×

NEPAL TIMES UPDATES

Playing
मोरङ सुनसरी र झापामा बर्डफ्लू भयावह, विराटनगरमा पनि पुष्टि || Nepal Times
Mar 24, 2026
Playing
वार्ता हुनेमा अरब मुलुकको आशंका, इरानमा किन प्रत्याक्रमण गरेनन् ?|| Nepal Times
Mar 24, 2026
Playing
प्रतिवेदन सार्वजनिक नगरी विदा हुँदैछ सुशीला सरकार? || Nepal Times
Mar 24, 2026
Playing
गगनको गाडी रुक्दैन, रास्वपालाई बधाई,देउवाको घरमा भेटिएको पैसाको अनुसन्धान गर्न माग|| Nepal Times
Mar 24, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-10-2082 || Nepal Times
Mar 24, 2026
Playing
इन्धन जोहो गर्न नेपालमा जोरबिजोर, ग्यास भरिएकै सिलिण्डर|| Nepal Times
Mar 24, 2026
Playing
अमेरिकाविरुद्ध चीनको पनडुब्बी युद्धको तयारी|| Nepal Times
Mar 24, 2026
Playing
Trumpको यूटर्न मायाजाल ! IRGC लाई फसाएर खाडीमा सेटिंग|| Nepal Times
Mar 24, 2026
Playing
“सीमा मिचिँदै गयो भने नेपाल नै हराउन सक्छ” — बुद्धिनारायण श्रेष्ठको चेता*वनी|| Nepal Times
Mar 24, 2026
Playing
ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’ग्रेटर नेपाल’ सम्म|| Nepal Times
Mar 24, 2026

पूरा भएन २८७ मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य, चालु आवमा के होला ?

१४ श्रावण २०७६

काठमाडौँ । गत आव २०७५/७६ मा २ सय ८७ मेगावट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य पूरा हुन सकेन । २० वटा जलविद्युत आयोजनाहरुबाट २ सय ८७ मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको सरकारले सोचेअनुरुपको उपलब्धी हासिल गर्न नसकेको हो ।

गत आवमा १ सय ४३ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जोडेको छ । विद्युत विकास विभागकी सूचना अधिकारी निशा रिजालले व्यावसायिक विद्युत उत्पादन अन्तर्गत चार वटा जलविद्युत आयोजनाहरुबाट करिब ४० मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जोडिएको बताइन् ।

Advertisement

२२ मेगावाटको बाग्मती साना जलविद्युत आयोजना, ८.८ मेगावटको रुदी ए जलविद्युत आयोजना, ७.८ को सुपरमाई जलविद्युत आयोजना र ३.३३ मेगावाटको कापडी गाड जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रि प्रशारण लाइनमा जोडिएको छ ।  लक्ष्य अनुरुपको विद्युत उत्पादन हुन सकेन, सूचना अधिकारी रिजालले भनिन्-‘विद्युत कम हुनमा ट्रान्समिसन लाईन बनिसकेको छैन, ट्रान्समिसन लाईन नभएपछि हाइड्रोपावरको प्रोगेस पनि कम भयो, सोचे अनुरुपको लक्ष्य भेटाउन सकिएन ।’

नेपाल सरकारले चालु आवमा पनि ३३ वटा जलविद्युत आयोजनाहरु सञ्चालन गर्ने योजना बनाएको छ । जसबाट १ हजार ३६ मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।  उर्जा, जलस्रोत तथा सिचार्इँ मन्त्रालयका सूचना अधिकारी बाबुराज अधिकारीले प्रोजेक्ट निर्माणमा गरेको पूर्वानुमान नमिलेर लक्ष्य अनुसारको विद्युत उत्पादन नभएको बताए ।

गत आवमा सम्पन्न भएका आयोजनाहरुमा २५ मेगावाटको शिवाखोला सानो जलविद्युत आयोजना, ३०.२ मेगावाटको तल्लो हंगुखोला साना जलविद्युत आयोजना, २१.४ मेगावाटको इन्खुखोला साना जलसविद्युत आयोजना, ४७ मेगावाटको दुधकोशी ४ जलविद्युत आयोजना, १५.२५ मेगावाटको जावाखोला जलविद्युत आयोजनाहरु रहेका छन् ।

यस्तै ४ सय ५६ मेगावाटको उपर तामाकोशी, ४० मेगावाटको खानीखोला, १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना, २३.५ मेगावाटको सोलु जलविद्युत आयोजना सहित ३३ वटा जलविद्युत आयोजनाहरु यस वर्षमा निर्माण गरी सक्ने सरकारको लक्ष्य रहेको छ । तर, गत आवमा लक्ष्य पूरा गर्न नसकेको अवस्थामा चालु आवमा पनि लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्न सकिन्छ ।

Advertisement

गत आव २०७५/०७६ मा सरकारले करिब १ अर्ब ४९ करोड ४१ लाख ९७ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ ।विकासन्युज

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top