×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

धमाधम बन्दैछन् ४० वटा स्मार्ट सीटी, कहाँ कहाँ(सूचिसहित)

१९ चैत्र २०७५

काठमाडौं । केहि वर्षभित्रै देशभरका ४० वटा शहरहरु स्मार्ट सीटीका रुपमा विकास हुँदैछन् । संघीय सरकारले तराई मधेश, पहाड र केहि हिमाली क्षेत्रमा गरि ४० वटा स्मार्ट सीटी निर्माणको काम अघि बढाएको हो ।

त्यसका लागि चालु आर्थिक वर्षमा १ अर्ब ९९ करोड बजेट खर्च गरिँदैछ भने आगामी आर्थिक वर्षका लागि २ अर्ब बजेटको सिलिङ प्राप्त भएको छ । यी स्मार्ट सीटी तथा नयाँ शहरहरुमा आधुनिक पूर्वाधार, सूचना प्रविधि, मनोरञ्जन, खुल्ला क्षेत्र, बगैँचा, खेलकुद मैदान, एकिकृत सार्वजनिक सेवा प्रणाली लगायतका अत्याधुनिक सुविधा विकास गरिने शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बताए ।

Advertisement
Advertisement

 

मन्त्री राईका अनुसार पहिलो चरणमा रुपन्देहीको लुम्बिनी स्मार्ट सीटी, गोरखाको पालुङटार र बाराको निजगढ स्मार्ट सीटीको काम अघि बढेको छ । यी स्मार्ट सीटीहरुको हाल धमाधम डीपीआर निर्माण भैरहेको छ । दोश्रो चरणमा भने धनकुटाको धनकुटा स्मार्ट सीटी, सिरहाको मिर्चैया, रौतहटको चन्द्रपुर, काभ्रेको काभ्रे उपत्यका, चितवनको भरतपुर, स्याङजाको वालिङ, दाङको तुल्सिपुर, दैलेखको दुल्लु, डढेलधुराको अमरगढी र कैलालीको टिकापुरमा स्मार्ट शहर निर्माण हुँदैछ ।

त्यस्तै, मध्य पहाडी लोकमार्गमा १२ वटा नयाँ शहरको काम पनि धमाधम अघि बढिरहेको छ । प्रदेशमा हस्तान्तरण गरिएका यी शहरहरु मंसिर ३ गते पुनः केन्द्र सरकारमा तानिएका हुन् । मध्य पहाडी लोकमार्गमा पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्काेट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे–भन्सार, बाग्लुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम–कर्णाली, अछामको साँफेबगर, बैतडीको पाटन, सुर्खेतको भेरिगंगा र प्युठानको भिंग्री नयाँ शहर निर्माणको काम अघि बढाईएको हो । यी शहरहरुको पनि अध्ययनको काम अघि बढिरहेको छ ।

त्यस बाहेक, हुलाकी लोकमार्गमा झापादेखि कञ्चनपुरसम्म १० वटा नयाँ शहरको अध्ययन धमाधम भैरहेको छ । जसमा झापामा गौरीगञ्ज, मोरङमा रंगेली नयाँ शहर, महोत्तरीमा मनरा नयाँ शहर, रौतहटमा मौलापुर नयाँ शहर, सर्लाहीमा ब्रम्हपुर नयाँ शहर, बारामा गढीमाई नयाँ शहर, नवलपरासीमा बर्दघाट नयाँ शहर, बर्र्दियामा राजापुर, कैलालीमा भजनी र कञ्चनपुरमा बेलैरी नयाँ शहर रहेका छन् ।

तराई मधेशका बिभिन्न जिल्लामा थप ५ वटा नयाँ शहरको काम अघि बढेको छ । जसमा सप्तरीको शम्भुनाथ नयाँ शहर, महोत्तरीको बलवा नयाँ शहर, सर्लाहीको इश्वरपुर नयाँ शहर, रौतहटको कटहरिया नयाँ शहर र दाङमा गढवा नयाँ शहर रहेका छन् ।

यस्ता हुनेछन् बिशेषता
स्मार्ट सीटीहरुमा स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट पूर्वाधार र स्मार्ट अर्थ व्यवस्था निर्माण हुनेछन् । यी सीटीहरुका लागि ३० वटा पक्ष र १२५ वटा सूचक निर्धारण गरिएका छन् ।

शहरी विकास सचिव रमेश कुमार सिंहले विश्वका स्मार्ट सीटीहरुको अध्ययन गरेर नेपाली मौलिकतामा आधारित स्मार्ट सीटीको मापदण्ड तयार पारिएको बताए । ‘हामी युरोप र अमेरिकाका स्मार्ट सीटी जस्तो बनाउन सक्दैनौं, त्यहाँका राम्रा कुरा समेटेर मौलिक प्रकृतिका स्मार्ट सीटी बनाउन चाहेका हौं’, सचिव सिंहले भने ।

Advertisement
विकासन्युज

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top