Nepal Times
Nepal Times
3
Shares

पाकिस्तानको जग्गा विवादः अफगानिस्तानको हस्तक्षेप

पाकिस्तानको जग्गा विवादः अफगानिस्तानको हस्तक्षेप

१५ साउन , विराटनगर।

उत्तर पश्चिमी पाकिस्तानमा आदिवासी जनजातिहरूबीचको भूमि विवाद अहिले हिंसक द्वन्द्वमा परिणित भएको छ । जसमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ । पाकिस्तानमा आन्तरिक द्वन्द्व चलिरहेको अवस्थामा खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रको यो द्वन्द्व थप लामो र हिंसात्मक हुन सक्ने त्यहाँका अधिकारीहरूले नै चिन्ता व्यक्त गरेका छन् ।

पाकिस्तानको कुर्रम जिल्लाको सदरमुकाम पारा चिनारको बाहिरी इलाका, बुशहरा खैबर पख्तुनख्वा । जुन एक सामान्य पहाडी क्षेत्र जस्तै हो तर, यहाँ जमिनको एउटा टुक्रा छ, जसका लागि भएको लडाइँले अहिलेसम्म दर्जनौं मानिसको ज्यान लिइसकेको छ । बुशहराका दुई गाउँमा रहेका जनजातिबीच करिब १०० कनाल ९प्रतिकनाल ५,४०० वर्ग फुट० जग्गाको स्वामित्वमा विवाद छ ।

अधिकारीका अनुसार सुन्नी मुस्लिम मदागी र शिया माली खेल जनजातिहरू यस क्षेत्रमा लडिरहेका छन् । सो क्रममा बन्दुकधारीले कृषि भूमिको विवादमा गोली हानेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । एक सातादेखि सुरु भएको द्वन्द्वमा ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् ।

आइतबार राति भएको झडपमा थप आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार मारिनेहरूमध्ये ३५ जना शिया समुदायका छन् भने ८ जना सुन्नी समुदायका छन् । आइतबार बुशहरामा शव आदानप्रदान भएको थियो ।

जसमा सुन्नी जनजातिले ११ शव शिया जनजातिलाई बुझाएका थिए भने शिया जनजातिले सुन्नी जनजातिलाई तीन शव हस्तान्तरण गरे । कुर्रम जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मिर हसन जानकाअनुसार जुलाई २४ देखि सुरु भएको झडपका कारण अस्पतालमा मात्रै ३२ शव र २०० भन्दा बढी घाइतेहरूलाई ल्याइएको छ ।
पज।

६ दिनको द्वन्द्वपछि बुशहरामा दुई पक्षबीच शान्ति कायम भएको प्रशासनले जनाएको छ भने मोर्चहरू खाली गरी त्यहाँ प्रहरी र सेना परिचालन गरिएको छ । तर, जिल्लाका अन्य धेरै ठाउँमा जनजातिहरूबीच बारम्बार गोली हानाहान भइरहेको छ ।

कुर्रमको माथिल्लो भेग मकबल र तेरिमंगलमा शिया र सुन्नीबीच, मध्य कुर्रमको पाडा चमकानी र तल्लो कुर्रमको बालिश खेलमा अफगानिस्तानको सीमावर्ती क्षेत्रमा रातभर गोली हानाहान भइरहेको छ । यो त्यही जग्गाको टुक्रा हो, जुन हालैको द्वन्द्वको कारण बनेको छ ।

जुन विवादलाई लिएर गत वर्ष जुलाईमा कुर्रममा साम्प्रदायिक तनाव उत्पन्न भएको थियो, जसमा आधा दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । शान्ति समितिका सदस्य मलिक महमुद अली जानका अनुसार सय कनाल जग्गाको यो वर्षौ पुरानो विवाद गुलाब मिल्लीखेल र मडगी काले जातिबीच रहेको छ ।

गुलाब मिल्लीखेल शिया समुदायका हुन् भने मडगी काले सुन्नी समुदायका । अली जानका अनुसार यो विवादमा धेरै सशस्त्र द्वन्द्वहरू भइसकेका छन्, यस विषयमा धेरै जिर्गा ९विशेष परिषद्० पनि भएका छन् तर, अहिलेसम्म यो समस्या समाधान हुन सकेको छैन ।

गत वर्ष यस विषयमा भएको जिर्गामा मलिक महमूद अली आफै पनि सहभागी थिए । सन् २०२३ मा सशस्त्र द्वन्द्वपछि शान्ति हुँदा र त्यसपछि ठूला जिर्गा आयोजना भएपछि सहमति भएको उनी बताउँछन् । उक्त सम्झौतामा जग्गा विवाद समाधान गर्ने ‘भूमि आयोग’ले उक्त जग्गाको टुक्रा राजस्व विभागको कागजपत्रको सहयोगमा सबैले स्वीकार गर्ने निर्णय भएको थियो ।

यस्तो अवस्थामा जिर्गा चलिरह्यो र अन्ततः उक्त टुक्रा जग्गाको स्वामित्व गुलाब मिलिखेलको हुने निर्णय भयो । यो निर्णयपछि मुद्दा समाधान गर्न गुलाबमिल्ली खेलले एक वर्षसम्म उक्त जग्गा प्रयोग नगर्ने अर्को लिखित सहमति भयो ।

सम्झौता अनुसार यो अवधिमा तेस्रो पक्षले प्रयोग गरी गुलाबमिल्ली खेललाई भाडा तिर्नेछ भने एक वर्षपछि पुनः भाडामा दिने वा आफैं प्रयोग गर्ने भन्ने विकल्प गुलाबमिली खेलसँग हुनेछ । अलि जान भन्छन्, ‘हाम्रो इलाकामा दुई पक्षबीच विवाद हुँदा समाधान गर्नुपर्ने चलन छ, जग्गा सिधै वास्तविक मालिकलाई नभई तेस्रो पक्षलाई ठेक्कामा दिइन्छ ।

र, त्यो तेस्रो पक्षले सही व्यक्तिलाई अधिकार दिन्छ ।’ अलि जानका अनुसार यो विवादमा तेस्रो पक्षले पनि एक वर्षसम्म सो जग्गा प्रयोग गरी गुलाब मिल्ली खेललाई भाडामा दिएको थियो । अब एक वर्ष पूरा भएपछि यो जग्गा गुलाबमिली खेललाई दिनुपर्ने थियो तर, गुलाबमिली खेलले त्यो जग्गा मागेपछि फेरि झगडा सुरु भयो ।

‘सुरुमा दुई पक्षबीच झगडा सुरु भयो तर, स्थिति बढ्दै गएपछि यो आदिवासीबाट साम्प्रदायिक तनावमा पुग्यो ।’ उनले भने । उनले यो जग्गाको टुक्राको मात्रै विवाद नभएर पाँच–छवटा ठूला झगडा पनि रहेको बताए, जुन जहिले पनि गोत्र वा परिवारबाट बाहिर निस्केर साम्प्रदायिक द्वन्द्वको रूप लिन्छ ।

खैबर पख्तुनख्वाको आन्तरिक र जनजाति मामिला विभागको घोषणाअनुसार कुर्रममा आठ फरक भूमि विवादहरू चलिरहेका छन्, जसमध्ये अधिकांश स्वतन्त्रतापूर्व समयका हुन् । बुशहरामा गुलाब मिल्लीखेल र माडगी काले गाउँका बासिन्दाहरूले एकअर्कालाई झगडालाई उकासिएको आरोप लगाउँछन् ।

स्थानीयहरुका अनुसार सुरुमा बुसेहरा र गुलाब मिल्ली खेलबीच झगडा भएको ‘तर, भोलिपल्टै अहले सुन्नतको बाहुल्यता रहेको पारा चिनार वरपरका गाउँहरूबाट पारा चिनारको जनसंख्यामाथि आक्रमण सुरु भएको बताउँछन् ।

पाकिस्तान र अफगानिस्तानको सिमामा बसोबास गर्ने गाउँले पनि यस लडाइँमा भाग लिएका छन् । यस अवधिमा अहले सुन्नत जनजातिले सीमापारबाट पनि सहयोग गरिरहेको स्थानीयको आरोप छ । उनीहरुका अनुसार पारा चिनारलाई पारा चमकानी क्षेत्रले निशाना बनाएको थियो ।

पारा चमकनी उचाइमा अवस्थित छ र त्यहाँबाट पारा चिनारमा भारी हतियार प्रहार भएको थियो, जसका कारण बालबालिका र महिला पनि घाइते भएका थिए । पाडा चिनारको बाहिरी इलाकामा बस्ने स्थानीय भन्छन् ‘यस द्वन्द्वमा ठूला हतियार पनि प्रयोग गरिएको छ ।

यो दुई जनजातिबीचको द्वन्द्व होइन, दुई देशबीचको द्वन्द्व हो, जसमा रकेट लन्चर, मिसाइल र ठूला बन्दुकको प्रयोग भइरहेको छ ।’पाकिस्तानमा यो जमिनको विवाद थियो तर, दुर्भाग्य साम्प्रदायिक युद्धमा परिणत भएको छ । त्यसपछि सम्पूर्ण क्षेत्रमा दुवै सम्प्रदायका मानिसहरू एकअर्काविरूद्ध लड्न थाले भने अफगानिस्तानबाट पनि हस्तक्षेप जारी रह्यो ।

यसको कारण पाकिस्तान र अफगानिस्तानमा एकअर्काका आदिवासी आफन्तहरूसँगै बस्छन् । कुर्रमको सामाजिक सङ्गठन सुधार समितिका प्रमुख अताउल्लाहले जिर्गाका निर्णय र त्यसबाट भएका सहमति कार्यान्वयन गर्न सरकार असफल भएकोले यो विवाद बारम्बार उठ्ने गरेको बताउँछन् ।

उनका अनुसार ‘जग्गाको विवादलाई बेलाबेलामा साम्प्रदायिक रंग दिइन्छ, त्यसपछि जिर्गा हुन्छ, सहमति हुन्छ तर, ती सम्झौता कार्यान्वयन हुँदैनन् । ती सम्झौता कार्यान्वयन गर्ने र हकदार जनतालाई अधिकार उपलब्ध गराउने दायित्व सरकारको हो ।

तर, जब त्यसो हुँदैन, तब षड्यन्त्र हुन्छ र समस्या पनि आउँछ ।’ अब यो विवादले जुनसुकै बेला ठूलो युद्धको रूप लिन सक्ने चिन्ता पनि बढेको छ । यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.