×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

१० खर्ब रेमिट्यान्स भित्रियो, विद्यार्थीले ९ खर्ब विदेश लगे

३० बैशाख २०८१

३० वैशाख , विराटनगर ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको आर्थिक अनुसन्धान विभागले आइतबार जारी गरेको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ ।

चालू आर्थिक वर्षको ९ महिनामा मुलुकमा १० खर्ब ८२ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर ८ अर्ब १५ करोड पुगेको छ ।

Advertisement
Advertisement

अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह बढेसँगै विदेशी मुद्राको सञ्चिति पनि १९ खर्ब नाघेको छ ।

चैत मसान्तसम्म यस्तो सञ्चिति १९ खर्ब ११ अर्ब ८६ करोड रूपैयाँ पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२.७ प्रतिशतले बढेर १४ अर्ब ३६ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २५.४ प्रतिशतले बढेर १६ खर्ब ८८ अर्ब २१ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड थियो त्यो बढेर चैत मसान्तमा २ खर्ब २३ अर्ब ६५ करोड रूपैयाँ कायम भएको छ ।

२०८० चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०÷८१ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यता चालू खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालू खाता १ अर्ब ३५ करोडले बचतमा रहेको छ ।

यस्तै अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोडले बचतमा रहेको थियो । पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आई ४ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ४८ करोडले धनात्मक रहेको छ ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो नौ महिनामा नेपाली विद्यार्थी विदेश पढ्न जाँदा करिब एक खर्ब रुपैयाँ विदेशिएको छ । नौ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार उक्त अवधिमा नेपाली पढ्नको लागि विदेश जाँदा ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको छ।

चालु आर्थिक वर्षको पहिलो नौ महिना अर्थात २०८० साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा नेपालीहरू विदेश जाँदा एक खर्ब ४३ अर्ब २२ करोड रुपैयाँ देशबाट बाहिरिएको छ ।

“समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४२.५ प्रतिशतले वृद्धि भई एक खर्ब ४३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ९५ अर्ब ८५ करोड रुपैयाँ रहेको छ,” राष्ट्र बैंकले भनेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९÷०८० को सोही अवधिमा नेपाली जाँदा एक खर्ब ५४ करोड रुपैयाँ बाहिरिएको थियो । गत आर्थिक वर्षको पहिलो नौ महिनामा नेपाली विद्यार्थी पढ्नको लागि विदेश जाँदा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपाल घुम्न आउने पर्यटकबाट देशले ६० अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष यस्तो आम्दानी ४० प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्ष २०७९÷०८० को पहिलो नौ महिनामा नेपालले पर्यटकबाट ४३ अर्ब १७ करोड रुपैयाँ कमाएको थियो ।चालु आर्थिक वर्ष २०८०÷८१ को ९ महिनामा शेयर धितो कर्जा बढेर ८६ अर्ब १८ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८० चैत्रसम्मको अवधिमा मार्जिन प्रकृतिको कर्जा बढेर १२.९ प्रतिशतले बढेर ८६ अर्ब १८ करोड ५० लाख पुगेको हो। २०८० असारमा यस्तो कर्जा ७६ अर्ब ३० करोड थियो।

राष्ट्र बैंकको तथ्यांक अनुसार १ करोड बढीको कर्जा ५२ अर्ब ६१ करोडको रहेको छ भने ५० लाख देखि १ करोडसम्मको कर्जा १२ अर्ब रहेको छ । त्यस्तै २५ लाखदेखि ५० लाखसम्मको कर्जा १४ अर्ब १८ करोड रहेको छ भने २५ लाख मुनिको कर्जा ७ अर्ब ३७ करोड मात्र रहेको छ ।

यस अवधिमा १ करोड माथिको कर्जा १७.७ प्रतिशतले बढेको देखिन्छ भने ५० लाख देखि १ करोडसम्मको कर्जा २ प्रतिशतले बढेको छ । तस्तै २५ देखि ५० लाखसम्मको कर्जा ११ प्रतिशत र २५ लाख भन्दा कमको कर्जा ४.९ प्रतिशतले बढेको छ ।

हाल ५० लाख भन्दा माथिको शेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार रहेको छ भने ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत कायम गरिएको छ ।

अर्थतन्त्रमा सुधार आउने अपेक्षा विपरित नेपालको आर्थिक अवस्था निकै असन्तुलित बनिरहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको प्रतिवेदनले देखाएको छ। कुल गार्हस्थ उत्पादन (जिडिपी) को आकार बढेर ५७ खर्ब रुपैयाँ पुगे पनि अर्थतन्त्रका मूल सूचकहरुमा चिन्ताजनक गिरावट देखिएको छ।

अर्थतन्त्रलाई औद्योगिक वर्गीकरण गरेर १८ वटा क्षेत्रमा बाँडेर गरिएको अनुसन्धानमा दुई वटा क्षेत्र, निर्माण र उद्योगमा ऋणात्मक वृद्धि देखिएको छ। सबैभन्दा चिन्ताको विषय चाहिँ निर्माण क्षेत्रमा आइरहेको गिरावट बनेको छ।

अर्थतन्त्रमा करिब तीन खर्ब रुपैयाँको योगदान दिने अनि १५ लाख मानिसलाई रोजगारीको अवसर दिने बताइएको निर्माण क्षेत्रमा मूल्य अभिवृद्धिको वृद्धिदर दुई प्रतिशत भन्दा धेरैले खस्किएको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक राष्ट्रिय लेखा अनुमानमा उल्लेख छ।

पछिल्लो समय नेपालमा महंगी घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको नयाँ तथ्यांक अनुसार मूल्य वृद्धि घटेको हो । पछिल्लो नौं महिनामा ३ दशमलव १५ प्रतिशत मूल्य वृद्धि घटेको हो ।

२०८० चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २२.६४ प्रतिशत, तरकारीको १६.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.९४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.१० प्रतिशतले घटेको छ ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार २०८० चैत महिनामा काठमाडौं उपत्यकाको मुल्य ४.०६ प्रतिशत, तराईको ४.८५ प्रतिशत, पहाडको ५.३३ प्रतिशत तथा हिमालको मुल्य ४.३२ प्रतिशतले बढेको छ ।

Advertisement

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कमा आधारित रहेर सार्वजनिक गरेको नेपालको तथ्यांकीय ऐनाबारे तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top