विराटनगरमा यसरी मनाईयो छठ पर्व (फोटो फिचरसहित)

२८ कात्तिक ७५, बुधबार
Share this
787shares

विराटनगर, कात्तिक २८

Advertisement

छठ पर्वको आज चौथो दिन उदाउँदो सुर्यलाई अघ्र्य दिएसँगै छठ पर्वको समापन भएको छ । आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज बेहुली झैँ सिङ्गारिएका पोखरी र तलाउमा श्रद्धालुले उदाउँदो सूर्यलाई अघ्र्य दिएका हुन् । विराटनगरको सिंघिया खोला, केशलिया खोला,चिसाङ लोहन्द्रा खोला, मोरङ–सुनसरी सिँचाई आयोजना,विभिन्न खोला, पोखरी तथा नहरहरुमा जम्मा भएर सूर्यलाई अघ्र्य दिएका थिए ।

Advertisement

चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरेपछि छठपर्वको अन्त्य हुन्छ । अर्घमा ठेकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

Advertisement

सूर्यलाई दिइने अर्घमा ठेकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।

धनी, गरिब तथा सवै समुदायका श्रद्धालुहरु एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने यस पर्वले सन्देश दिन्छ । तराईमा मात्र गरिने छठ पुजा यतिबेल क्रमश पहाडी क्षेत्रमा समेत गरिन थालेको छ । छठ पर्वले सवै समुदाय जात जाती विच सामुदायीक सदभाव कायम गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top