×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

५२ लाख विद्यार्थीको व्यथा बोकेको खुला पत्र

२ बैशाख २०८२

२ वैशाख , काठमाण्डौ ।

गुरु धेरै पटक सोचे, यो पत्र लेखौं या नलेखौ ? तर मनले मानेन् । अन्तिममा गुरुलाई नै आग्रह गर्न वाध्य भए । गुरु अब हामीले कहाँ पढ्ने ?हाम्रो विद्यालय कहिले खुल्छ ? हाम्रो भर्ना कहिले हुन्छ ?हाम्रा पुस्तक कहिले आँउछन् ? यस्ता धेरै प्रश्नले यति बेला म मात्र हैन देशका लाखौं विद्यार्थीहरुलाई बेचैन बनाएको छ ।

Advertisement
Advertisement

सधै कक्षा कोठामा हामीलाई प्रश्न गर्ने गुरुलाई आज विद्यार्थीहरु नै प्रश्न गर्न वाध्य भएका छन् । यो अवस्था कसरी आइपुग्यो यसको जिम्मा कसले लिन्छन् ?यो देशमा तीन वटा सरकार छन् भनेर गुरुले कक्षा कोठामा पढाउनु भएको थियो ।

वास्तवमा गुरुले पढाएको सत्य हुन्छ भन्ने लाग्थ्यो । तर अहिले त लाग्छ यो देशमा तीन वटा हैन् एउटा पनि सरकार छैन् । १५ दिन देखि शिक्षकहरु काठमाण्डौंका सडकमा टर्चलाइट बालेर सरकार खोजिरहेका छन् । तर सरकार भेटिएको छैन् अनि गुरुले तीन वटा सरकार छन् भनेर पढाएको कसरी पत्याउनु ?

हाम्री साथी निर्मलाको हत्यारा नभेटिए जस्तै तपाईहरुले पनि सरकार भेट्नु हुन्न गुरु त्यसैले अब विद्यालय फर्कनुहोस् । तपाईले गाउँ छोडे संगै हामीहरुले पनि किताव कलम छोडेका छौं । विहान विद्यालय जाने बेलामा गाई चराउन जङगल जानु र बेलुका घर फर्कनु म मजस्ता हजारौं बालबालिकाको दिनचर्या बनेको छ ।

विद्यालयमा पाले दाईले लगाएको तालामा खिया लागिसकेको छ । छिमेकी काकाको छोरा हाम्रो विद्यालय छोडेर बोडिङ स्कुलमा भर्ना भएको छ । काकाले अस्ति भखर्रै दुहुना भैंसी बेचेर कमललाई बोडिङमा भर्ना गर्नुभयो ।

साँची गुरु तपाईको छोराको बोडिङ स्कुलपनि लागिसक्यो । सरकारी विद्यालयमा ताला लागेपछि बोडिङ स्कुलहरुमा दशै आएजस्तै तामझामका साथ भर्ना अभियान चलिरहेका छन् ।

छिमेकका सबैले नयाँ बोडिङको ड्रेस अनि नयाँ झोला बोकेर स्कुल जादा म चाँही हातमा लठ्ठ्ी बोकेर गोठालो गइरहेको छु । मलाई पनि त धेरै पढेर डाक्टर, इन्जिनियर मात्र हैन् यो देशलाई साँचीकै सुधार गर्ने समाजको एक असल ब्यक्ति बन्ने इच्छा छ ।

यदि तपाई यसरी विद्यालयमा हाम्रो भर्ना समेत बन्द गरेर सडक आन्दोलनमै रहिरहनु हुन्छ भने हामीले कस्तो शिक्षा पाउँछौं गुरु ? के तपाईहरुले फेरि पनि अहिलेकै नेता जस्तै नेता हामीलाई पनि बनाउन खोज्नु भएको हो ?घरमा बाआमा पनि चिन्ताले गुरुको मात्र कुरा गर्नु हुन्छ ।

गुरु अब फर्कनु होस् तपाईहरुको माग जायज त छन् तर यो श्रवणशक्ति नै गुमाएको सरकारले पूरा गर्दैन् । बरु मेरो बाले मलाई बोडिङमा भर्ना गर्न सक्लान् तर यो सरकारले तपाईहरुका माग पूरा गर्न सक्दैन । त्यसैले जसरी भएपनि चाडै फर्कनु ल गुरु ।

पोहोर साल भएको एउटा गैरी खेत बेचेर दाजुलाई बाले विदेश पठाउनु भयो । भएको एउटा दुहुना गाई बेचेर आमाको उपचार गराउनु भयो । मेरा बा ले मलाई कुनैपनि हालतमा बोडिङ स्कुलमा भर्ना गर्न सक्नु हुन्न गुरु । त्यसैले मेरो बिन्ती छ ,तपाई जसरी भएपनि चाडै फर्कनु होस् ।

तपाईले नै हैन् कक्षामा गुरु भनेका भगवान हुन् भनेको ?त्यसैले आफ्ना प्यारा विद्यार्थी र अभिभावकका आँखाबाट झरेका आँशु पुस्नका लागि भए पनि तपाई विद्यालय फर्कनु पर्छ । बरु अहिले तपाईहरु फर्कनु होस् । स्कुलमा म जस्ता गरिव बाआमाका छोराछोरीको भर्ना गरि दिनुहोस ।

अनि यस पटकको बर्खे विदामा शिक्षक र विद्यार्थी सँगै गएर सिंहदरवार घेरौंला अनि सरकारलाई घँुडा टेकाउँला । तर अहिले चाँही फर्कनु होस ल गुरु । उही तपाईको प्यारो विद्यार्थी मनोज । यो पिडा एउटा गरिव विद्यार्थी मनोजको मात्र हैन यसले लाखौं मनोजका भावनाहरुलाई बोकेको छ ।

नेपालमा हाल करिब २७ हजार ९९० वटा सरकारी (सामुदायिक) विद्यालयहरू सञ्चालनमा छन्। यी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको संख्या करिब ५२ लाख ७० हजार रहेको अनुमान छ । देशभरका शिक्षकहरु १५ दिनदेखि काठमाडौँका सडकमा आन्दोलन गरिरहेका छन् ।तर सरकारको कानमा वतास लागेको छैन् ।

शिक्षकहरूले वृत्तिविकास, सेवा सुरक्षा र समग्र शैक्षिक गुणस्तर सुधार लगायतका विषय मेटिएको कानून माग गरिरहेका छन् । आन्दोलनरत शिक्षकहरूले अस्थायी शिक्षकको स्थायीकरण, राहत शिक्षकको दरबन्दी व्यवस्थापन, विद्यालय कर्मचारीको स्थायित्व, प्रारम्भिक बालशिक्षाको व्यवस्थित प्रावधान, कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयन, शिक्षकको पेन्सन र तलबमानमा सुधार लगायतका माग राखेका छन् ।

यस्तै प्रधानाध्यापक नियुक्तिप्रक्रियाको पुनरावलोकन, शिक्षक बढुवा प्रणालीमा पारदर्शिता, शिक्षक काउन्सिलको आवश्यकता, सरुवा तथा मूल्यांकन प्रक्रियामा निष्पक्षता, दुर्गम भत्ताको औचित्य, दरबन्दीको वैज्ञानिक व्यवस्थापन, निजी विद्यालयका शिक्षकको हकहितको संरक्षण र ट्रेड युनियन अधिकारको सुनिश्चितता जस्ता विषय आन्दोलनका मुख्य माग हुन्।

तर एसईईको कमजोर नतिजा र गाउँका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या घट्दै गएको अवस्थामा शिक्षकहरूले केवल आफ्ना सुविधा र वृत्तिविकासमा मात्र ध्यान केन्द्रित गर्नुभन्दा समग्र शिक्षाको गुणस्तर सुधारमा बढी जोड दिनुपर्ने शिक्षाविद्हरुको सुझाव छ ।

घरपायक जागिरलाई मात्र प्राथमिकता दिइनु र शिक्षकहरू राजनीतिक रूपमा सक्रिय हुँदा शिक्षा क्षेत्रको विश्वसनीयता र गुणस्तरीयतामा प्रश्न उठिरहेको छ । शिक्षकका माग अन्तर्राष्ट्रिय अभ्यास, नेपालको विशिष्ट आर्थिक, सामाजिक र राजनीतिक अवस्थालाई ध्यानमा राखेर सम्बोधन गर्नुपर्छ ।

आन्दोलनकारीहरूले संयमता अपनाउनु र सरकारले उनीहरूका जायज मागलाई गम्भीरतापूर्वक सुन्न आवश्यक छ। अनि शिक्षकहरुले पनि विद्यार्थीको पठनपाठनमा बाधा नपर्ने गरी समस्याको समाधान खोज्नु सबै भन्दा उत्तम बाटो देखिन्छ ।

Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top