एजेन्सी, चैत २४
इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत जारी खेलमा रोयल च्लायेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्सलाई १ सय ५० रनको मध्यम लक्ष्य दिएको छ ।घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनायो ।
बेंगलोरका लागि कप्तान विराट कोहलीले ३३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४१ रनमा क्याच आउट भए । त्यस्तै मोइन अलीले १८ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ३२,पार्थिव पटेल ९,एवी डी भिलियर्स १७, मार्कस स्टोइनिस १५ र अक्ष्यदीप नाथ १९ रनमा आउट भए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले भने दिल्लीका लागि खराव प्रदर्शन गरेका छन् । उनले १ विकेट लिन ४ ओभरमा ४६ रन खर्चिए ।,यो सँगै उनको टि– ट्वान्टीमा ५० विकेट पुरा गरेका छन् । उनले जम्मा ४० खेलबाट ५० विकेट लिएका हुन् ।
सन्दीपका अलवा दिल्लीका कागीसो रबाडाले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । क्रिस मोरिसले २ र अक्षर पटेल १ विकेट लिए । अहिले दिल्लीले ब्याटिङ गरिरहेको छ ।
यस्तो रह्यो सन्दीपको ४ ओभर
सन्दीपलाई दिल्लीले १० औं ओभरमा बलिङ गर्न ल्याएको थियो । मार्कस स्टोइनिसले पहलो बलमै स्टेटमा छक्का प्रहार गरे । दोस्रो बल डट गराउँदा तेस्रो बलमा स्टोइसनिसले १ रन लिदै स्ट्राईक कप्तान कोहलीलाई दिए । अन्य तीन बलमा सन्दीपले तीन रन खर्चिए ।
१२ औं ओभरमा सन्दीपले ६ रन खर्चिए । कोहलीले पहिलो,तेस्रो र पाँचौ तथा अलीले दोस्रो,चौथो र छैटौं बलमा १९१ गरि सिंगल लिएका थिए ।१५ ओभरको पहिलो बलमा अलीले सन्दीपलाई छक्का प्रहार गरे । सन्दीपले दोस्रो बल डट गराउँदा तेस्रो बलमा विकेटकीपर ऋषभ पन्तबाट स्टम्पिङ आउट गराउँदै आफ्नो नाममा १ विकेट लेखाए । चौथो बलमा अक्षदिप नाथले चौका प्रहार गरे । पाँचौ बल डट र छैटौं बलमा १ रन दिए ।
१७ ओभरको पहिलो बलमा विराट कोहलीले १ रन लिए । दोस्रो बलमा नाथले चौका प्रहार गरे । तेस्रो बलमा नाथले एक रन लिदै स्ट्राइक विराटलाई दिए । चौथो र पाँचौ बलमा विराट कोहलीले सन्दीपलाई छक्का प्रहार गरेपछि सन्दीप महँगो सावित हुन पुगे । अन्तिम बलमा १ रन दिदै आफ्नो स्पेल सकाए । सम्रगमा सन्दीपले यस ओभरमा १९ रन खर्चिए ।