Nepal Times
Nepal Times
3
Shares

एसिया कप क्रिकेटको उपाधि भारतलाई,बंगलादेश पराजित

एसिया कप क्रिकेटको उपाधि भारतलाई,बंगलादेश पराजित

एजेन्सी,असोज १३
भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशलाई ३ विकेटले हराउँदै भारतले एसिया कप उपाधि जितेको हो ।

बंगलादेशले दिएको २ सय २३ रनको लक्ष्य भारतले ७ विकेटको क्षेतिमा पुरा गरेको थियो । दबाबका बीच भारतले खेल आफ्नो पक्षमा पारेको थियो । टोलीका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । केदार जाधाव २३ र कुलदिप यादव ५ रनमा अविजित रहे ।

त्यस्तै दीनेश कात्र्तिकले ३७, महेन्द्र सिंह धोनीले ३६, रविन्द्र जडेजाले २३, भुवनेश्वर कुमार २१ रन जोडे । त्यस्तै शिखर धवनले १५ रन जोडे ।बंगालादेशका मुस्ताफिजुर रहमान, रुवेल हसनले समान २ तथा नाजमुल इस्लाम, मुर्सफे मुर्तजा र महमुदुल्लाले समान १ विकेट लिएका थिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले ओपनर लिटन दासको शतकको सहयोगमा ४८ ओभर ३ बलमा अल आउट हुदैँ मात्र २ सय २२ रन बनाउन सक्यो । बंगलादेशका लागि ओपनर दास र मेहन्दी हसन मिराजले २१ ओभरमा १ सय २० रनको साझेदारी गर्दै विशाल योगफल तर्फ डोर्याउने संकेत देखाएका थिए ।

२१ औँ ओभरमा केधार जादवको बलमा आंबित रायूडुले क्याच लिदैँ मिराजलाई ३२ रन पेभिलिएन फर्काएपछि भारत खेलमा फर्किएको थियो । मिराज आउट भएपछि बंगलादेशको विकेट पतन निरन्तर जारी रह्यो । सौम्य सरकार बाहेक अन्य कुनै पनि मिडिल अडरका ब्याटसम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । त्यसकारण बंगलादेश २ सय २२ रनमा अल आउट हुन पुगेको हो ।

२१ ओभरमा १२० – १ को स्थितिमा रहेको बंगलादेश ३३ ओभरमा पुग्दा १५१–५ को स्थितिमा पुगेको थियो । छैटौ विकेटका लागि सौम्य सरकार र दासले ३७ रनको साझेदारी गर्दै बंगलादेशकोे संकट टार्ने काम गरेका थिए । दास भारतीय बलर सामु खुलेर खेलेपनि ४१ औँ ओभरमा कुलदिप यादवको बलमा विकेट किपर महेन्द्र सिंह धोनीको स्टिम्पिङ आउटको शिकार बने ।

दासले १ सय १७ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै १ सय २१ रनमा पेभिलिएन फर्किए । सरकारले भारतीय बलरको डटेर सामना गरे तर अन्य ब्याटम्यानको साथ पाएनन् । उनले ४५ बलमा समान १ चौका र छक्का प्रहार गर्दै ३३ रनमा रन आउटको शिकार बने । बंगलादेशका अन्य कुनै पनि ब्याटम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । बंगलादेशका ८ ब्याटम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशका लागि नाजमुल इस्लाम ७, मोहमम्द मिथुन २, मुश्फिकर रहिम ५,महामुदुल्लाह ४,मशरफी मुर्तजा ७,इमरुल कायेस २ रनमा पेभिलिएन फर्किए । भारतका लागि कुलदीप यादवले ३, केधार जाधव २ र युजवेन्द्र चाहल र जसप्रित बुमराहले समान १ विकेट लिए । भारतको यो सातौं एसिया कप उपाधि हो । श्रीलंकाले ५ र पाकिस्तानले २ पटक एसिया कप जितेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.