धान बालीलाई फड्के कीराबाट कसरी जोगाउने ? कुन औषधि प्रयोग गर्ने ?

१७ असोज ८१, शुक्रबार

१८ असोज , विराटनगर ।

Advertisement

धानवालीमा लाग्ने फड्के कीरा धानको प्रमुख शत्रु हो । यसले धानको पात र पातको आधारमा रस चुसेर खाइ नोक्सानी गर्दछ। धानको फेदमा पानीको सतह माथि बसेको हुन्छ। यसको प्रकोप धेरै भएमा धान बालीलाई पुरै सखाप पार्न सक्दछ।

हरियो फडके, सेतो पिठ्यूँ भएको फड्के र खैरो फड्के गरी धानबालीमा तीन प्रकारका फड्के कीराले आक्रमण गर्दछन् । जसमध्ये विशेष गरेर माथि उल्लेखित फड्के कीरा मध्ये खैरो फड्के कीरा धानबालीमा समस्याको रुपमा आइरहेको छ।

Advertisement

वयस्क फड्के कीरा करीव ४ मि.मि लामो हन्छ र रङ्न खैरो हुन्छ। पोथी फड्केले पातको आधारमा हल्का पहेला रङ्गका अण्डाहरु झुण्डमा पार्दछ। बच्चाहरु कालो खेरो रङ्क र खरानी निलो आँखा भएका र पंख विहिन हुन्छन।यिनिहरु अत्यन्त खन्चुवा हुन्छन र फेदतिर बसेर चुसेर खान्छन।

यिनिहरुको मह जस्तो च्याप च्याप लाग्ने विष्टामा कालो ढुसी पनि लाग्ने गर्दछ। उपयुक्त तापक्रम ( २५ डिग्री सेल्सियस) भएको अवस्थामा यो कीराको अण्डावाट बच्चा फड्के कीरा हुन् ७–११ दिन लाग्छ भने बच्चा अवस्था १२–२० दिनको हुन्छ।  कीराको जीवनचक्र पुरा हुन १९–३१ दिन लाग्दछ। वयस्क फड्के १०–२५ दिन बाँच्छ।

Advertisement

फड्के कीराको प्रकोपको लक्षण :
यस कीराको वयस्क तथा बच्चा दुवैले पातको फेदवाट रस चुसेर खान्छन् । जसका कारण शुरूमा तल्ला पातहरु र पछि माथिल्ला पातहरू पहेला भएर जान्छन । यसको आक्रमण पछि लागेका बालाहरुमा नभरिएका वा फोस्रा दानाहरु हुन्छन र उत्पादनमा ह्रास आउँछ ।अत्याधिक आक्रमण भएको अवस्थामा परे धानका बोटहरु मर्छन जसलाई होपर बर्न (Hopper Burn) भनिन्छ। यस्तो लक्षण चक्ला चक्लामा देखिन्छ।

बढि आद्वता, खेतमा पानी, उष्ण वातावरण, फरक फरक समयमा रोपाइ समय भएको क्षेत्र , अत्याधिक युरिया मलको प्रयोगमा यस कीराको वृद्वि हुने हुनाले यसको र मित्र जीवहरुको धानको फेदमा र पानीको सतहमा हप्ता हप्तामा अवलोकन गरिरहनु पर्दछ।यस कीराले धानमा लाग्ने विभिन्न किसिमका भाइरसजन्य रोगहरु सार्ने माध्ययमको रुपमा पनि काम गर्दछ।

यस कीराको व्यवस्थापन विधिहरु यस प्रकार छन् ः–
१. धानवालीमा धेरै मित्र जीवहरु (जस्तैः माकुरा, स्री स्वाभावको खपटे, मिरिड वग आदि) ले यस कीराको संख्या कम गरी धानलाई क्षति हुनबाट बचाउँछन् ।

२. समय समयमा गोडमेल तथा सरसफाइ गरी कीराको वैकल्पिक अश्रय स्थल नष्ट गर्ने ।

३. पकेट क्षेत्रमा फरक फरक समयमा धानको रोपाइ नगर्ने । सकेसम्म एक दुई हप्ता भित्र सबै ठाउँमा रोपाइ सकाउने।

४. गाजको घनत्व कम गर्ने, धान रोप्ने समयमा २–३ वटा भन्दा बढी बेर्नाहरु लगाउनु हुँदैन ।

५. रासायनिक मलको सन्तुलित मात्रामा प्रयोग गर्ने। नाइटोजनयुक्त मल बढ़ी प्रयोग नगर्ने ।

६. वाक्लो रोपाइ नगर्ने। धानको बेर्ना कम्तिमा २०८२० से. मी को फरकमा मात्र रोप्ने ।

७. दुई–तिन पटक सम्म , खेतमा पानी एक हप्ता राखि त्यस पछि पानी निकास गर्ने र चार पाँच दिन खेत सुख्खा राख्ने गरी सिँचाइको व्यवस्था गर्ने ।

८. विपादीहरुको प्रयोगः

तलका मध्ये कुनै एक विपादी सुरक्षित तवरले सिफारिस मात्रामा प्रयोग गरेमा धान वालीमा लाग्ने फड़के कीरा नियन्त्रण गर्न सकिन्छ।

क) एजाडिराक्टिन ०.०३% इसी २ एम एल प्रते लिटर पानीमा ।

ख)एसीफेट ७५% एसपी २ एमएल प्रति लिटर पानीमा।

ग) बुप्रफेजिन २५४ एस सी १.५ एम एल प्रति लिटर पानीमा ।

घ) फिप्रोनिल ५४ एस सी २–३ एम एल प्रति लिटर पानीमा ।

ङ)इमिडाक्लोरोपिड १७.८ एस एल १ एम एल चार लिटर पानीमा।

छ) फ्लोनिकामिड ५०४ डव्लुपी १ ग्राम ३ लिटर पानीमा ।

छ) थायामोक्जाम २५% डव्लू पि १ ग्राम ५ लिटर पानीमा ।

नोटः कीराको संख्या हेरी १ हप्ताको फरकमा पुनः बिषादी छर्न सकिन्छ। विषादी छर्कदा विरुवाको फेदमा पर्ने गरेर छर्नु पर्दछ । धानवालीमा धानको बालामा दूध पसि सकेपछि विषादी प्रयोग गर्नु उपयुक्त हुँदैन ।

इस्तखार अंसारी : लेखक सुदुर पश्चिमाञ्चल विश्वविद्यालय, कृषि विज्ञान संकाय टीकापुर कैलालीका कृषि विद्यार्थी हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top