×

NEPAL TIMES UPDATES

Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026

‘मनसुन’ प्रणालीमा फेरबदलको कारण ‘जलवायु परिवर्तन’

२७ आश्विन २०८१

२७ असोज , काठमाण्डौ ।
जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको जलवायु विज्ञहरुले बताएका छन् । यही परिवर्तनका कारण नेपालमा पनि यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका छन् ।

जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलागरी बाहिरिनुलाई मनसुन प्रणलीमा भएको फेरबदल मान्छन् । जलवायु परिवर्तनको असरको रुपमा लिन सकिने प्रतिक्रिया दिएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको विश्लेषण छ ।

Advertisement
Advertisement

यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उनको जोड छ । उनले दिगो विकासको लागि जलवायुमैत्री विकासको अवधारणा कार्यन्वयन गर्न आवश्यक भएको बताए । “जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथामिकता दिन अपरिहार्य भएको छ,” ‘इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ प्रतिवेदन उद्धरण गर्दै उनले भने ।

यस्तै मौसमविद् विष्णु घिमिरे भने मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिन्छन् । जलवायु परिवर्तनको असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उनको पनि बुझाइ छ ।

यसै वर्षा याममा नेपालमा भएका घटनामध्ये ४ वटा मुख्य चरम मौसमी घटनालाई विज्ञहरूले उल्लेख गरेका छन् । जसमा एक रहेको छ :

१) असोज दोस्रो साताको भीषण वर्षा….

वर्षाअघि नै सरकारले ५६ जिल्लालाई ’रेड अलर्ट’ घोषणा गरेर विभिन्न सावधानी अपनाउन भन्दा भन्दै समेत ठूलो जनधनको क्षति हुनेगरी वर्षा भयो । जसक्रममा २०० भन्दा धेरै मानिसहरूको मृत्यु हुनुका साथै हजारौँ विस्थापित हुन पुगे ।

आवास, सडक, जलविद्युत्, कृषि सहितका क्षेत्रमा गरेर क्षतिको आकलन अर्बौँ रूपमा हुने आकलन अधिकारीहरूले गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुख प्राध्यापक दीपक अर्यालले यस वर्षालाई वर्षौँमा हुने खालको ’निकै ठूलो मौसमी प्रणाली’ हुँदा हुँदै पनि पूर्वानुमानले पहिल्यै त्यसको सफल आकलन गर्न सकेको टिप्पणी गर्छन् ।

काठमाडौंमा अभिलेख राख्न सुरु भएयताकै साढे पाँच दशकको सबैभन्दा धेरै वर्षा मापन भएको मौसम अधिकारीहरूले जनाएका थिए । काठमाडौंमा यसअघि २२ वर्षअघि सबैभन्दा उच्च वर्षा १७७ मिलिमिटर वर्षा भएकामा असोज दोस्रो साता २४० मिलिमिटर वर्षा भएको थियो ।

यो वर्षाका बेला नौ वटा मापन केन्द्रमा रेकर्ड तोडिएका थिए । सरकारले उक्त वर्षाका बेला रात्रीबस नचलाउन भन्दै पूर्वसूचना जारी गरे तापनि त्यो पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा क्षतिहरू बढेको टिप्पणी भएका छन् । अर्को छ,

२) कञ्चनपुरको भारी वर्षा….
कञ्चनपुर जिल्लाका विभिन्न ठाउँमा २०८१ साल असार २३ गते राति भएको वर्षाले हालसम्मका सबै रेकर्ड तोडेको अधिकारीहरूले बताएका छन् । उक्त जिल्लाको दोधारा, हनुमान नगर र सुन्दरपुर मापन केन्द्रमा गरिएको वर्षा नेपालको हालसम्मकै सर्वाधिक रहेको सरकारी रेकर्ड छ ।

त्यहाँ चौबीस घण्टाको अन्तरालमा दोधारामा ६२४ मिलिमिटर, हनुमान नगरमा ५७३.६ मिलिमिटर र सुन्दरपुरमा ५५६.४ मिलिमिटर वर्षा भएको थियो । यसअघि २०७४ साल साउन २९ गते हेटौँडा मापन केन्द्रमा मापन गरिएको ५१६.२ मिलिमिटर वर्षा नेपालमा विवरण राख्न थालिए यताकै सर्वाधिक थियो ।

“क्लाउडबर्स्ट भनिने आरीले घोप्टाएको जस्तो पानी पर्ने अवस्था त्यही नै हो जसलाई हामीले तराई क्लाउडबर्स्ट नाम दिएका छौँ,” मौसमविद् भन्छन्, “बालीनालीमा त्यस्तो वर्षाको असर निकै नै ठूलो हुन्छ । अन्य जनधनको क्षति त छँदै छ।”

विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेल कञ्चनपुरको वर्षाले विपद् तयारीलाई समेत थप सम्भावित जोखिमको तह हेरेर काम गर्नुपर्ने चेतावनी दिएको बताउँछिन्। “जलवायु परिवर्तनको असर अब चरम रूपमै देखिन थालिसकेको अवस्थामा अब त्यसबारे अझ अगाडि बढेर सोच्नुपर्ने अवस्था आएको छ।” यस्तै अर्को छ,

३) सिमलताल बस दुर्घटना….
वर्षाजन्य प्रकोपका रूपमा एउटै घटनामा सर्वाधिक सङ्ख्यामा मानिसहरूले ज्यान गुमाएको घटनाका रूपमा नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा दुई वटा बस खसेको घटनालाई हेरिएको छ ।

ती बसमा ६२ जना चढेको बताइएकोमा तीन जना बच्न सफल भएका थिए भने कैयौँको अवस्था अझै अज्ञात छ र बस समेत फेला परेको छैन । मौसमविद् सरोज पुडासैनी असार २८ गते सबेरै भएको उक्त घटनाको सम्बन्ध त्यसको झन्डै एक साताअघिबाट खोतल्नुपर्ने बताउँछन् ।

“त्यसअघि असार २१ देखि २३ बीचमा त्यसभेगमा भारी र अति भारी वर्षा हुँदा त्यस ठाउँको माटो पर्याप्त रूपमा भिजेर पछि थोरै पानी पर्दा पनि चलायमान बनेको हुनसक्छ,” उनी भन्छन् ।

उक्त घटनाको अध्ययन गरेको एक कार्यदलले राजमार्गमाथि ’वातावरणीय पक्षमा ध्यान नदिई’ ग्रामीण सडक बनाइनु र सडकमा ’एकीकृत सूचना प्रणाली प्रयोगमा नरहनु’ त्यसको मुख्य कारण भएको देखाएको छ । अनि अर्को छ,

४) थामेमा हिमपहिरो फुटेको….

सोलुखुम्बु जिल्लाको थामे गाउँमा साउन अन्तिममा गाउँभन्दा माथि रहेका दुई साना हिमताल फुटेर अकस्मात् बाढी आयो । दिउँसोमा घटना भएकाले मानवीय क्षति नभए तापनि करोडौँ रुपैयाँ बराबरका पूर्वाधारमा क्षति पुग्यो ।

त्यस लगत्तै धौलागिरि हिमालको आइसफलबाट आएको हिमपहिरोले बोक्सी खोला थुनिँदा तल्लो तटीय क्षेत्रमा त्रास सिर्जना भयो । यद्यपि १३ घण्टापछि नदीले आफ्नो लय समातेपछि त्यसले उग्र रूप लिन पाएन ।

मौसमविद् सरोज पुडासैनी मनसुन प्रणाली माथिल्लो भेगतर्फ सर्ने अवस्थामा त्यसको आकार सानो भए पनि असर ठूलो हुनसक्ने चिन्ता हुने बताउँछन् । “तराईमा एक सय मिलिमिटर पानी पर्दा ठूलो बाढी पहिरो आइहाल्दैन, हिमालमा ५० मिलिमिटर नै वर्षा भए पनि त्यसले ठूलो असर निम्त्याउँछ, विगतमा मुस्ताङको बाढीमा हामीले त्यस्तो प्रभाव देखेका छौँ,” उनी भन्छन् ।

Advertisement

वसन्तराज अधिकारीजस्ता भूगर्भशास्त्रीहरू सानै हिमतालले समेत ठूलो जोखिम निम्त्याउने ’चेतावनी’ दिएको अवस्थामा अब ती क्षेत्रमा भूउपग्रहबाट प्राप्त हुने विवरणमा मात्र भर नपरेर थप ध्यान दिनुपर्ने देखिएको बताउँछन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top