×

NEPAL TIMES UPDATES

Playing
लारिजानीको ठाउँमा नयाँ सुरक्षा प्रमुख, Kuwait को एयरपोर्टमा ड्रोन हम ला || Nepal Times
Mar 25, 2026
Playing
कहिले मैदानमा फर्किन्छिन् साम्बा ?घुँडाको शल्यक्रिया सफल|| Nepal Times
Mar 25, 2026
Playing
४५ सांसदले १७ मातृभाषामा शपथ लिने, कसको कुन भाषामा सपथ ?|| Nepal Times
Mar 25, 2026
Playing
तेहरानमा १२ मा रिए,ट्र म्पको स्टा टसले तेलबजारमा हलचल,यु द्ध लम्ब्याउन उक्सादै|| Nepal Times
Mar 25, 2026
Playing
संघीयताको मर्ममाथि मुख्यमन्त्री कार्कीको ’मजाक’ || Nepal Times
Mar 25, 2026
Playing
मोरङ सुनसरी र झापामा बर्डफ्लू भयावह, विराटनगरमा पनि पुष्टि || Nepal Times
Mar 24, 2026
Playing
वार्ता हुनेमा अरब मुलुकको आशंका, इरानमा किन प्रत्याक्रमण गरेनन् ?|| Nepal Times
Mar 24, 2026
Playing
प्रतिवेदन सार्वजनिक नगरी विदा हुँदैछ सुशीला सरकार? || Nepal Times
Mar 24, 2026
Playing
गगनको गाडी रुक्दैन, रास्वपालाई बधाई,देउवाको घरमा भेटिएको पैसाको अनुसन्धान गर्न माग|| Nepal Times
Mar 24, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-10-2082 || Nepal Times
Mar 24, 2026

स्कुल बस निर्देशिकाको धज्जी, दर्जनौं नियम, सबै उल्लंघन

१ भाद्र २०७६

१ भदौ, काठमाडौँ ।
विद्यार्थी ओसार–पसारका लागि सञ्चालनमा ल्याइएका सवारीसाधनकोे सेवालाई सुरक्षित, आरामदायी र भरपर्दो बनाउने उद्देश्यले ल्याइएको स्कुल बस निर्देशिकाको धज्जी उडाइएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५३ मा भएको प्रावधानलाई टेकेर ल्याइएको निर्देशिकाको शिक्षण संस्थाले पालना गरेका छैनन् भने सरकारले समेत अनुगमन गर्ने गरेको छैन । शिक्षण संस्थाले नियोजित रूपमा पालना नगर्नु र सरकारी पक्षले अनुगमन नगर्नाले निर्देशका कागजमा लेखिएको अक्षरभन्दा फरक देखिएको छैन ।

Advertisement

निर्देशिकामा स्कुल बसको मापदण्ड, स्कुल बस परिचालक, सिट संख्या, बसको क्षमता, बसको गतिलगायतको नियम बनाइएको छ । ती सबै नियमको पालना भने सम्बन्धित पक्षले गरेका छैनन् । पालना गरे–नगरेकोबारे अनुगमन पनि शून्य जस्तै छ भने सरकारी पक्षले नियमको उल्लंघन भएको थाहा पाउँदा पाउँदै पनि अनुगमन तथा कारबाही नगरी मनोमानी गर्न छुट दिइरहेका छन् ।

ट्राफिक प्रहरी रविकुमार पौडेल निर्दे्शिका कार्यान्वयन आएको र चेक जाँच कडाइ गरिएको तर हाल धेरै सुधार भएकाले सामान्य चेक जाँच भइरहेको बताउँछन् । तर, अधिकांश शिक्षण संस्थाले भने निर्देशिका उल्लंघन गरिररहेको पाइएको छ । निर्देशिकाको बुँदा नम्बर १ को ‘क’ मा नै स्कुल बसको बाहिरको रंग पहेंलो हुनुपर्ने उल्लेख छ । यहाँका कतिपय शिक्षण संस्थाले सार्वजनिक बस तथा माइक्रोलाई स्कुल बसका रूपमा प्रयोग गर्दै आएका छन् ।

बस भाडामा लिएको भए स्कुलको नामसहित अन स्ल ड्युटी लेखिएको ब्यानर वा बसको अगाडि र पछाडि देखिने गरी स्कुल बस लेखिएको प्लेट हुनुपर्ने व्यवस्था छ । त्यस्तै, स्कुलको परिचय खुल्ने गरी १५० मिमि उचाइको गोल्डेन ब्राउन रंगमा स्कुलको नाम दुवैपट्टि झ्यालको लेभलभन्दा तल लेख्नुपर्ने र स्कुलको ठेगाना र फोन नम्बर पनि उल्लेख गर्नुपर्ने व्यवस्था छ । अधिकांश विद्यालय तथा कलेजहरूले यसको पालना नगरेको पाइएको छ ।

निर्देशिकामा स्कुल बसले पूरा गर्नुपर्ने १३ वटा भौतिक मापदण्ड छन् । ती अधिकांश मापदण्डको पनि पालना भएको पाइएको छैन । मापदण्डमा सबै स्कुल बसमा पछिल्लो आधा भागको दाहिनेतिर आपतकालीन ढोकाको व्यवस्था गर्नुपर्ने, बसको झ्यालमा दुवै साइडमा कम्तीमा तीन वटा ग्रिल राख्नुपर्ने व्यवस्था छ ।

यस्तै, स्कुल बसमा प्राथमिक उपचार बाकस हुनुपर्ने, देखिने ठाउँमा अग्नि नियन्त्रण उपकरण राखिएको हुनुपर्ने, प्रत्येक बसमा अनिवार्य रूपमा फोहर फ्याँक्ने टोकरी हुनुपर्ने, बसको सिटहरू दुरुस्त हुनुपर्ने, बसभित्र स्कुल ब्याग तखताको व्यवस्था हुनुपर्नेलगायत नियम छन् ।

निर्देशिकामा स्कुल बसमा परिचालकको व्यवस्था हुनुपर्ने र १२ वर्षभन्दा मुनिका विद्यार्थीलाई बसको सिट क्षमताभन्दा १.५ गुणा बढी र १२ वर्षभन्दा माथिका विद्यार्थीको हकमा सिट क्षमता बराबरको संख्यामा मात्र विद्यार्थी राख्न पाउने नियम छ ।

स्कुल बस सञ्चालनमा कुनै प्रकारको बालश्रम प्रयोग गर्न नपाइने व्यवस्था छ भने बसको गति अधिकतम ४० किमि प्रतिघण्टा हुनुपर्नेछ । बसको परिचालकले चाहिएको बेलामा विद्यार्थीलाई ओराल्ने, चढाउने वा बाटो काट्ने प्रयोजनका लागि चाहिने ट्राफिक चिह्न बसभित्र हुनुपर्ने व्यवस्था छ ।

Advertisement

निर्देशिकाको बुँदा नम्बर १६ मा निर्देशिका कार्यान्वयन गर्ने सिलसिलामा कुनै द्विविधा देखिए यातायात व्यवस्था विभागको निर्णय अन्तिम हुने उल्लेख छ भने निर्दे्शिकामा भएका व्यवस्था उल्लंघन गरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन, नियमअनुसार कारबाही हुने उल्लेख छ । विभागले नियमको पालना भए–नभएकोबारे अनुगमन गर्ने तथा सम्बन्धित निकायसँग समन्वय गर्ने काम भने न्यून मात्रामा गर्ने गरेको छ । राजधानी दैनिकबाट

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top