनै खतरापूर्ण हुन्छ । त्यस्तै ब्लड प्रेसर(उच्च रक्तचाप), सुगर (चिनी रोग) भएकाहरुले पनि भियाग्राको प्रयोग गर्नुहुँदैन । मिर्गौला रोगीहरुले पनि डाक्टरको सल्लाहअनुसार मात्रै लिनुपर्ने हुन्छ । नभए केही मिनेटको आनन्दको लागि जिन्दगी नै जोखिममा पर्न सक्छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार चिकित्सकको सल्लाहविना भियाग्रा लिनु निकै जोखिम मोल्नु हो ।

धेरै कुराहरुमा भियाग्राले काम गर्छ । यसले शरीरमा नाइट्रिक अक्साइडको मात्रा बढाइदिन्छ भने नशाहरुलाई पनि मोटो बनाउँछ । यो लिएपछि शरीरमा रक्तसञ्चार बढ्छ भने उत्तेजना बढाइदिन्छ । सन् १९८९ मा अमेरिकी औषधि निर्माता कम्पनी फाइजरको एक अनुसन्धान टोलीले एन्जाइनाको औषधिमा अनुसन्धान गरिरहेको थियो । एन्जाइना भनेको मुटुमा रगत आपूर्ति गर्ने नसाहरू साँघुरिने समस्या, जसले छाती दुख्ने र सास फेर्न गाह्रो हुने गर्दछ ।

फाइजरको अनुसन्धान टोलीले सिल्डेनाफिल नामक एक नयाँ यौगिक निर्माण गर्यो र केही पुरुषहरूमा परीक्षण गर्यो । परीक्षणका क्रममा सिल्डेनाफिलले मुटुको दुखाइ कम गरेन । यस्तोमा, फाइजरले यो अनुसन्धान परियोजनालाई टुङ्ग्याउने सोच बनाएको थियो । तर त्यही समयमा क्लिनिकल परिक्षणका सहभागी व्यक्तिले सिल्डेनाफिलको फरक प्रभाव उल्लेख गर्न थाले ।

वास्तवमा, परीक्षणमा भाग लिएका अधिकांश पुरुषहरूले तिनलाई नियमित दिइएको औषधिले उनीहरु उत्तेजित बनेको महसुस गरे । यसबाट फाइजरले मुटुमा रगतको प्रवाह गराउन बनाएको औषधिले नसामा रगत प्रवाह बढाएको पाइयो । भियाग्रामा हुने नाइट्रिक अक्साईडले लिंगको माँसपेसीलाई खुकुलो बनाएर तिनमा रगतको प्रभाव बढाउँछ ।

खासमा वैज्ञानिकहरुले शरीरमा नाईट्रिक अक्साईड रिलिज भएर मुटुको माँसपेसीमा रगतको वहाब बढ्ने आशा गरेका थिए । यी नतिजाहरू पछि, फाइजरले सिल्डेनाफिललाई इरेक्टाइल डिसफंक्शन उत्तेजित नहुने समस्या भोगिरहेका पुरुषहरुमा प्रयोग गर्न थाल्यो, जुन सफल भयो । परिणाम स्वरुप कम्पनीले सन् १९९६ मा यो औषधिको पेटेन्ट लियो र सन् १९९७ मा उसले अमेरिकाको औषधीलाई स्वीकृत गर्ने सस्था ‘युएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)’बाट प्रयोगका यसको आम प्रयोगको लागि आवेदन दियो ।

एफडीएले सन् १९८८ मार्च २७ मा मेडिकल प्रयोगको लागि सिल्डेनाफिल नामक औषधिलाई स्वीकृत गर्यो । सिल्डेनाफिलको ब्रान्ड नाम नै भियाग्रा हो । अप्रिल १९९८ बाट यो औषधि अमेरिकी मेडिकल स्टोरहरूबाट बिक्री सुरु भएको थियो । सन् १९९८ बाट अमेरिकाबाहिर युरोपमा यसको विक्री सुरु भएको थियो । यसको सुरुवातको दुई वर्ष भित्र, भियाग्राको वार्षिक आम्दानी एक अर्ब डलर नाघेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.