साउन १७, काठमाडौं । ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार अपरान्कह १ बजेको आसपासमा भएको झडपमा नख्खु कारगारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीवको मृत्यु भएको हो ।
ललितपुर प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका दोषी पूर्णबहादुर राजीवमाथि ज्यान मुद्दाका कैदीबन्दीले आक्रमण गरेका हुन् । आक्रमणकारीको नाम पवन रहेको बुझिएको छ ।
यतिबेला घटनास्थलमा ललितपुर प्रहरीको टोली पुगेको छ । आक्रमणकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

