Nepal Times
Nepal Times
3
Shares

यू–१९ एसिया कप : नेपालले भोली अफगानिस्तानको सामना गर्ने

यू–१९ एसिया कप : नेपालले भोली अफगानिस्तानको सामना गर्ने

एजेन्सी,असोज १४
बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा सोमबार नेपालले दोस्रो खेल अफगानिस्तानसँग खेल्ने छ । खेल नेपाली समय अनुसार बिहान ८ स् ४५ बजे बाट सुरु हुने छ ।

पहिलो खेलमा भारतसँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको नेपाललाई अघिल्लो चरणको आशा जिवित राख्नको लागि अफगानिस्तानसँगको खेल महत्वपूर्ण हुनेछ ।

अफगानिस्तानलाई हराउन सके नेपाल अघि बढ्नेछ भने पराजित भए समुह चरणबाटै घर फर्कने सम्भावना रहन्छ ।
अफगानिस्तानले पहिलो खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै अघिल्लो चरणको संभावना बलियो बनाएको छ । भारतले दोस्रो खेलमा आइतबार युएईलाई २ सय २७ रनले पराजित गर्दै सेमिफाइनल लगभग पक्का जस्तै गरिसकेको छ ।

नेपालले अन्तिम खेल मंगलबार युएईसँग खेल्दा अफगानिस्तानले भारतसँग खेल्ने छ । युएई भने सुरुवाती दुई खेलमा पराजित हुदैँ एक खेल अगाडीनै समुह चरणबाटै बाहिरि सकेको छ ।

नेपाल रहेको समुहबाट शिष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । गत संकरणमा भारतलाई १९ रनले पराजित गर्दै नेपाल सेमिफाइनमा पुगेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.