७ भदौ, विराटनगर ।
विराटनगर महानरमा आजको राधाकृष्ण रथयात्रा सुरु भएको छ । विराटनगरको पोखरीयास्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु भएको हो ।
रथयात्राको शुभराम्भ एक नम्बर प्रदेश प्रमुख गोविन्दबहादुर तुम्वाहाङ र संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गरेका छन् ।
रथयात्रा सुरु हुनु दुई घण्टा अगाडिदेखि विभिन्न प्रकारका धार्मिक झाँकीहरुको यात्रा सुरु भएको थियो ।
पोखरीयास्थित राधाकृष्ण मन्दिरदेखि रथ परिक्रमा गर्ने विभिन्न चौक र सडक किनारमा चिसो पेय पर्दाथहरु लस्सी, चिसो पानी, खुवाउन र सेवा पुर्याउन विभिन्न व्यक्त्ति र संस्थाहरु ठाउँ ठाउँमा सक्रिय छन् ।
दर्शनार्थीहरु राधाकृष्ण रथको डोरी तान्न आतुर देखिन्छन् ।

