×

NEPAL TIMES UPDATES

Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026

खुल्लम खुला पाइने भियाग्राको प्रयोग कति खतरनाक ?

१८ बैशाख २०८१

१८ वैशाख, काठमाण्डौ ।
नेपाल, भारतजस्ता देशहरुमा यौनबारे खुलेर कुराकानी समेत हुँदैन तर भियाग्राजस्तै यौनवद्र्धक औषधिहरुको प्रयोग त एकदमै अव्यवस्थित, विना जाँच, डाक्टरसँग सरसल्लाह नै नगरी सामान्य औषधि पसलहरुबाट खरिद बिक्री हुने गरेको छ । खास गरी युवाहरुले आफ्नो पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन मात्र नभई आफ्नो यौनसाथीको सामु शरम नहोस् भनेर भियाग्राको प्रयोग डाक्टरको सल्लाहविनै गर्ने गरेका छन् ।

यसो गर्नु स्वास्थ्यका लागि खतरा हुने विज्ञहरुको भनाइ छ । भियाग्रा केवल नपुंसकत्वको समस्या भएका पुरुषले गर्न सक्छन् । त्यस्तै धम्कीको समस्या भएकाले यसको प्रयोग गर्नु खतराजनक हुन्छ । यसको प्रयोग गर्दा डाक्टरको सल्लाह अनिवार्य लिनुपर्छ । अन्यथा यसको अनियन्त्रित प्रयोगले दीर्घकालीन स्वास्थ्य समस्या समेत निम्त्याउँछ ।यसले डर लाग्दो समस्या ल्याउनसक्छ ।

Advertisement
Advertisement

यसको अत्यधिक प्रयोगले मानिसलाई जीवनभर अन्धोपना हुनसक्छ भने यसको प्रयोगबाट इरेक्सन लामो समयसम्म रहनसक्छ । त्यसबाहेक टाउको दुख्ने, चक्कर चल्ने, आँखाको दृष्टि कमजोर हुने, गर्मी लाग्ने, नाक बन्द हुने जस्ता समस्या हुनसक्छ । त्यस्तै यसको अनियन्त्रित प्रयोगले श्वासप्रश्वासमा समेत समस्या निम्त्याउँछ । अझ एचआईभीको औषधि रिटोनविर लिइरहेको व्यक्तिले त यसको प्रयोग गर्नै हुँदैन ।

त्यस्तै मुटुरोगीहरुको लागि भियाग्राको प्रयोग झनै खतरापूर्ण हुन्छ । त्यस्तै ब्लड प्रेसर(उच्च रक्तचाप), सुगर (चिनी रोग) भएकाहरुले पनि भियाग्राको प्रयोग गर्नुहुँदैन । मिर्गौला रोगीहरुले पनि डाक्टरको सल्लाहअनुसार मात्रै लिनुपर्ने हुन्छ । नभए केही मिनेटको आनन्दको लागि जिन्दगी नै जोखिममा पर्न सक्छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार चिकित्सकको सल्लाहविना भियाग्रा लिनु निकै जोखिम मोल्नु हो ।

धेरै कुराहरुमा भियाग्राले काम गर्छ । यसले शरीरमा नाइट्रिक अक्साइडको मात्रा बढाइदिन्छ भने नशाहरुलाई पनि मोटो बनाउँछ । यो लिएपछि शरीरमा रक्तसञ्चार बढ्छ भने उत्तेजना बढाइदिन्छ । सन् १९८९ मा अमेरिकी औषधि निर्माता कम्पनी फाइजरको एक अनुसन्धान टोलीले एन्जाइनाको औषधिमा अनुसन्धान गरिरहेको थियो । एन्जाइना भनेको मुटुमा रगत आपूर्ति गर्ने नसाहरू साँघुरिने समस्या, जसले छाती दुख्ने र सास फेर्न गाह्रो हुने गर्दछ ।

फाइजरको अनुसन्धान टोलीले सिल्डेनाफिल नामक एक नयाँ यौगिक निर्माण गर्यो र केही पुरुषहरूमा परीक्षण गर्यो । परीक्षणका क्रममा सिल्डेनाफिलले मुटुको दुखाइ कम गरेन । यस्तोमा, फाइजरले यो अनुसन्धान परियोजनालाई टुङ्ग्याउने सोच बनाएको थियो । तर त्यही समयमा क्लिनिकल परिक्षणका सहभागी व्यक्तिले सिल्डेनाफिलको फरक प्रभाव उल्लेख गर्न थाले ।

वास्तवमा, परीक्षणमा भाग लिएका अधिकांश पुरुषहरूले तिनलाई नियमित दिइएको औषधिले उनीहरु उत्तेजित बनेको महसुस गरे । यसबाट फाइजरले मुटुमा रगतको प्रवाह गराउन बनाएको औषधिले नसामा रगत प्रवाह बढाएको पाइयो । भियाग्रामा हुने नाइट्रिक अक्साईडले लिंगको माँसपेसीलाई खुकुलो बनाएर तिनमा रगतको प्रभाव बढाउँछ ।

खासमा वैज्ञानिकहरुले शरीरमा नाईट्रिक अक्साईड रिलिज भएर मुटुको माँसपेसीमा रगतको वहाब बढ्ने आशा गरेका थिए । यी नतिजाहरू पछि, फाइजरले सिल्डेनाफिललाई इरेक्टाइल डिसफंक्शन उत्तेजित नहुने समस्या भोगिरहेका पुरुषहरुमा प्रयोग गर्न थाल्यो, जुन सफल भयो । परिणाम स्वरुप कम्पनीले सन् १९९६ मा यो औषधिको पेटेन्ट लियो र सन् १९९७ मा उसले अमेरिकाको औषधीलाई स्वीकृत गर्ने सस्था ‘युएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)’बाट प्रयोगका यसको आम प्रयोगको लागि आवेदन दियो ।

एफडीएले सन् १९८८ मार्च २७ मा मेडिकल प्रयोगको लागि सिल्डेनाफिल नामक औषधिलाई स्वीकृत गर्यो । सिल्डेनाफिलको ब्रान्ड नाम नै भियाग्रा हो । अप्रिल १९९८ बाट यो औषधि अमेरिकी मेडिकल स्टोरहरूबाट बिक्री सुरु भएको थियो । सन् १९९८ बाट अमेरिकाबाहिर युरोपमा यसको विक्री सुरु भएको थियो । यसको सुरुवातको दुई वर्ष भित्र, भियाग्राको वार्षिक आम्दानी एक अर्ब डलर नाघेको थियो ।

Advertisement

भर्खरको समाचार

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top