१७ असार,एजेन्सी ।
फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनको पार्टी त्यहाँको संसदीय चुनावको पहिलो चरणमा पछाडि परेको छ । सीएनएन रिपोर्टका अनुसार मरिन ले पेनको दक्षिणपन्थी राष्ट्रिय ¥याली (आरएन) पार्टीले पहिलो चरणमा अग्रता बनाएको छ भने म्याक्रोनको पार्टी तेस्रो स्थानमा झरेको छ ।
प्रारम्भिक अनुमान अनुसार नेशनल ¥याली (आरएन) को नेतृत्वमा दक्षिणपन्थी गठबन्धनले ३४ प्रतिशत मतका साथ पहिलो स्थानमा छ, जबकि वाम गठबन्धनले २८.१ प्रतिशत मत पाएको छ भने म्याक्रोनको पार्टीले २०.३ प्रतिशत मात्र मत प्राप्त गरेको छ । सीएनएनको रिपोर्टका अनुसार अर्को आइतबार दोस्रो चरणको मतदानपछि आरएनले ५७७ सिट भएको नेशनल एसेम्बलीमा २३० देखि २८० सिट जित्न सक्ने अनुमान गरिएको छ, जुन पूर्ण बहुमतका लागि आवश्यक २८९ सिटभन्दा कम हो ।
त्यस्तै वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्ट (एनएफपी) ले १२५ देखि १६५ सिट जित्ने अपेक्षा गरिएको छ, जबकि म्याक्रोनको एन्सेम्बल र उनका सहयोगीहरूले ७० देखि १०० सिट जित्न सक्ने अनुमान गरिएको छ । योसँगै फ्रान्सको राजनीतिमा नेशनल र्यालीको दबदबालाई बढाउँदै सत्ताको नजिक पु¥याएको छ ।
प्रवासीविरोधी नेसनल ¥यालीका नेता मरिन ले पेनले राष्ट्रपति इम्यानुअल म्याक्रोको समूह पूरै समाप्त भएको र आफ्ना कार्यकर्ता खुसीले झुमेको बताएकी छन् । नेसनल ¥यालीका अर्का २८ वर्षीय नेता जोर्डन बार्डेलाले भनेका छन्, “यदि, फ्रान्सका मानिसले मलाई मत दिन्छन् भने म उनीहरूको प्रधानमन्त्री बन्न चाहन्छु ।”
फ्रान्सको राष्ट्रिय चुनावमा यसअघि कहिल्यै दक्षिणपन्थी पार्टीले पहिलो स्थान हासिल गरेको थिएन । मरिन ले पेन र जोर्डन बार्डेला फ्रान्सको ५७७ सदस्यीय संसद् नेसनल एसेम्बलीमा २८९ सिटका साथ बहुमत हासिल गर्न चाहन्छन् । दोस्रो चरणको निर्वाचनपछि नेसनल ¥यालीको सपना पूरा हुने अवस्था भने देखिएको छैन ।
फ्रान्समा कसैको पनि बहुमत नभएको त्रिशंकु अवस्था आउने देखिएको छ । यसले नेसनल ¥यालीले भनेजस्तै ट्याक्स कटौती र प्रवासीबारे आफ्नो कानुनी एजेन्डा लागू गर्न पाउने अवस्था छैन । राष्ट्रपति म्याक्रोँसामु चुनावको घोषणा गर्नुपर्नाको खास कुनै कारण थिएन । युरोपेली चुनावमा नेसनल ¥यालीलाई मिलेको जितपछि उनले भनेका थिए, “बहुत जवाफदेही समाधान छ ।
अब यो यस्तो जुवा साबित हुनेछ, जसले राजनीतिक उलटफेर गर्न सक्छ ।” यसपालिको चुनावमा सन् १९९७ पछि मतदानमा ज्यादा प्रतिशत मत खसेको जनाइएको छ । यस महिनाको सुरुमा, जुन ६ मा युरोपेली संसदको निर्वाचन भएको थियो । यस अवधिमा फ्रान्समा सबैभन्दा डरलाग्दो राजनीतिक परिस्थितिहरू थिए ।
यहाँ, फ्रान्सेली चरम दक्षिणपन्थी नेता मारिन ला पेनको राष्ट्रिय जुलुसले म्याक्रोनको पार्टीलाई ठूलो धक्का दिएको थियो । त्यसलगत्तै राष्ट्रपतिले अन्तिम नतिजा आउनुअघि नै अचानक नेसनल एसेम्बलीको चुनावको घोषणा गरेर सबैलाई चकित पारेका थिए । अब पहिलो चरणमा १२.५ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका उम्मेदवारले दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने छन् । दोस्रो चरणको मतदान जुलाई ७ मा हुने छ ।