×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

विद्यार्थी राजनीति र अबको बाटो

८ फाल्गुन २०७५
       निर्मल भण्डारी

देशको परिवर्तनकारी राजनैतिक इतिहास हेर्दा सम्पूर्ण परिवर्तनको सफलतामा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको छ । विगतमा नागरिकलाई समस्या पर्दा सरकारलाई झकझक्याउने विद्यार्थी नै अग्रपंक्तिमा थिए । हरेक आन्दोलनलाई निर्णायक बनाउने शक्ति विद्यार्थी नै थिए। सडकबाटै प्रतिपक्ष मोर्चा समाल्ने दायित्व पनि विद्यार्थी आन्दोलनले नै निर्वाह गर्ने गरेको उदाहरण प्रशस्त छन । यी सबै कारणले नेपालको विद्यार्थी आन्दोलन सधैं सबैको चासो र सरोकार भित्रै रहेको छ ।

२००७ सालको होस वा २०३६ को जनमत संग्रह वा २०४७ को प्रजातान्त्रिक आन्दोलन वा २०६२/०६३ को जनआन्दोलन होस ,सबै परिवर्तन र आन्दोलनको सफलता विद्यार्थीको प्रत्यक्ष र मुख्य सहभागीताले सम्भव भएको हो । यसरी इतिहासका राजनैतिक घटनाहरुलाई नियाल्दा विद्यार्थी र विद्यार्थी संगठन राजनैतिक दलको शक्तिका रुपमा स्थापित भए । तर यिनै विद्यार्थी संगठन र विद्यार्थी नेता पार्र्टीका ‘एस म्यान’ भएका कारण आजको राजनिति र शिक्षा सही दिशातर्फ जान सकिरहेको छैन। अब विगतबाट पाठ सिक्दै आजका विद्यार्थी संगठन र विद्यार्थी नेताले भोलिको राजनीति र देशलाई सोचेर सहि र सत्यको पक्षमा उभिएर ‘राम्रो’ राजनीति गर्ने बानी बसाल्नु आवश्यक छ,अन्यथा भोलिको राजनीति पनि आज जस्तै हुने पक्का छ।

Advertisement
Advertisement

बलियो र दुरदर्शी नेताको अभावमा देशले अपेक्षित छलाङ मार्न नसकिरहेको अवस्थामा अबको विद्यार्थी राजनीति फरक हुनुपर्छ । नेताहरू कसरी हुर्किएर स्थापित हुन्छन भन्नेसँग अन्त्यमा देशले पाउने राम्रा वा नराम्रा नतिजा जोडिएको हुन्छ। जो विद्यार्थी नेता कहिल्यै आफू कक्षाकोठामा लेक्चर सुन्दैन, क्याम्पसमा नियमित र अनुशासित रुपमा उपस्थिति जनाउँदैन, अरुका भर्नाका फारम झोलामा बोकेर हिँड्दैमा आफूले जनमत बनाईरहेको भ्रममा हुर्कन्छन, उसले दीर्घकालीन रुपमा देशको लागि ठूलो कल्पना वा सपना देख्नै सक्दैन । क्याम्पसहरुमा विद्यार्थी संगठन र नेताको भूमिका क्याम्पसको सुदृढीकरण र मजबुत शैक्षिक एजेन्डा उठान गर्नुको सट्टा सामान्य विषयवस्तुको माग राखेर क्याम्पसमा तालाबन्दी र भौतिक संरचना तोडफोड गर्ने अनि उल्टै क्याम्पस प्रशासनसँग मिलेमतो गरेर क्याम्पसबाटै पैसा असुल गर्ने नियत विद्यार्थी संगठनहरुमा स्थापित देखिन्छ । विद्यार्थी राजनीतिमा चाहिएको मुख्य परिवर्तन नै यहि मानसिकता र शैलीको राजनीतिबाट माथि उठ्नु हो। हुनत बिगतदेखि चलिआएको परम्परालाई निरन्तरता दिने शैलीको कारण विद्यार्थी राजनिति अनैतिक र अस्वस्थ भएको हो । तर अबको विद्यार्थी राजनीति परिवर्तन हुनुपर्छ । संगठनले क्याम्पसभित्र लोकतान्त्रिक अभ्यासका उत्कृष्ट नमुना प्रस्तुत गर्नुपर्छ । आफ्ना विषयगत दक्षताका मुद्दालाई मुख्य रुपमा राजनैतिक अस्त्र बनाउन सक्नुपर्छ।

हिजोको खराब राजनितिले आज पिरोलिरहेको तितो सत्य हामीमा छ। विद्यार्थी संगठन सत्यको पक्षमा बलियो हुन सकेको भए सायद देश लामो समयसम्म संक्रमणकालमा नरहन सक्थ्यो। क्याम्पसहरुमा स्वभाविक र राम्रो नेतृत्वलाई प्रोत्साहन गर्नुभन्दा एउटै र आफू निकट व्यक्तिलाई वर्षौंसम्म पटकपटक भर्ना गराएर नेतृत्वमा राख्दा स्वभाविक नेतृत्व विकासक्रम पनि रोकियो। क्याम्पसमा स्नातकोत्तर भर्ना हुनलाग्दा समेत एउटा निवेदन लेख्न नजान्ने विद्यार्थी भेटिन्छन् । नहुन पनि किन चर्चित हुने नाममा विद्यार्थी नेताहरू स्वयं त्यसमा लाग्छन् । विद्यार्थी नेतृत्व उब्जाउने वातावरण कस्तो भयोभन्दा क्याम्पसहरुमा मनगणन्ते र झुटा आश्वासन दिने, विद्यार्र्थीका परिचयपत्र र किताबहरु बोकेर हिड्ने, फारमहरु बोकेर हिड्ने र आफू नेता हुन भएपनि विद्यार्र्थीका सामान्य र ससाना चिट्ठीपत्रहरु लेख्दै प्रशासनमा बुझाउन जाने प्रवृतिको विकास भयो । यसले विद्यार्थीलाई दीर्घकालीन रुपमा सोच्ने शक्तिको विकास त गराउँदैन नै विद्यार्थी नेतामा पनि दीर्घकालीन सोच र व्यक्तित्व विकास हुँदैन । यसरी उब्जिएको नेताले कालान्तरमा देशको लागि के कल्पना गर्न सक्ला र ?

अबको विद्यार्थी राजनीति र आन्दोलन शिक्षा ,स्वास्थ र रोजगारी सम्बन्धि मौलिक हक कार्यान्वयनका लागि सोझिनुपर्छ। एक दशक अघिसम्म सरकारी क्याम्पसहरुमा विद्यार्र्थीको चाप थामिनसक्नुको हुन्थ्यो। अहिले अभिभावक र विद्यार्थीले सरकारी क्याम्पस भनेपछि नाक खुम्च्याउने अवस्था छ । यहि अवस्थामा निजि क्याम्पसहरुमा विद्यार्र्थीको चाप ब्यवस्थापन गर्न हम्मे हम्मे छ । सरकारी क्याम्पस खस्कनुको धेरै कारण छन। विश्वविद्यालयका पदाधिकारी र जिम्मेवार व्यक्तिहरू नै निजि क्याम्पसको शेयरधनी बनेर कमाउ धन्दामा लागेका छन । उनीहरु राम्रा , आकर्षक र बिकाउ कार्यक्रम आङ्गिक क्याम्पसलाई दिनुको सट्टा निजि क्षेत्रलाई बेच्न तल्लीन छन। सरकारी क्याम्पस मासिने र निजि क्याम्पस उकासिने नीतिले सरकारी क्याम्पस कमजोर बन्दै गर्दा सरकारले बर्षेनी शिक्षामा गरेको करोडौं लगानी बालुवामा पानी हाले बराबर भएको छ । शिक्षा क्षेत्र निजीकरण , व्यापारीकरण र माफियाकरणले थिलथिलो भएको छ । उद्योग र व्यापारमा टाट पल्टिएकाहरु शिक्षामा लगानी गर्दैछन । संबिधानत कक्षा १२ सम्म निजि बिद्यालय रहनै पाउँदैन। रहे पनि तिनले निशुल्क शिक्षा दिनुपर्ने हुन्छ तर निजि कलेज र विद्यालयको शुल्क आतंकसामू नियमनकारी निकाय लाचार छन यसको जिम्मेवारी पनि विद्यार्थी संगठनमा जान्छ। हिजो विद्यार्थी राजनिति त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा मात्र केन्द्रित थियो। अब त्यतिमा सिमित रहने अवस्था छैन थुप्रै विश्वविद्यालयहरु खुलिसकेका छन्। अब विद्यार्थी आन्दोलनको मान्यतामा परिवर्तन आएको छ। संघीय आवश्यकता र प्रदेशगत विशेषता अनुरुप नयाँ राष्ट्रिय शिक्षा नितिको पक्षमा विद्यार्थी आन्दोलन केन्द्रित हुनुपर्छ। शिक्षा,स्वास्थ्य र रोजगारी सम्बन्धि मौलिक हक कार्यान्वयनको पक्षमा आन्दोलन सोझिनुपर्छ। मुलुकलाई चाहिने जनशक्ति उत्पादन हुनेगरी शैक्षिक पुनस्र्थापना गर्नुपर्ने विषयमा आवाज उठाउनुपर्छ। शिक्षालाई श्रमसित, श्रमलाई सीपसित, सीपलाई उत्पादनसित र उत्पादनलाई समृद्धिसित जोड्न विद्यार्र्थी आन्दोलन केन्द्रित हुनु जरुरी छ।

विद्यार्थी नेता भनेको सचेत र भोलिको देशको नेतृत्व लिन सक्ने जिम्मेवार व्यक्ति हुन्। विगत वा वर्तमानलाई हेर्दा विद्यार्थी राजनितिको परिपाटी सहि नभएको प्रष्ट छ। नेपालका सानादेखि ठूला राजनिति पार्टीका देखिने जुँगाको लडाई विद्यार्थी संगठनमा समेत देखिन्छ। व्यक्ति जतिसुकै क्षमतावान होस केही अर्थ राख्दैन,उसले समाएको जुँगा कत्तिको बलियो छ भन्ने भरमा नेता बनेका विद्यार्र्थी नेताहरु विद्यार्र्थीको हितमा भन्दापनि जुँगा बलियो बनाउन व्यस्त देखिन्छन् । आफ्नो गुट र उपगुटलाई बलियो बनाउन कसरत गर्दा गलत प्रवृति मौलाएको छ। गुटको कार्यकर्ता बन्दा नेता भईने प्रचलन मौलाउनु विद्यार्थी आन्दोलन पतनको बाटोमा जानुको अर्काे कारण हो। गुटको भागबन्डाको आधारमा कमजोर नेतृत्व स्थापित हुने र गुटकै कार्यकर्ता बनाउन केन्द्रित रहने वर्तमानमा विद्यार्र्थी नेतृत्वले नेता धेरै जन्माए पनि क्षमतावान र इमान्दार कार्यकर्ता जन्माउन असमर्थ छ । यस्तो परिपाटीले न त राजनितिमा लागेर पछिल्लो समय विद्यार्थीको क्षमताको विकास गर्न सकेका छन, न उत्कृष्टताको प्रमाणपत्र । यसर्थ भर्खरै स्थापित हुँदै गरेका विद्यार्र्थी नेता वा तमाम विद्यार्थीले क्षमता र चेतनाको विकास गर्नु त छँदैछ दीर्घकालीन राजनीतिलाई समेत नियालेर आफुलाई राम्रोसँग ढाल्दै जानुपर्छ। गुटलाई बढावा दिनु भनेको आफै पतनको बाटोमा लाग्नु हो। नेतृत्वले आफूलाई दिने र आफूले अरुलाई दिने झुटा आश्वासनमा रमाउन छाड्नुपर्छ।

Advertisement

विद्यार्थी संगठन सँधै पार्टीको प्रतिपक्ष हुनुपर्छ,अब प्रवक्ता कदापि रहनु हुँदैन। विद्यार्थी संगठन र नेताले व्यबहारमुखी र दुरदर्शी शैक्षिक एजेन्डा बोकेर राजनीति गर्नुपर्छ। अब विगतमा जस्तो ग्लासको राजनीति हैन क्लासको राजनीति गर्नुपर्छ। झुटा आश्वासन बाँडेर, भ्रमको खेती छाडेर वास्तविकतासँग चल्नुपर्छ। क्याम्पसमा राजनिति गर्नेहरुले विद्यार्थीको मन जित्न मजबुत शैक्षिक एजेन्डा प्रयोग गर्ने ,न कि चिया ,चुरोटले विद्यार्थी पछि कुदाउने होइन। विद्यार्र्थी राजनीति र संगठनमा देखिएका तमाम समस्याहरुको समाधानका लागि सबैभन्दा पहिला युवा विद्यार्थीहरु नै राजनैतिक चेतनाले लेन्स हुनु जरुरी छ । विद्यार्थी संगठनको क्रियाकलाप तथा योजनाहरु वुर्जुवा शिक्षाको अन्त्यमा नै केन्द्रित हुनुपर्छ। राजनीतिलाई घृणा गर्ने चलन पनि विद्यार्थीहरुमा रहेको छ,त्यसलाई निराकरण गर्नका निम्ति विद्यार्थी राजनीति सफा हुनु जरुरी छ। विद्यार्थी संगठनको नेतृत्व र राजनैतिक दलका नेतृत्वले सक्षम व्यक्तिलाई नेताको रुपमा अगाडि बडाउनुपर्छ। विद्यार्थी नेताले नै भोलि देशको नेतृत्व समाल्ने हुँदा सहि राजनिति गरेमात्र भोलिको देश सहि दिशामा अगाडि बढ्नसक्छ। तसर्थ अबको विद्यार्थी राजनिति र नेतृत्वले हिजोबाट पाठ सिक्दै भोलिलाई मध्यनजर गरेर नयाँ राजनितिको विकास गर्नु अत्यावश्यक छ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top