×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

१८ चैत्र २०८२

१८ चैत , काठमाण्डौ ।

भारतले इन्धनमा भारी मूल्य बृद्धि गर्दै नेपाललाई सूची पठाएको छ। जसमा नेपाल आयल निगमले भने पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा नबढाएपनि हवाई इन्धनको मूल्य भने करिब दोब्बरले बृद्धि गरेको छ । नेपाल आयल निगमले मंगलबार गरेको समायोजनमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा झन्डै दोब्बर बढ्नेगरी मूल्य समायोजन गरेको छ ।

Advertisement
Advertisement

मंगलबार सार्वजनिक निगमको प्रेस विज्ञप्तिअनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ साविक १२७ प्रतिलिटर रहेकामा समायोजन गरेर २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा यसअघि प्रति किलोलिटर ९६६ अमेरिकी डलर रहेकामा नयाँ समायोजनअनुसार एक हजार ७८५ डलर पुगेको छ ।

यस्तै पोखरामा यसअघि प्रतिकिलो लिटर ८०१ डलर रहेकामा बढाएर एक हजार ७३२ डलर पुग्दा भैरहवामा एक हजार ७१६ डलर पु¥याइएको छ । भैरहवामा यसअघि प्रतिकिलो लिटर ७८९ डलरमा कारोबार भइरहेको थियो । पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँ बढेर आएपनि बालेन सरकारको निर्देशन अनुरुप निगमले ति दुवै इन्धनको मूल्य भने समायोजन नगरी यसअघि कै मूल्यलाई यथावत राखेको छ ।

भारतबाट पेट्रोलको मूल्यमा प्रतिलिटर ४१ रुपैयाँ ६० पैसा, डिजेलमा प्रतिलिटर ९४.९३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर १९०.३६ रुपैयाँले वृद्धि भएर आएको छ । तर, पेट्रोल, डिजेल र एलपी ग्यास साविक खुद्रा मूल्यलाई नै यथावत राखिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य वृद्धि भइरहेकाले मूल्य समायोजन नहुँदा पाक्षिक रूपमा निगमलाई १३ अर्ब २१ करोड घाटा हुने बताइएको छ ।

यता अब हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा भने बढ्ने भएको छ । हवाई इन्धनको मूल्यमा एकैपटक १२४ रुपैयाँ वृद्धि भएकाले वायुसेवा कम्पनीहरूले समेत हवाई भाडासँगै लिने इन्धन शुल्क (फ्युल सरचार्ज) बढाउने भएका छन्। वायुसेवा कम्पनीहरूले हवाई इन्धनको मूल्य बढ्दा शुल्क बढ्ने र घट्दा घट्ने स्वचालित विधि अवलम्बन गर्दै आएका छन् ।

पश्चिम एसियामा जारी तनावका कारण अन्तर्राष्ट्रिय स्तरमा इन्धनको मूल्य बढेकाले भारतले नेपाललाई पनि मूल्य बढाएर पठाएको हो । नेपाल आयल निगम ले भारतबाट मूल्य बढेर आउँदा बढाउने र घट्दा घटाउने स्वचालित मूल्य प्रणाली लागू गरेको छ । तर निगमले उपभोक्तालाई थप मार नपरोस् भनेर बुधबार पेट्रोलमा ४१ रुपैयाँ ६० पैसा, डिजेलमा ९४ रुपैयाँ ९३ पैसा र एलपी ग्यासमा १९० रुपैयाँ ३६ पैसा मूल्य बढेर आएको भए तापनि साविककै मूल्य कायम राखेको छ ।

अन्य पेट्रोलियम पदार्थको मूल्य नबढाउँदा निगमलाई १५ दिनमै १३ अर्ब २१ करोड रुपैयाँ घाटा हुने भए पनि तत्कालका लागि हवाई इन्धनको मात्र भाउ बढाइएको निगमले जानकारी दिएको छ । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४ डलर नाघेको छ, जुन सन् २०२२ यताकै उच्च हो।

‘मोटर क्लब’का अनुसार अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध सुरु हुनुअघि भन्दा एक डलरभन्दा बढी वृद्धि हो। यसअघि सन् २०२२ मा युक्रेन युद्धपछि यस्तो उच्च मूल्य देखिएको थियो। विभिन्न राज्यमा मूल्य फरक–फरक छन्, जसका कारण आपूर्ति, कर दर र स्थानीय अवस्था छन्।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त युद्ध सुरु गरेयता कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। मध्यपूर्वका प्रमुख उत्पादक देशहरूबाट आपूर्ति अवरुद्ध भएपछि मूल्य बढेको हो। पेट्रोलको मूल्य बढ्दा उपभोक्ता र व्यवसाय दुवै प्रभावित भएका छन्।

दैनिक खर्च बढ्दै जाँदा मानिसहरूले अन्य क्षेत्रमा खर्च घटाउनुपर्ने अवस्था आउन सक्छ। ढुवानी खर्च बढ्दा खाद्यान्न, बिजुली तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने सम्भावना छ। हालै गरिएको एक सर्वेक्षणअनुसार करिब ४५ प्रतिशत अमेरिकी नागरिक पेट्रोल किन्ने विषयमा गम्भीर चिन्तामा परेका छन् ।

इन्धन महँगो हुँदा ढुवानी क्षेत्र पनि प्रभावित भएको छ। हुलाक सेवाले केही सेवामा अस्थायी रूपमा ८ प्रतिशत अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरेको छ। डिजेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ, जसले सामान ढुवानी गर्ने सवारीसाधनलाई थप भार परेको छ।

विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने महत्त्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा आपूर्ति संकट गहिरिएको छ। इरान, अमेरिका र इजरायलबि जारी युद्धले तेल र ग्यास संरचनामा क्षति भएको छ। मूल्य घटाउने प्रयासस्वरूप अन्तर्राष्ट्रिय ऊर्जा निकायले सदस्य राष्ट्रहरूको आपत्कालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेको छ।

Advertisement

अमेरिकाले भेनेजुएला र रुसबाट केही तेल आपूर्ति सहज बनाउन प्रतिबन्धमा आंशिक छुट दिएको छ। युद्ध लम्बिएमा पेट्रोलको मूल्य अझै बढ्न सक्ने विश्लेषकहरूको भनाइ छ। साथै गर्मी मौसम सुरु भएसँगै माग बढ्ने भएकाले मूल्यमा थप दबाब पर्ने देखिन्छ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top