×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

समीक्षा प्रतिवेदनबारे के भन्छन् रवि लामिछाने ? मुकुल ढकाल रास्वपाको कारबाहीमा पर्लान् ?

१४ असार २०८१

१३ असार,विराटनगर।

पुराना दलहरुका पुराना अनुहारमात्रै होइन, शासन चलाउने पनि पुरानै तौरतरिका, सेटिंग र भागबण्डाको पुरानै राजनीति, कुशासन र भ्रष्टचारको पुरानै लहरो नतोडिने भएपछि जनताहरुले पछिल्ला संघ, प्रदेश र स्थानीय चुनावहरुमा केही नयाँ दल तथा अनुहारहरुलाई अवसर दिलाए । भारी मत दिएर चुनावमा जिताए ।

Advertisement
Advertisement

जनताले केही नयाँपनको आशा र देश बनाउँछन् भनेर विश्वास गरेका केही नयाँ दल र नेताहरुमा पर्छन् राष्ट्रिय स्वतन्त्र पार्टी र तिनका नेताहरु । रास्वपाको नेतृत्वकर्ता अर्थात सभापति रवि लामिछानेलाई त दुई दुई पटक चितवनका जनताले भारी मत दिए ।

भलै त्यतिबेला पनि उनीमाथि दुई दुई वटा नागरिकता र पासपोर्ट बोकेको आरोप लागेको थियो र अदालतले समेत त्यसलाई ठहर गरेपछि उनले पुनः नेपाली नागरिकता प्राप्ति गर्नुपरेको थियो । त्यसैको चक्करमा गृहमन्त्रालय समेत गुमाउनु परेको थियो ।

तर यसको बाबजुद त्यसपछि भएको उपचुनावमा पनि रविले मात्रै होइन अर्का नेता स्वर्णिम वाग्लेसमेतले भारी मत पाए । त्यसअघिको चुनावमा कतिपय खासै नाम नसुनिएका रास्वपाका नेताहरुले पनि राम्रो मत ल्याएर जिते ।

जसको जस दिएपनि नदिएपनि रास्वपा सभापति रविलाई नै जान्छ । पार्टी गठन भएको छोटो समयमै रास्वपाले लिएको उचाई र पाएको जनविश्वास देखाएको थियो । अनि रास्वपाका नेताहरुले भन्ने गरेका थिए, यो चुनावमा खासै जनतासम्म पुग्न सकिएको थिएन ।

पार्टी नै बन्न पाएको छैन । यतिसम्म कि चुनावमा लड्ने उमेद्वारसम्म पाउन सकिएको थिएन तर पनि सानदार परिणाम आयो । अब ८४ को चुनावमा त एकछत्र रास्वपा आउँछ, देश बनाउँछ ।

तर जसरी छोटो समयमा रास्वपाले उचाई लिएको थियो, त्यसरी नै यो ओरालो लाग्न थालेको भन्दै चिन्ता ब्यक्त गर्न थालिएको छ । र यो चिन्ता स्यवं रास्वपाकै नेताहरुले गर्न थालेका छन् ।

हालै रास्वापा महामन्त्री मुकुल ढकालले यस्तै चिन्ता व्यक्त गर्दै एउटा प्रतिवेदन सभापतिलाई बुझाएका छन् । यसले रास्वपाभित्रै भुईचालो जाने टिप्पणी गरिएको छ ।

किनभने महामन्त्री ढकालले नै आफूले पेश गरेको प्रतिवेदनले आफ्नो करियर नै ध्वस्त हुने र रास्वपा अहिले नै नसच्चिए पार्टी पनि नरहने वा साझाविवेकशिलको हालत हुने चेतवानी दिएपछि यसले पार्टीभित्र र बाहिर सनसनी मच्चाएको छ ।

यसैपनि सभापति रवि लामिछानेमाथि लागेका सहकारी, दोहोरो पासपोर्ट लगायतका आरोप र रास्वपाका अन्य नेताहरुसमेत सहकारी र अन्य विभिन्न काण्डहरुमा मुछिएको मात्रै होइन नयाँ केही गर्न आएको पार्टी पुरानै पार्टीको पिछलग्गु भयो भन्दै आलोचनाले घेरिएको छ।

जसरी गृहमन्त्री लामिछाने पछिल्लो समय ओली–प्रचण्डसंगको गोप्य मिटिंगहरुमा देखिन थालेका छन्, यसले पनि थुप्रै किसिमका आशंकाहरु बढाएको छ ।

पार्टीका केही नेताहरुले त खुलेरै सभापतिको रवैया र पार्टीले लिएको बाटो सही नभएको भन्दै सार्वजनिक अभिब्यक्ति पनि दिन थालेका छन् ।

यस्तोमा बुधबार दिउँसो महामन्त्री मुकुल ढकालको बयान र उनको प्रतिवेदनले अब रास्वपामा के होला भन्नेमा धेरैको ध्यान खिचेको छ । कतिपयले अब रास्वपाले महामन्त्रीलाई कारबाही गर्छसम्म भन्ने थालेका छन् ।

पार्टीकै केही नेताहरुले मुकुल ढकाललाई कारबाही गरिनुपर्ने बताएका छन् । पार्टी नेतृत्वमाझ छलफलै नगरी समीक्षा प्रतिवेदन मिडियालाई दिएको विषयमा उनीमाथि कारबाहीसमेत हुन सक्ने बताइएको छ ।

हुनत प्रतिवेदन बुझाउनुअघि नै ढकाल स्वयम्ले आफू कारबाहीमा पर्ने संकेत गरेका थिए । यद्यपि, बुधबार साँझ उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले आफ्नो पार्टी लोकतान्त्रिक विधिअनुसार चलेको भन्दै यसकै आधारमा कारबाही नगर्ने बताएका थिए ।

तर, उनी महामन्त्री ढकालले पहिल्यै प्रतिवेदन सार्वजनिक गरेको विषयमा रुष्ट रहेको बुझिएको छ । यता प्रतिवेदनमा ढकालले भने पार्टी बिरामी अवस्थामा रहेको र निको पार्न सामान्य सिटामोलले नभई शल्यक्रिया नै गर्नुपर्ने निचोड सुनाएका छन् ।

यति मात्र होइन, प्रदेश खारेजी र जनताबाट चुनिने प्रत्यक्ष कार्यकारीको पक्षमा उभिन पनि उनले सुझाएका छन् । प्रतिवेदनमा उनले अहिलेकै अवस्थामा चुनावमा गए पार्टीले निराशाजनक परिणाम पाउने पनि बताएका छन् ।

ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म एक महिना ३८ जिल्ला पुगेर पार्टीको अवस्थाबारे बुझेका थिए । ‘समीक्षा यात्रा’ नाम दिइएको युक्त अभियानका क्रममा ३८ जिल्लाका २ दुई हजार ७९ जनासँग दोहोरो अन्तर्क्रिरया गरी गरिएको ढकालले उल्लेख गरेका छन्।

ढकालले पेश गरेको प्रतिवेदनमा पार्टी अघि बढ्नै नसक्ने अवस्थामा पुगेको र यदि यस्तै अवस्था रहे अर्को चुनावसम्म राष्ट्रिय पार्टीसमेत बन्न नसक्ने गरी दुई–तीन सिटमा खुम्चिने दाबी छ ।

सभापति लामिछानेको कार्यशैली र उनीमाथि लागेका आरोपका कारण पार्टीको विस्तारभन्दा पनि खुम्चिने अवस्था बढ्दै गएको प्रतिवेदनमा उल्लेख भएको रास्वपाका एक नेताले बताएका छन् ।

ती नेताका अनुसार ढकालको प्रतिवेदनमार्फत रास्वपाभित्रको उकुसमुकुस विस्फोट भएको छ । उकुसमुकुस विस्फोट गराइँदा आफूमाथि कारबाही हुन सक्ने आंकलन ढकालले प्रतिवेदनको अग्रपृष्ठमै बुधबार उल्लेख गरेका छन् ।

सभापति लामिछानेप्रति इंगित गर्दै ढकालले आफूले गर्दै नगरेको कामको समेत जिम्मेवारी लिनुपरेको, जनतासमक्ष आफ्ना कुरा भन्नै नपाएको भनी दुखेसो गरेका छन्।

साथै, उनले प्रतिवेदन जस्ताकोत्यस्तै सार्वजनिक गरिदिएर आफूमाथि न्याय गरिदिन आग्रहसमेत गरेका छन् । उनले प्रतिवेदनमा भनेका छन्, ‘यसमा मेरोपनि व्यक्तिगत राजनीतिको सवाल छ । मैले गर्दैनगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो।

मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइनँ। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरापनि के छन्, त्यो जनताले थाहा पाउनुपर्छ। मेरोपनि राजनीतिक अधिकार हो। यो प्रतिवेदन ११.३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ।

यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ। ममाथि न्याय गरियोस् यो प्रतिवेदन जस्ताकोतस्तै सार्वजनिक गरियोस्।’ढकालले प्रतिवेदन बुझाउनुअघि नै मिडियामा यसरी बयान दिएपछि रवि र उनको समूह रुष्ट रहेको बुझिन्छ ।

यसबीच सभापति लामिछानेले महामन्त्री डा. मुकुल ढकालले पार्टीभित्र आफूविरुद्ध प्रहार हुनसक्ने भनी व्यक्त गरेको चिन्ताबारे सार्वजनिक प्रतिक्रिया दिएका छन् । आज बिहान पत्रकारले राखेको जिज्ञासामा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले महान्त्रीले व्यक्त गरेको चिन्ता आशंका मात्रै भएको जवाफ दिएका हुन् ।

यो विषयमा पत्रकारले ‘ममाथि प्रहार हुन्छ, म महामन्त्रीबाट हटाइन पनि सक्छु भनेर चिन्ता व्यक्त गर्नुभएको छ नि ढकालले’ भनी राखेको जिज्ञासा सभापति लामिछानेले भने, ‘वैचारिक रूपमा, कडा रूपमा प्रस्तुत हुँदाखेरि त्यस्तो होला कि भन्ने चिज हुन्छ नि, त्यस्तो हुँदैन।’

ढकालको डरको विपरित सभापतिले विचारकै कारण उनीमाथि कारबाही हुँदैन भन्नु सार्वजनिक खपतका लागि मात्रै पनि हुनसक्छ । वा यसैका कारण अब मुकुल ढकाल कारबाहीमा पर्छन् त्यो अबका दिनले देखाउने नै छ ।

तर यसबीच अर्का केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्रीलाई जवाफ दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्दै उनले आलोचना गर्दा घोक्र्याइँदैन भन्ने प्रमाण आफू नै भएको उल्लेख गरेका छन् ।

केन्द्रीय सदस्य कार्कीले रास्वपाले बेलाबेला लिने नीतिप्रति असहमति प्रकट गर्दै आएका छन् । उनले सरकारमा जाने सन्दर्भमा पनि फरक धारणा अघि सारेका थिए ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा प्रतिवेदनको गम्भीरताका साथ अध्ययन हुने बताएका छन्।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्ययनको आधारमा निष्कर्षहरू आइसकेपछाडि थप प्रतिक्रिया दिनु उपयुक्त हुने बताए।

उनले भने, ‘महामन्त्रीले प्रतिवेदन हिजो सभापतिलाई बुझाउनुभयो, इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर नै उहाँलाई खटाएको हो। उहाँ स्वेच्छाले भन्दा पनि पार्टीको नेतृत्वले नै केही भइरहेको छ कि ? केही समस्या छ कि भनेर पत्ता लगाउन खटाएको हो। उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भनेपछि स्वाभाविक रूपमा त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्छौँ।’

रास्वपाका महामन्त्रीले सभापतिलाई बुझाएको समीक्षा प्रतिवेदन, यसैकारण उनी कारबाहीमा पर्न सक्ने आँकलन, यसबारेमा सभापतिसहित रास्वपाका नेताहरुले गरेका टिप्पणीबारे तपाइँका धारणा पनि अवस्य व्यक्त गर्नुहोला ।

Advertisement
Advertisement

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top