NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध मङ्लबार मंसिर २ , २०८२
प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ? मङ्लबार मंसिर २ , २०८२
महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा मङ्लबार मंसिर २ , २०८२
Next
Prev

समाचार

‘मनसुन’ प्रणालीमा फेरबदलको कारण ‘जलवायु परिवर्तन’

आइतवार अशोज २७ , २०८१
Reading Time: 1 min read
A A
आज साँझदेखि मौसम थप सक्रिय, सतर्क रहन आग्रह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ असोज , काठमाण्डौ ।
जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको जलवायु विज्ञहरुले बताएका छन् । यही परिवर्तनका कारण नेपालमा पनि यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका छन् ।

जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलागरी बाहिरिनुलाई मनसुन प्रणलीमा भएको फेरबदल मान्छन् । जलवायु परिवर्तनको असरको रुपमा लिन सकिने प्रतिक्रिया दिएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको विश्लेषण छ ।

यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उनको जोड छ । उनले दिगो विकासको लागि जलवायुमैत्री विकासको अवधारणा कार्यन्वयन गर्न आवश्यक भएको बताए । “जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथामिकता दिन अपरिहार्य भएको छ,” ‘इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ प्रतिवेदन उद्धरण गर्दै उनले भने ।

यस्तै मौसमविद् विष्णु घिमिरे भने मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिन्छन् । जलवायु परिवर्तनको असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उनको पनि बुझाइ छ ।

यसै वर्षा याममा नेपालमा भएका घटनामध्ये ४ वटा मुख्य चरम मौसमी घटनालाई विज्ञहरूले उल्लेख गरेका छन् । जसमा एक रहेको छ :

१) असोज दोस्रो साताको भीषण वर्षा….

वर्षाअघि नै सरकारले ५६ जिल्लालाई ’रेड अलर्ट’ घोषणा गरेर विभिन्न सावधानी अपनाउन भन्दा भन्दै समेत ठूलो जनधनको क्षति हुनेगरी वर्षा भयो । जसक्रममा २०० भन्दा धेरै मानिसहरूको मृत्यु हुनुका साथै हजारौँ विस्थापित हुन पुगे ।

आवास, सडक, जलविद्युत्, कृषि सहितका क्षेत्रमा गरेर क्षतिको आकलन अर्बौँ रूपमा हुने आकलन अधिकारीहरूले गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुख प्राध्यापक दीपक अर्यालले यस वर्षालाई वर्षौँमा हुने खालको ’निकै ठूलो मौसमी प्रणाली’ हुँदा हुँदै पनि पूर्वानुमानले पहिल्यै त्यसको सफल आकलन गर्न सकेको टिप्पणी गर्छन् ।

काठमाडौंमा अभिलेख राख्न सुरु भएयताकै साढे पाँच दशकको सबैभन्दा धेरै वर्षा मापन भएको मौसम अधिकारीहरूले जनाएका थिए । काठमाडौंमा यसअघि २२ वर्षअघि सबैभन्दा उच्च वर्षा १७७ मिलिमिटर वर्षा भएकामा असोज दोस्रो साता २४० मिलिमिटर वर्षा भएको थियो ।

यो वर्षाका बेला नौ वटा मापन केन्द्रमा रेकर्ड तोडिएका थिए । सरकारले उक्त वर्षाका बेला रात्रीबस नचलाउन भन्दै पूर्वसूचना जारी गरे तापनि त्यो पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा क्षतिहरू बढेको टिप्पणी भएका छन् । अर्को छ,

२) कञ्चनपुरको भारी वर्षा….
कञ्चनपुर जिल्लाका विभिन्न ठाउँमा २०८१ साल असार २३ गते राति भएको वर्षाले हालसम्मका सबै रेकर्ड तोडेको अधिकारीहरूले बताएका छन् । उक्त जिल्लाको दोधारा, हनुमान नगर र सुन्दरपुर मापन केन्द्रमा गरिएको वर्षा नेपालको हालसम्मकै सर्वाधिक रहेको सरकारी रेकर्ड छ ।

त्यहाँ चौबीस घण्टाको अन्तरालमा दोधारामा ६२४ मिलिमिटर, हनुमान नगरमा ५७३.६ मिलिमिटर र सुन्दरपुरमा ५५६.४ मिलिमिटर वर्षा भएको थियो । यसअघि २०७४ साल साउन २९ गते हेटौँडा मापन केन्द्रमा मापन गरिएको ५१६.२ मिलिमिटर वर्षा नेपालमा विवरण राख्न थालिए यताकै सर्वाधिक थियो ।

“क्लाउडबर्स्ट भनिने आरीले घोप्टाएको जस्तो पानी पर्ने अवस्था त्यही नै हो जसलाई हामीले तराई क्लाउडबर्स्ट नाम दिएका छौँ,” मौसमविद् भन्छन्, “बालीनालीमा त्यस्तो वर्षाको असर निकै नै ठूलो हुन्छ । अन्य जनधनको क्षति त छँदै छ।”

विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेल कञ्चनपुरको वर्षाले विपद् तयारीलाई समेत थप सम्भावित जोखिमको तह हेरेर काम गर्नुपर्ने चेतावनी दिएको बताउँछिन्। “जलवायु परिवर्तनको असर अब चरम रूपमै देखिन थालिसकेको अवस्थामा अब त्यसबारे अझ अगाडि बढेर सोच्नुपर्ने अवस्था आएको छ।” यस्तै अर्को छ,

३) सिमलताल बस दुर्घटना….
वर्षाजन्य प्रकोपका रूपमा एउटै घटनामा सर्वाधिक सङ्ख्यामा मानिसहरूले ज्यान गुमाएको घटनाका रूपमा नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा दुई वटा बस खसेको घटनालाई हेरिएको छ ।

ती बसमा ६२ जना चढेको बताइएकोमा तीन जना बच्न सफल भएका थिए भने कैयौँको अवस्था अझै अज्ञात छ र बस समेत फेला परेको छैन । मौसमविद् सरोज पुडासैनी असार २८ गते सबेरै भएको उक्त घटनाको सम्बन्ध त्यसको झन्डै एक साताअघिबाट खोतल्नुपर्ने बताउँछन् ।

“त्यसअघि असार २१ देखि २३ बीचमा त्यसभेगमा भारी र अति भारी वर्षा हुँदा त्यस ठाउँको माटो पर्याप्त रूपमा भिजेर पछि थोरै पानी पर्दा पनि चलायमान बनेको हुनसक्छ,” उनी भन्छन् ।

उक्त घटनाको अध्ययन गरेको एक कार्यदलले राजमार्गमाथि ’वातावरणीय पक्षमा ध्यान नदिई’ ग्रामीण सडक बनाइनु र सडकमा ’एकीकृत सूचना प्रणाली प्रयोगमा नरहनु’ त्यसको मुख्य कारण भएको देखाएको छ । अनि अर्को छ,

४) थामेमा हिमपहिरो फुटेको….

सोलुखुम्बु जिल्लाको थामे गाउँमा साउन अन्तिममा गाउँभन्दा माथि रहेका दुई साना हिमताल फुटेर अकस्मात् बाढी आयो । दिउँसोमा घटना भएकाले मानवीय क्षति नभए तापनि करोडौँ रुपैयाँ बराबरका पूर्वाधारमा क्षति पुग्यो ।

त्यस लगत्तै धौलागिरि हिमालको आइसफलबाट आएको हिमपहिरोले बोक्सी खोला थुनिँदा तल्लो तटीय क्षेत्रमा त्रास सिर्जना भयो । यद्यपि १३ घण्टापछि नदीले आफ्नो लय समातेपछि त्यसले उग्र रूप लिन पाएन ।

मौसमविद् सरोज पुडासैनी मनसुन प्रणाली माथिल्लो भेगतर्फ सर्ने अवस्थामा त्यसको आकार सानो भए पनि असर ठूलो हुनसक्ने चिन्ता हुने बताउँछन् । “तराईमा एक सय मिलिमिटर पानी पर्दा ठूलो बाढी पहिरो आइहाल्दैन, हिमालमा ५० मिलिमिटर नै वर्षा भए पनि त्यसले ठूलो असर निम्त्याउँछ, विगतमा मुस्ताङको बाढीमा हामीले त्यस्तो प्रभाव देखेका छौँ,” उनी भन्छन् ।

वसन्तराज अधिकारीजस्ता भूगर्भशास्त्रीहरू सानै हिमतालले समेत ठूलो जोखिम निम्त्याउने ’चेतावनी’ दिएको अवस्थामा अब ती क्षेत्रमा भूउपग्रहबाट प्राप्त हुने विवरणमा मात्र भर नपरेर थप ध्यान दिनुपर्ने देखिएको बताउँछन् ।

Tags: #‘मनसुन’ प्रणाली#‘मनसुन’ प्रणालीमा फेरबदल#जलवायु परिवर्तन

लोकप्रीय

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ

मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२

विचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ

मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२

थप समाचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ

मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग
Breaking news

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध
खेलकुद

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ

मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.