×

NEPAL TIMES UPDATES

Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026
Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

२७ चैत्र २०८२

२७ चैत , काठमाण्डौ ।

इरानसँगको युद्धविरामाको सम्झौताका बीच पनि पाकिस्तानमा हुने भनिएको वार्ता र युद्धविरामको सर्त पालना नभएपछि पश्चिम एसियामा फेरि तनाव बढ्न सक्ने देखिएको छ । युद्धमा जोडिएका अमेरिका, इरान र इजरेललका परस्परविरोधी बयमन आइरहेका छन् भने सम्झौताको केन्द्रमा रहेको होर्मुज बन्द नै छ भने इजरेलले लेबनानमाथिको आक्रमण अझै रोकेको छैन् ।

Advertisement
Advertisement

यही बीच हिजबुल्लाहका नेताका प्रमुख सल्लाहकार मारिएको दाबी गरिएको छ भने पाकिस्तान वार्ताका लागि सार्वजनिक बिदा दिएर प्रतिक्षा गरिरहेको छ । यस्तो बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’वास्तविक सम्झौता’ पालना नभए इरानमाथि इतिहासमा कसैले नदेखेको क्षति हुने गरी आक्रमण गर्ने चेतावनी दिएका छन्।

युद्धविराम घोषणाको भोलिपल्टै ट्रम्पले इरानमाथि इतिहासकै ठूलो आक्रमण गर्ने चेतावनी दिएका हुन्। ’यदी कुनै कारणले सम्झौता पालना भएन भने त्यसपछि हुने कारबाही यति ठूलो, शक्तिशाली र कडा हुनेछ कि त्यस्तो कारबाही अहिलेसम्म कसैले देखेकै हुनेछैन,’ ट्रम्पले लेखेका छन्।

ट्रम्पले अमेरिकी सेना, हतियार र सैन्य संरचना इरानकै वरिपरि क्षेत्रमा यथावत रहने पनि प्रष्ट पारेका छन्। ’कमजोर भइसकेको शत्रु विरूद्ध आवश्यक सैन्य तयारी हामीले यथावत् नै राखेका छौं। र वास्तविक सम्झौता पूर्ण रूपमा पालना नभएसम्म यो हट्दैन,’ ट्रम्पले लेखेका छन्।

ट्रम्पले भनेको वास्तविक सम्झौता इरानले परमाणु कार्यक्रम रोक्ने र होर्मुज निर्वाध सञ्चालन हुन दिनेबारे छ। यद्यपि इरानले भने युद्धविरामका शर्तमा परमाणु कार्यक्रम रोक्ने भन्ने उल्लेख नभएको दाबी गरेको छ। ट्रम्पले भने अमेरिकाको मूल उद्धेश्य नै त्यही भएका कारण सम्झौताको सर्तमा आणविक कार्यक्रम र होर्मुज खुला हुनुपर्ने बताएका छन्।

उनले परमाणु हतियार नबनाउने सहमति भएको दाबी नै गरेका छन्। सम्झौता नभए अमेरिकी सेना फेरि सैन्य कारबाहीका लागि तयारी अवस्थामा रहेको उनले बताएका छन्। ’हाम्रो सेना अहिले तयारी गर्दैछ, आराम गरिरहेको छ र आवश्यक परे अर्को कारबाहीका लागि तयार छ,’ उनले भने। युद्धविराम लगत्तै भने ट्रम्पले अब मध्यपूर्वमा स्वर्णिम युग आउन सक्ने बताएका थिए।

उनले इरानले पुनर्निर्माण समेत गर्ने सक्ने र त्यसका लागि अमेरिकाले पनि सहायता गर्ने बताएका थिए। त्यतिमात्रै होइन युद्धविरामका लागि मध्यस्थता गर्ने पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफलाई धन्यवाद दिँदै विश्व शान्तिका लागि महत्त्वपूर्ण दिन रहेको बताएका थिए। इजराइल र अमेरिकाले युद्धविराममा लेबनन समावेश नभएको प्रष्ट पारेका छन्।

यद्यपि बुधबार पाकिस्तानले मध्यस्थता गरेको युद्धविराममा लेबननसहित युद्धका सम्पूर्ण पक्षहरू समावेश रहेको भनेर पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले बताएका थिए। लगत्तै इजराइलले लेबनन युद्धविराममा समावेश नभएको दाबी गरेर त्यहाँ भीषण हमला गरेको थियो। बुधबार एकैदिन लेबननमा २५० जना भन्दा बढी मानिसहरू मारिएका छन्।

उक्त घटनापछि इरानी सभामुख मोहम्मद बाघेर गालिबाफले वार्ताको ‍औचित्य नभएको बताएका छन्। युद्धविराम घोषणापछि पाकिस्तानले इस्लामावादमा हुने गरी दुवै देशलाई छलफलका लागि निम्तो गरेको थियो। इरानले युद्धविराम लगत्तै वार्ताका लागि तयार रहेको बताएको थियो।

अर्काेतर्फ इरानका राष्ट्रपति मसूद पेजेश्कियानले लेबनानमा इजरायलको हमलालाई युद्धविराम सम्झौताको स्पष्ट उल्लंघन बताएका छन्।राष्ट्रपति पेजेशकियानले भने, “यो हुन लागेको सम्झौताप्रति प्रतिबद्धताको अभावको खतरनाक संकेत हो।” सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गरिएको एक पोस्टमा उनले भने, “यदि हमलाहरू जारी रह्यो भने वार्ता निरर्थक हुनेछ।”

उनले चेतावनी दिँदै भनेका छन् कि इरानको हात ट्रिगरमै रहनेछन्। यी टिप्पणीहरू त्यस बयानको एक दिनपछि आएका हुन्, जसमा इजरायली सेनाले लेबनानमा १०० भन्दा बढी हवाई आक्रमण गरेको दाबी गरेको थियो, जसलाई उसले हिज्बुल्लाहका ठेगानाहरू लक्षित गरेको बताएको छ।

यता इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले भनेका छन्, “जहाँ आवश्यक हुन्छ, त्यहाँ हिज्बुल्लाहमाथि आक्रमण जारी रहनेछ।” उता इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले चेतावनी दिएका छन्, “युद्धविराम उल्लंघनको मूल्य चुकाउनुपर्नेछ र कडा जवाफ दिइनेछ।”

गालिबाफले लेबनान युद्धविरामको अभिन्न हिस्सा भएको र यसमा अस्वीकार वा पछि हट्ने कुनै ठाउँ नरहेको बताएका छन्। नेतन्याहूले लेबनानलाई लिएर सैन्य दबाब र कूटनीति दुवै एकसाथ अघि बढाउने योजना सार्वजनिक गरेका छन्। उनले लेबनानमा कुनै युद्धविराम नभएको स्पष्ट गर्दै इजरायली सेना हिजबुल्लाह माथि आक्रमण जारी राख्ने बताएका छन्।

नेतन्याहूका अनुसार जबसम्म इजरायली नागरिकहरूको सुरक्षा सुनिश्चित हुँदैन, तबसम्म सैन्य कारबाही रोकिँदैन। उनले लेबनान सरकारसँग प्रत्यक्ष वार्ता सुरु गर्ने निर्णयसमेत गरेका छन्। ती वार्ताको मुख्य उद्देश्य हिजबुल्लाहलाई निशस्त्र गर्नु र इजरायल–लेबनानबीच शान्तिपूर्ण सम्बन्ध स्थापना गर्नु रहेको बताइएको छ।

नेतन्याहूले क्याबिनेटलाई बेरूतसँग छिटोभन्दा छिटो प्रत्यक्ष वार्ता सुरु गर्न निर्देशन दिएको पनि जनाएका छन्। उनको यो भनाइ लेबनानमा भएका हालसम्मकै ठूलो र घातक हवाई आक्रमणपछि आएको हो। त्यसको केही समयपछि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहका लन्च साइटहरूमा पुनः आक्रमण सुरु गरेको घोषणा गरेको थियो।

यसैबीच, लेबनानका एक वरिष्ठ अधिकारीले युद्धविरामका लागि अस्थायी सहमतिको पहल भइरहेको बताएका छन्। उनका अनुसार पछिल्लो २४ घण्टामा इजरायलसँग व्यापक वार्ताको बाटो खोल्न यस्तो पहल गरिएको हो। उनले कुनै मिति वा स्थान तय नभएको तर सम्झौताका लागि अमेरिकी मध्यस्थता र ग्यारेन्टी आवश्यक हुने स्पष्ट पारेका छन्।

यसअघि इजरायली प्रधानमन्त्री नेतान्याहुले हिजबुल्लाहलाई निशस्त्र गर्न र दुई देशबीच ‘शान्ति सम्बन्ध’ स्थापनाका लागि लेबनानसँग प्रत्यक्ष वार्ता गर्न आफ्नो क्याबिनेटलाई आदेश दिएको बताएका थिए । लेबनानको कार्यालयले जारी गरेको विज्ञप्तिमा यस्तो निर्देशन दिइएको उल्लेख गरिएको छ ।

’इजरायलसँग प्रत्यक्ष वार्ता सुरु गर्न लेबनानले बारम्बार गरेको अनुरोधलाई मध्यनजर गर्दै मैले हिजो मन्त्रिपरिषद्लाई जतिसक्दो चाँडो लेबनानसँग प्रत्यक्ष वार्ता सुरु गर्न निर्देशन दिएको छु,’ लेबनानको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

’वार्ता हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने र इजरायल र लेबनानबीच शान्ति सम्बन्ध स्थापना गर्ने कुरामा केन्द्रित हुनेछ । बेरुतलाई असैन्यीकरण गर्न लेबनानका प्रधानमन्त्रीले गरेको आह्वानलाई इजरायलले सराहना गर्दछ,’ विज्ञप्तिमा भनिएको थियो ।

इरान र अमेरिकाबीच युद्धविरामको चर्चा भइरहेकै बेला लेबनानमा गरिएको पछिल्लो इजरायली आक्रमणमा हिजबुल्लाहका प्रमुख नइम कासिमको सहयोगी तथा भतिजा मारिएको दाबी गरिएको छ । इजरायली सेना (आईडीएफ)ले बुधबार राति गरिएको कारबाहीमा कासिमको सहयोगी मारिएको जानकारी दिएको हो ।

आईडीएफले आधिकारिक पोस्टमार्फत बेरुतमा नइम कासिमका भतिजलाई मारेको जानकारी दिएको हो । आईडीएफले यो आक्रमण दक्षिण लेबनानमा रहेका आतंकवादी पूर्वाधारहरूलाई लक्षित गरी गरेको थियो । इजरायली सेनाले बेरुत क्षेत्रमै गरिएको अर्को कारबाहीमा हिजबुल्लाहका महासचिवका निजी सचिव अली युसुफ खर्शीलाई पनि मारेको दाबी गरेको छ ।

अली युसुफ खर्शी नइम कासिमका भतिजा र नजिकका सल्लाहकार थिए । उनले कासिमको कार्यालय व्यवस्थापन र सुरक्षा प्रबन्धमा केन्द्रीय भूमिका निर्वाह गर्दै आएका थिए । यता युद्धविरामको मध्यस्थता गरेको पाकिस्तानले बिहीबार पश्चिम एसिया युद्ध रोक्ने ‘संयमता’ का लागि सम्बन्धित पक्षको प्रशंसा गरेको छ।

इस्लामाबादले इरान र संयुक्त राज्य अमेरिकाबीच अपेक्षित वार्ता आयोजना गर्न तयार भएको बेला लेबनानमा जारी इजरायली आक्रमण हुनु दुःखद् भएको भन्दै यसको निन्दा गरेको छ। वासिङ्टन र तेहरान दुवैले पाकिस्तानको मध्यस्थतामा भएको शान्ति वार्तामा सहभागी हुने पुष्टि गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बिहीबार पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल असिम मुनीरसँग भेटवार्ता गरी सबै पक्षले अपनाएको संयमताको प्रशंसा गर्नुभएको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “उहाँहरूले अहिलेसम्म हासिल गरेको तनाव न्यूनीकरणप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिका र इरानी वार्ताकारबीच वार्ताका लागि दुई हप्ताको युद्धविराम गर्न सहमत भएका थिए तर वासिङ्टनको सहयोगी इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ। पाकिस्तानी अधिकारीहरूले हिजो बिहीबार र आज शुक्रबार राजधानी क्षेत्रमा सार्वजनिक बिदाको घोषणा गरेका छन्, जुन प्रायः उच्च–ओहोदाका कूटनीतिज्ञ सहभागी हुने कार्यक्रमहरू अघि सावधानीका लागि लिइएको एक महत्त्वपूर्ण कदम हो।

“विदामा प्रहरी, अस्पताल तथा बिजुली र ग्याँस उपयोगिताहरूसहित आवश्यक सेवाहरू सञ्चालन हुनेछन्,” प्रहरीको उप–आयुक्तको कार्यालयले जारी सूचनामा भनिएको छ। ह्वाइट हाउसले यो सप्ताहन्तमा इस्लामावादमा मध्यपूर्व युद्धको बारेमा अमेरिकी वार्ताको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्ने बताएको छ।

पाकिस्तानका लागि इरानका राजदूतले सामाजिक सञ्जालमा एक इरानी प्रतिनिधिमण्डल बिहीबार राति इस्लामावाद आइपुग्ने बताएका थिए । यद्यपि उनले पछि पोष्टहटाएका थिए । अहिलेसम्म उनी पाकिस्तान आएको पुष्टि भइसकेको छैन । भान्सपनि पाकिस्तान नआएको बताइएको छ ।

पाकिस्तानले दाबी गरेको छ कि इरानका राष्ट्रपति मसूद पेजेशकियनले इस्लामाबादमा हुने वार्तामा इरान सहभागी हुने ग्यारेन्टी दिएका छन्। तर यस विषयमा अमेरिका पक्षले भने अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

Advertisement
Advertisement

यसैबीच, एक रिपोर्टमा उपराष्ट्रपति जेडी भान्स सुरक्षासम्बन्धी कारण देखाउँदै पाकिस्तान भ्रमणबाट टाढा रहन चाहेको उल्लेख गरिएको छ। यद्यपि पाकिस्तानले अमेरिकालाई पूर्ण सुरक्षा ग्यारेन्टी प्रदान गरिएको बताएको छ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top