नस्ट्रडामसको भविष्यवाणी, ट्रम्प कि बाइडेन ?

२० वैशाख ,विराटनगर ।
अमेरिकामा राष्ट्रपति पदको चुनाव नजिकिदै गर्दा कडा प्रतिष्पर्धामा रहेका उमेद्वारहरु हालका राष्ट्रपति जो बाइडेन र पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमध्ये कसले बाजी मार्ला भन्नेमा यतिबेला अड्कल, अनुमान र भविष्यवाणी गर्नेहरुको लर्को छ । यसैबीच नस्ट्रडामस भनेर चिनिने एलन लिक्टम्यान अहिले निकै चर्चामा छन् ।

Advertisement

खासमा उनी विगत देखिनै राष्ट्रपति चुनावअघि भविष्यवाणी गर्दै आएका छन् । र उनको भविष्यवाणिहरु प्रायः मिल्दै पनि आएका छन् । अघिल्ला १० अमेरिकी राष्ट्रपति चुनावहरुमा उनको ९ भविष्यवाणि एकदम सही सावित भएको थियो, जसका कारण उनले एक अलग्गै पहचान समेत बनाएका छन् ।

यद्यपी लिक्टम्यानले यस पटक भने बाइडेन र ट्रम्पमध्ये कसले जित्छ भनेर भविष्यवाणी गरिसकेका छैनन । तर, राष्ट्रपतिको कार्यालयमा कसले कब्जा गर्छ, यसको सटीक भविष्यवाणी गर्नका लागि उनले एक मोडल पेश गरेका छन्, जसलाई उनी ’व्हाइट हाउसका लागि थर्टिन कि अर्थात १३ चाबी भन्छन् ।

Advertisement

ती चाबी वा बुँदाहरुमा सही वा गलत प्रश्नहरुको श्रृंखला, आर्थिक प्रदर्शन, सामाजिक स्थिरता र केही अदृश्य विश्वाससहित विभिन्न कारहरुको आकलन गरिने कुराहरु छन् । अब्राहम लिंकनको समयपछि ऐतिहासिक डाटाको सावधानीपूर्वक विश्लेषणका माध्यमबाट लिक्टम्यानले एक पूर्वानुमानित मोडल तयार गरेका छन, जो पारंपरिक चुनाव विशेषज्ञहरुद्वारा उपयोग गरिने खालका पारंपरिक तरीकाहरु भन्दा फरक छ ।

एलन लिक्टम्यानले भनेका छन्, ’मैले अहिलेसम्म अंतिम भविष्यवाणी गरेको छैन, तर मसंग व्हाइट हाउसका लागि १३ कि, चाबीहरुको एक मोडल छ, जसले १९८४ पछि देखिनै भविष्यवाणिहरुलाई सही साबित गर्दै आएको छ ।

Advertisement

१३ मा ६ वा अधिक चाबी, वा बुँदाहरु वर्तमान पार्टीविरुद्ध गयो भने उसको हार्ने भविष्यवाणी गरिन्छ । यदि ६ भन्दा कम छ भने उसले जित्ने भविष्यवाणी गरिन्छ । उनी भन्छन्, ’यो चुनावमा जो बाइडेन हार्नका लागि अझै धेरै कुराहरु गलत गर्नुपर्छ । बाइडेन अहिले मात्रै २ कि तल छन् ।

बाइडेनलाई डोनाल्ड ट्रंपले दोस्रो पटक चुनौती दिदै छन् । यस्तोमा लिक्टम्यानको भनाई छ कि बाइडनलाई चुनौती दिनेको बाटो सजिलो हुनेवाला छैन । लिक्टम्यानका अनुमान हरेक पटक सही साबित हुँदै आएको छ । यस्तोमा हरेक पटक मानिसकहरुको ध्यान पनि उनीमाथि नै टिकिरहन्छ ।

अहिले पनि मानिसहरु उनले कस्तो भविष्यवाणी गर्लान भन्नेमा उत्सुक छन् । आर्थिक मंदीका बीच रोनाल्ड रीगनले फेरि पनि चुनाव जीत्छन् भन्नेदेखि जर्ज एचडब्ल्यू बुशविरुद्ध बिल क्लिंटनको जीतसम्म लिक्टम्यानले सही भविष्यवाणि गरेका थिए ।

उनका १३ कि मा पार्टीको जनादेश, नामांकन प्रतियोगिता, सत्ता, थर्ड पार्टी फ्याक्टर, अल्पकालिक आर्थिक स्थिरता, दीर्घकालिन आर्थिक विकास, नीति परिवर्तन, सामाजिक स्थिरता, घोटाला मुक्त, विदेशी÷सैन्य दुर्घटनाहरु, विदेशी÷सैन्य जीत, वर्तमान आकर्षण, चुनौती दिने खालका अपील रहेका छन् ।

लिक्टम्यानको भविष्यवाणी सिंगो अमेरिकाबासीहरुले पर्खिरहँदा यता युक्रेनमा वारपारको युद्धमा होमिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि ट्रम्पकै अन्तिम आशा देखिएको छ ।

गत साता अमेरिकी कंग्रेसले अन्ततः आफ्नो ६ महिनाको गतिरोध तोड्दै युक्रेनका साथै इजरायल र ताइवानका लागि सैन्य सहायताको नयाँ प्याकेजलाई अनुमोदन गर्दा यो रुसका लागि अफसोचको समाचार बनेको छ ।

युरोपियन युनियनका नेताले हालै स्वीकृत गरेको ठूला सहायता प्याकेजबाहेक थप बढी सहयोग प्रदान गर्ने प्रतिबद्धता गरेको केही दिनपछि अमेरिकाले सो प्याकेज अनुमोदन गरेको हो । यस्तोमा पुटिन ट्रम्पले चुनाव जिते आफूलाई सहज हुने ठान्दछन् ।

यसै पनि ट्रम्पले पहिला नै आफू बाइडेनको ठाउँमा राष्ट्रपति भएको भए यो युद्धको नौबत नै नआउने दाबी गरिसकेका छन् । उनले कयौं पटक आफूले चुनाव जिते युद्ध रोकिने पनि बताउने गरेका छन् ।

यस्तोमा रुसको गोलाबारुद उत्पादन निरन्तर जारी रहेको र आगामी अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्प विजयी हुने र सत्तामा फर्किने सम्भावनाले गर्दा रुसले एक प्रकारको विजय हासिल गरिसकेको महसुस गरेको छ ।

तर, परिस्थिति फेरि एकपटक बदलिएको छ । कंग्रेसका रिपब्लिकन, जो अलगाववादी ट्रम्पका समर्थक र पुटिनलाई खुसी पार्न खोज्नेहरू थिए, ती युक्रेनले तुरुन्तै खोजिरहेको महत्वपूर्ण सहयोगलाई समर्थन गर्न डेमोक्य्राटसँगै उभिन पुगेका छन् ।

यस सन्दर्भमा रुसी सेना अगाडि बढिरहेका युद्धको अग्रपंक्तिमा गोलाबारुद र अन्य उपकरण पु¥याउन समय लाग्ने भए पनि तत्कालको राजनीतिक र मनोवैज्ञानिक प्रभाव निकै गहिरो हुनेछ ।  युक्रेनले आफ्नो रक्षा कायम राख्ने र यो वर्ष कुनै पनि ताजा रुसी आक्रमणलाई सामना गर्ने सम्भावना निकै बढेको छ ।

यसले अहिलेको समय पुटिनको पक्षमा छैन भन्ने पनि स्पष्ट झैं पारेको छ । तर, पुटिनका लागि आशाको किरण भने कायमै रहनेछ । क्रेमलिनले मार–ए–लागो रिसोर्टका मालिक डोनाल्ड ट्रम्पबाट मुक्तिको उत्सुकतापूर्वक आशा गर्नेछ ।

यस सन्दर्भमा एक रिपब्लिकनले कथित रूपमा ट्रम्पलाई ‘ओरेन्ज जिसस’समेत भनेका थिए । राष्ट्रपति कार्यालय ओभल अफिसमा ट्रम्पको सम्भावित पुनः प्रवेशले पुटिनले सुरु गरेको संकट समाधान हुन्छ कि हुँदैन भन्ने अनिश्चित छ । यद्यपि अहिलेका लागि रुसले युक्रेनमा आफूलाई असफलताको बाटोमा फेला पारेको विश्लेषण गर्न थालिएको छ ।

समग्रमा लिक्टम्यानले मिलाउँदै आएको भविष्यवाणी, उनले अहिले नै कसले जित्छ नभने पनि बाइडेन तर्फ सम्भावना बलियो रहेको संकेत, यता ट्रम्पले नै चुनाव जितेर आउने पुटिनको आशाबारे तपाईँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top